जीवित पानी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जीवित पानी

यूहन्‍ना 4 : 14
14 तर जस-जसले मैले दिने पानी पिउँछ त्‍यो कहिल्‍यै तिर्खाउनेछैन। जुन पानी म त्‍यसलाई दिनेछु, त्‍यो त्‍यसमा अनन्‍त जीवनको निम्‍ति उम्रिरहने पानीको मूल बन्‍नेछ!”

यूहन्‍ना 7 : 38
38 जसले ममाथि विश्‍वास गर्दछ, धर्मशास्‍त्रले भनेअनुसार ‘त्‍यसको अन्‍तस्‍करणबाट जिउँदो पानीका खोलाहरू बगिनिस्‍कनेछन्‌’।”

यूहन्‍ना 4 : 13 – 15
13 येशूले त्‍यसलाई भन्‍नुभयो, “यो पानी पिउने प्रत्‍येक फेरि तिर्खाउनेछ,
14 तर जस-जसले मैले दिने पानी पिउँछ त्‍यो कहिल्‍यै तिर्खाउनेछैन। जुन पानी म त्‍यसलाई दिनेछु, त्‍यो त्‍यसमा अनन्‍त जीवनको निम्‍ति उम्रिरहने पानीको मूल बन्‍नेछ!”
15 त्‍यस स्‍त्रीले उहाँलाई भनी, “हजूर, मलाई त्‍यही पानी दिनुहोस्, र म तिर्खाउनेछैनँ, र यहाँ पानी भर्न आइरहनुपर्दैन”।

प्रकाश 21 : 6
6 उहाँले मलाई भन्‍नुभयो, “अब सिद्धियो। म अल्‍फा र ओमेगा हुँ, आदि र अन्‍त्‍य म नै हुँ। तिर्खाउनेहरूलाई जीवनका पानीको फुहाराबाट म सित्तैँमा दिनेछु।

यशैया 44 : 3
3 किनकि म सुकेको जमिनमा पानी र सुक्‍खा भूमिमा खोलाहरू खन्‍याइदिनेछु। म तेरो वंशमाथि मेरो आत्‍मा खन्‍याउनेछु, र तेरो सन्‍तानलाई आशिष्‌ दिनेछु।

यूहन्‍ना 7 : 37
37 अब चाड़को पछिल्‍लो दिन, अर्थात्‌ चाड़को प्रमुख दिनमा, उभिएर येशूले उच्‍च स्‍वरमा यसो भन्‍नुभयो, “यदि कोही तिर्खायो भने त्‍यो मकहाँ आओस्‌ र पिओस्‌।

प्रकाश 22 : 1
1 तब तिनले मलाई स्‍फटिकजस्‍तै चहकिलो जीवनका पानीको नदी देखाए। त्‍यो नदी परमेश्‍वरको र थुमाको सिंहासनबाट निस्‍की

यर्मिया 2 : 13
13 “मेरा प्रजाले दुई वटा पाप गरेका छन्‌: मलाई, जिउँदो पानीको मूललाई, तिनीहरूले त्‍यागेका छन्, र पानी नरहने फुटेका कुण्‍डहरू आफ्‍ना निम्‍ति खनेका छन्‌।

प्रकाश 22 : 17
17 पवित्र आत्‍मा र दुलही भन्‍नुहुन्‍छ, “आउनुहोस्‌।” जसले सुन्‍छ त्‍यसले भनोस्, “आउनुहोस्‌।” जो तिर्खाउँछ त्‍यो आओस्, जसले इच्‍छा गर्छ त्‍यसले जीवनको पानी सित्तैँमा लिओस्‌।

प्रकाश 7 : 16 – 17
16 तिनीहरू कहिल्‍यै भोकाउने र तिर्खाउनेछैनन्, सूर्यको राप अथवा कुनै प्रचण्‍ड ताप तिनीहरूमाथि पर्नेछैन,
17 किनकि सिंहासनको बीचमा हुनुहुने थुमा तिनीहरूका गोठालो हुनुहुनेछ, र तिनीहरूलाई डोर्‍याएर जिउँदो पानीको स्रोतसम्‍म लानुहुनेछ, र परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।”

हितोपदेश 5 : 15 – 20
15 आफ्‍नै कुण्‍डको पानी, र आफ्‍नै कूवाबाट बगेको पानी पी।
16 के तेरो कूवाको पानी सड़कतिर, र तेरो खोलाको पानी बजारहरूतिर बग्‍न दिने?
17 त्‍यो तेरै निम्‍ति मात्र होस्‌। पराई त्‍यसको हिस्‍सेदार पटक्‍कै हुन नपाओस्‌
18 तेरो फुहारा आशीर्वादी होस्, र तेरो युवावास्‍थाकी पत्‍नीसित तँ आनन्‍दित हो।
19 मयालु मृगी र राम्री हरिणीझैँ, त्‍यसकै स्‍तनमा तँ सन्‍तुष्‍ट बन्, तँ सधैँ त्‍यसकै प्रेममा मोहित भइरहेस्‌।
20 हे मेरो छोरो, तँ किन वेश्‍याको मोहमा फस्‍छस्‌? तँ किन अर्काकी पत्‍नीलाई आलिङ्गन गर्छस्‌?

यशैया 58 : 11
11 परमप्रभुले तिमीहरूलाई निरन्‍तर डोर्‍याउनुहुनेछ, र घामको उखुम गर्मी परेका ठाउँहरूमा पनि तिमीहरूलाई सन्‍तुष्‍ट पार्नुहुनेछ, र तिमीहरूका हाड़हरूलाई बलिया पार्नुहुनेछ। तिमीहरू प्रशस्‍त पानीले भिजाएको बगैँचाझैँ र नसुक्‍ने पानीको मूलझैँ हुनेछौ।

प्रस्‍थान 17 : 1 – 7
1 इस्राएलीहरूका सारा समुदाय सीनको उजाड़-स्‍थानबाट परमप्रभुको आज्ञाबमोजिम ठाउँ-ठाउँमा यात्रा गरेर रपीदीममा आइपुगे। त्‍यहाँ तिनीहरूले डेरा बनाए, तर मानिसहरूका निम्‍ति खाने पानी थिएन।
2 यसकारण तिनीहरूले मोशासित झगड़ा गरेर भने, “हामीलाई खाने पानी दिनुहोस्‌।” मोशाले तिनीहरूलाई भने, “तिमीहरू किन मसित कलह गर्दछौ? तिमीहरू किन परमप्रभुको परीक्षा गर्दछौ?”
3 तर मानिसहरूलाई पानीको तिर्खा लाग्‍यो, र ती यसो भनेर मोशाको विरुद्धमा गनगनाए, “तपाईंले हामी, हाम्रा बालबच्‍चा र पशुहरूलाई तिर्खाले मार्न किन मिश्रबाट यहाँ ल्‍याउनुभयो?”
4 तब मोशाले यसो भनी परमप्रभुलाई पुकारा गरे, “म यी मानिसहरूलाई के गरूँ? यिनीहरूले त मलाई ढुङ्गाले हान्‍नै आँटेका छन्‌।”
5 परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूका धर्म-गुरुहरूमध्‍ये कतिलाई साथमा लिएर मानिसहरूका अगिअगि जा, र तैंले नील नदीलाई हिर्काएको तेरो लहुरो पनि आफ्‍नो हातमा लिएर जा।
6 म होरेबमा भएको चट्टानमा तेरो अगि खड़ा हुनेछु। तैंले चट्टानलाई हिर्काउनू, र मानिसहरूले पिउनलाई त्‍यहाँबाट पानी निस्‍कनेछ।” तब मोशाले इस्राएलीहरूका धर्म-गुरुहरूका सामुन्‍ने त्‍यसै गरे।
7 “परमप्रभु हाम्रा बीचमा हुनुहुन्‍छ कि हुनुहुन्‍न” भन्‍ने इस्राएलीहरूका झगड़ाको कारण र तिनीहरूले परमप्रभुको परीक्षा गरेको कारण त्‍यस ठाउँको नाउँ तिनले मस्‍साह [1] र मेरीबा [2] राखे।

यशैया 55 : 1 – 2
1 “हे सबै तिर्खाउने हो, आओ, पानीनेर आओ। अनि तिमीहरू रुपियाँ नहुने पनि आओ र किनेर खाओ। आओ, विनापैसा र विनादाम दाखमद्य र दूध किन।
2 जे रोटी नै होइन, त्‍यसको निम्‍ति किन पैसा खर्च गर्छौ? अनि जे कुराले सन्‍तोष नै दिँदैन, त्‍यसको निम्‍ति किन परिश्रम गर्छौ? ध्‍यान देओ, ध्‍यान दिएर मेरो कुरा सुन, र जे कुरो असल छ त्‍यही खाओ, र स्‍वादिष्‍ट थोकहरू खाएर तिमीहरूको प्राण सन्‍तुष्‍ट हुनेछ।

यशैया 41 : 17 – 18
17 “गरीब र दरिद्रहरूले पानी खोज्‍छन्, तर केही पनि हुँदैन, तिनीहरूको जिब्रो प्‍यासले सुक्‍नेछ। तर म परमप्रभुले तिनीहरूलाई जवाफ दिनेछु। म इस्राएलका परमेश्‍वरले तिनीहरूलाई त्‍याग्‍नेछैनँ।
18 नाङ्गो टाकुराहरूबाट म नदीहरू बगाउनेछु, र बेँसीमा पानीका मूलहरू निकाल्‍नेछु। म मरुभूमिलाई पानीको दह, र सुक्‍खा जमिनलाई पानीका मूलमा परिवर्तन गर्नेछु।

भजनसंग्रह 42 : 1 – 2
1 सङ्गीत-निर्देशकको निम्‍ति कोरहवंशीहरूको मस्‍किल [1] जसरी हरिणले खोलाका पानीको तृष्‍णा गर्दछ, त्‍यसरी नै, हे परमेश्‍वर, मेरो प्राणले तपाईंको तृष्‍णा गर्दछ।
2 मेरो प्राण परमेश्‍वरको निम्‍ति, जीवित परमेश्‍वरको निम्‍ति तिर्खाउँछ। म कहिले गएर परमेश्‍वरलाई भेटूँ?

यशैया 40 : 12
12 कसले पानीलाई आफ्‍नो अँजुलीमा अथवा आफ्‍नो बित्ताले आकाशलाई नापेको छ? कसले पृथ्‍वीको माटो डालोमा भरेको छ अथवा पर्वतहरू तराजूमा र डाँड़ाहरूलाई काँटामा जोखेको छ?

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *