जे हुन्छ वरिपरि आउँछ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जे हुन्छ वरिपरि आउँछ

यशैया 3 : 11
11 दुष्‍ट मानिसहरूलाई धिक्‍कार! तिनीहरूमाथि सर्वनाश परेको छ, किनकि तिनीहरूका हातले गरेको कामको प्रतिफल तिनीहरूले पाउनेछन्‌।

मत्ती 7 : 12
12 मानिसहरूले तिमीहरूसँग जस्‍तो व्‍यवहार गरून्‌ भन्‍ने तिमीहरू चाहन्‍छौ, तिमीहरूले पनि तिनीहरूसँग त्‍यस्‍तै व्‍यवहार गर, किनभने यही नै व्‍यवस्‍था र अगमवक्ताका शिक्षाको सारांश हो।

हितोपदेश 26 : 27
27 मानिसले खाड़ल खन्‍यो भने त्‍यसभित्र त्‍यो आफै जाकिनेछ। मानिसले ढुङ्गा गुड़ायो भने त्‍यो गुड़ेर आफैतिर फर्कनेछ।

गलाती 6 : 7
7 धोकामा नपर, परमेश्‍वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्‍दछ त्‍यसैको कटनी पनि गर्नेछ।

उपदेशक 1 : 6 – 7
6 बतास दक्षिणतिर बहन्‍छ, अनि उत्तरतिर फर्कन्‍छ। त्‍यो सधैँ आफ्‍नै चक्‍करमा फर्केर घुमिरहन्‍छ।
7 सबै खोलाहरू समुद्रमा नै बगेर जान्‍छन्, तापनि समुद्र कहिल्‍यै भरिँदैन। जुन स्‍थानबाट खोलाहरू आउँछन्, ती फेरि त्‍यहीँ नै फर्केर जान्‍छन्‌।

रोमी 12 : 19
19 प्रिय हो, आफैले कहिल्‍यै बदला नलेओ, तर परमेश्‍वरको क्रोधमा छोडिदेओ। किनभने, लेखिएको छ, “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।

१ यूहन्‍ना 1 : 8
8 यदि हामीमा पाप छैन भनी हामी भन्‍छौं भनेता हामीले आफैलाई धोका दिन्‍छौं, र हामीमा सत्‍य हुँदैन।

यूहन्‍ना 14 : 1
1 “तिमीहरूको हृदय व्‍याकुल नहोस्‌। तिमीहरू परमेश्‍वरमाथि विश्‍वास गर्दछौ, ममाथि पनि विश्‍वास गर।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *