यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जेसी
रूथ 4 : 17
17 तिनका छिमेकीहरूले भने, “नाओमीको एक जना छोरो भयो।” अनि उनीहरूले त्यसको नाउँ ओबेद राखे। तिनी नै यिशैका बुबा र दाऊदका बाजे थिए।
१ शमूएल 17 : 12
12 अब दाऊद यिशै भन्ने एप्रातीका छोरा थिए, जो यहूदाको बेथलेहेमका थिए। यिशैका आठ भाइ छोराहरू थिए। शाऊलको पालोमा तिनी कमजोर र वृद्ध भइसकेका थिए।
मत्ती 1 : 6
6 यिशै दाऊद राजाका पिता थिए। दाऊद सोलोमनका पिता थिए। सोलोमनकी आमा उरियाहकी पत्नी थिइन्।
१ शमूएल 16 : 13
13 शमूएलले तेल भएको सीङ लिएर तिनका दाजुहरूका सामु तिनलाई अभिषेक गरे। तब परमप्रभुका आत्मा दाऊदमाथि आउनुभयो, र त्यस दिनदेखि उसो तिनीसँग रहनुभयो। त्यसपछि शमूएल रामाको बाटो लागे।
१ शमूएल 16 : 23
23 जब-जब परमप्रभुबाट त्यो आत्मा शाऊलमा आउँथ्यो, दाऊदले आफ्नो वीणा लिएर त्यो बजाइदिन्थे, र शाऊलले शान्ति पाउँथे। उनी निको हुन्थे, र त्यस हानिकारक आत्माले उनलाई छोड़ेर गइहाल्थ्यो।
१ शमूएल 17 : 28
28 मानिसहरूसँग दाऊद कुरा गरिरहेका तिनका जेठा दाजु एलीआबले सुने, र उनी रीसले चूर भए। उनले दाऊदलाई यसो भनेर सोधे, “तँ यहाँ के गरिरहेछस्? वनमा भएका ती अलिकता भेड़ाहरू हेर्न तैंले कसलाई जिम्मा दिएर आइस्? म तँलाई चिन्दछु, घमण्डी र दुष्ट हृदय भएको। तँ लड़ाइँ हेर्नलाई मात्र आएको होस्!”
१ शमूएल 22 : 4
4 तिनले तिनीहरूलाई मोआबका राजाको दरबारमा छोड़िराखे, र दाऊद आफ्नो गढ़ीमा रहुञ्जेल तिनीहरू त्यहीँ नै बसे।
१ इतिहास 2 : 17
17 अबीगेल अमासाकी आमा थिइन्, जसका पिता इश्माएली येतेर थिए।
Leave a Reply