जीवन मनाउँदै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जीवन मनाउँदै

भजनसंग्रह 16 : 11
11 तपाईंले मलाई जीवनको मार्ग देखाउनुभएको छ। तपाईंको उपस्‍थितिद्वारा तपाईंले आनन्‍दले मलाई गद्‌गद्‌ पार्नुहुनेछ। तपाईंको दाहिने बाहुलीमा अनन्‍त आनन्‍द छ।

भजनसंग्रह 100 : 1 – 5
1 हे सारा पृथ्‍वीका मानिस हो, परमप्रभुको जयजयकार मनाओ।
2 आनन्‍दसाथ परमप्रभुको आराधना गर, हर्षका गीत गाउँदै उहाँको सामुन्‍ने आओ।
3 परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ भनी जान। उहाँले नै हामीलाई बनाउनुभयो, र हामी उहाँकै हौं, हामी उहाँका प्रजा र उहाँको खर्कका भेड़ाहरू हौं।
4 उहाँको भवनका द्वारहरूभित्र धन्‍यवादसाथ पस, र प्रशंसा गर्दै उहाँको मन्‍दिरमा प्रवेश गर। उहाँलाई धन्‍यवाद चढ़ाओ, र उहाँका नाउँको प्रशंसा गर।
5 किनभने परमप्रभु भला हुनुहुन्‍छ, र उहाँको करुणा सदाकाल रहन्‍छ। उहाँको विश्‍वसनीयता पुस्‍तादेखि पुस्‍तासम्‍म रही नै रहन्‍छ।

यूहन्‍ना 14 : 1 – 3
1 “तिमीहरूको हृदय व्‍याकुल नहोस्‌। तिमीहरू परमेश्‍वरमाथि विश्‍वास गर्दछौ, ममाथि पनि विश्‍वास गर।
2 मेरा पिताको घरमा बस्‍ने ठाउँहरू धेरै छन्‌। त्‍यसो नभए, के म तिमीहरूलाई भन्‍नेथिएँ र, कि तिमीहरूका निम्‍ति ठाउँ तयार पार्न म गइरहेछु?
3 अनि गएर मैले तिमीहरूका निम्‍ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्‍यहाँ तिमीहरू पनि हुनेछौ।

प्रेरित 2 : 38 – 39
38 पत्रुसले तिनीहरूलाई भने, “पश्‍चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्‍ति येशू ख्रीष्‍टको नाउँमा तिमीहरू प्रत्‍येकले बप्‍तिस्‍मा लेऊ, र तिमीहरूले पवित्र आत्‍माको वरदान पाउनेछौ।
39 किनकि प्रतिज्ञा तिमीहरूका निम्‍ति, तिमीहरूका सन्‍तानको निम्‍ति र टाढ़ा-टाढ़ामा रहेका सबैका निम्‍ति हो, प्रत्‍येक जसलाई प्रभु हाम्रा परमेश्‍वरले बोलाउनुहुन्‍छ।”

हितोपदेश 31 : 6 – 7
6 तिनीहरूलाई मदिरा देऊ जो नष्‍ट भइरहेका छन्, दाखमद्य त्‍यस्‍ताहरूलाई देऊ, जसलाई विरह चलेको छ।
7 तिनीहरूले पिऊन्‌ र आफ्‍नो दरिद्रता भुलून्, र आफ्‍नो वेदना फेरि नसम्‍झून्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *