जेरिको

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जेरिको

गन्ती 22 : 1
1 तब इस्राएलीहरू यात्रा गर्दै मोआबको मैदानमा गए र यरीहोदेखि पारि यर्दनको किनारमा पाल टाँगे।

गन्ती 26 : 3
3 तब मोशा र एलाजार पूजाहारीले यरीहो पारि यर्दन नदीको किनारनेर मोआबको मैदानमा तिनीहरूलाई भेला गराएर यसो भने,

व्यवस्था 34 : 1
1 त्‍यसपछि मोशा मोआबको मैदानबाट यरीहोको सामुन्‍ने भएको नेबो डाँड़ाको पिसगाको टाकुरामा उक्‍ले। परमप्रभुले तिनलाई समस्‍त देश देखाउनुभयो— गिलाददेखि दानसम्‍म,

व्यवस्था 34 : 3
3 नेगेव भनिने दक्षिण देश र खजूरका रूखहरू भएको सहर यरीहोको बेँसीदेखि सोअरसम्‍म।

२ राजाहरू 2 : 19
19 त्‍यस सहरका मानिसहरूले एलीशालाई भने, “हे प्रभु, हेर्नुहोस्, कि यो नगर राम्रो गरी बसालिएको छ, तर यहाँको पानी दूषित छ, र केही उम्रदैन।”

हिब्रू 11 : 31
31 जासूसहरूलाई राम्रो स्‍वागत गरेकी हुनाले अनाज्ञाकारीहरूका साथमा राहाब वेश्‍या नाश भइनन्‌।

यहोशू 5 : 15
15 अनि परमप्रभुका फौजका कप्‍तानले यहोशूलाई भने, “तेरा खुट्टाबाट जुत्ता फुकाल्, किनकि तँ उभिएको ठाउँ पवित्र छ।” अनि यहोशूले त्‍यसै गरे।

यहोशू 24 : 11
11 “‘त्‍यसपछि तिमीहरू यर्दन तरेर यरीहोमा आयौ। अनि यरीहोका मानिसहरू, एमोरी, परिज्‍जी, कनानी, हित्ती, गिर्गाशी, हिव्‍वी र यबूसीहरूले तिमीहरूसित लड़ाइँ गरे। तर मैले उनीहरूलाई तिमीहरूका हातमा सुम्‍पिदिएँ।

यहोशू 18 : 12
12 तिनीहरूका उत्तरपट्टिको सिमाना यर्दनदेखि सुरु भएर यरीहोको नजिकबाट उत्तरतिर लागी, पश्‍चिमतिरको पहाड़ी देशमा उक्‍लेर बेथ-आवनको मरुभूमिमा पुगेको थियो।

यहोशू 18 : 21
21 बेन्‍यामीनको कुललाई तिनीहरूका वंश-वंशअनुसार मिलेका सहरहरू यी नै हुन्‌: यरीहो, बेथ-होग्‍ला, एमेक-कसीस,

न्यायकर्ताहरू 1 : 16
16 मोशाका ससुराका सन्‍तान, केनीहरू यहूदाका मानिसहरूसँग खजूरका रूखहरूको सहरबाट [1] आराद नजिकको नेगेवमा भएको यहूदाको उजाड़-भूमिमा गए, र त्‍यहाँका मानिसहरूसँग बसोबास गर्न लागे।

न्यायकर्ताहरू 3 : 13
13 एग्‍लोनले अम्‍मोनीहरू र अमालेकीहरूलाई युद्धको निम्‍ति भेला गरे, र इस्राएलीहरूलाई आक्रमण गर्नलाई अगि बढ़े, र खजूरका रूखहरूको सहरमाथि [2] अधिकार गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *