जीवन रोज्नुहोस्

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जीवन रोज्नुहोस्

व्यवस्था 30 : 19
19 आज म स्‍वर्ग र पृथ्‍वीलाई तिमीहरूका विरुद्धमा साक्षी राख्‍तछु, कि मैले तिमीहरूका अगि जीवन र मृत्‍यु, आशिष्‌ र श्राप राखेको छु। अब जीवन नै रोज, ताकि तिमीहरू र तिमीहरूका बालबच्‍चाहरू जिउन सक,

भजनसंग्रह 139 : 13 – 16
13 किनकि तपाईंले नै म भित्रका अङ्ग-प्रत्‍यङ्ग बनाउनुभयो, तपाईंले मलाई मेरी आमाको गर्भमा रच्‍नुभयो।
14 म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्‌भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्‌भुत छन्‌, र त्‍यो कुरा म पूर्ण रूपले जान्‍दछु।
15 जब अदृश्‍यमा म बनिँदैथिएँ, मेरो रचना तपाईंबाट लुकेको थिएन। अनि जब म पृथ्‍वीको गहिराइमा रचिँदैथिएँ,
16 तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्‍ति नियुक्त गरिएको आयु तपाईंको पुस्‍तकमा लेखिएको थियो। त्‍यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए।

यर्मिया 1 : 5
5 “मैले तँलाई गर्भमा रच्‍नभन्‍दा अघि नै तँलाई चिनिसकेको थिएँ, तँ जन्‍मनभन्‍दा अघि नै मैले तँलाई अलग गरें। मैले तँलाई जाति-जातिहरूका निम्‍ति एक अगमवक्ता नियुक्त गरें।”

यूहन्‍ना 10 : 10
10 “चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। म त तिनीहरूले जीवन पाऊन्, र त्‍यो प्रशस्‍त मात्रामा पाऊन्‌ भन्‍ने हेतुले आएँ।

उत्‍पत्ति 2 : 7
7 तब परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भए।

यशैया 49 : 1
1 हे टापूहरू हो, मेरो कुरा सुन। हे टाढ़ाका जातिहरू हो, यो कुरा सुन। जन्‍मनुभन्‍दा अघि परमप्रभुले मलाई बोलाउनुभयो। मेरो जन्‍मदेखि नै उहाँले मेरो नाउँको चर्चा गर्नुभएको छ।

गलाती 1 : 15
15 तर, मेरो जन्‍म हुन अघि नै मलाई अलग गर्नुहुने, र आफ्‍नो अनुग्रहद्वारा मलाई बोलाउनुहुने परमेश्‍वरलाई,

व्यवस्था 30 : 19 – 20
19 आज म स्‍वर्ग र पृथ्‍वीलाई तिमीहरूका विरुद्धमा साक्षी राख्‍तछु, कि मैले तिमीहरूका अगि जीवन र मृत्‍यु, आशिष्‌ र श्राप राखेको छु। अब जीवन नै रोज, ताकि तिमीहरू र तिमीहरूका बालबच्‍चाहरू जिउन सक,
20 र परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्दै, उहाँका आज्ञा मान्‍दै र उहाँसँगै लीन बन्‍दै बाँचिरहो। किनकि परमप्रभु नै तिमीहरूको जीवन हुनुहुन्‍छ, र तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसित उहाँले दिन्‍छु भनी शपथ खानुभएको देशमा उहाँले तिमीहरूलाई दीर्घायु बनाउनुहुनेछ।

हिब्रू 11 : 6
6 विश्‍वासविना परमेश्‍वरलाई प्रसन्‍न पार्नु असम्‍भव छ। किनकि जो परमेश्‍वरको नजिक आउँछ, त्‍यसले परमेश्‍वर हुनुहुन्‍छ र उहाँलाई खोज्‍नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्‍छ भन्‍ने पक्‍का विश्‍वास गर्नुपर्छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *