जीवनसाथी त्याग

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जीवनसाथी त्याग

१ कोरिन्थी 7 : 15
15 तर विश्‍वास नगर्नेचाहिँ छुट्टिन्‍छ भने छुट्टिओस्‌। यस्‍तो अवस्‍थामा त्‍यो ख्रीष्‍टमा विश्वास गर्ने पति अथवा पत्‍नी कुनै बन्‍धनमा रहनेछैन। किनभने परमेश्‍वरले हामीलाई शान्‍तिमा रहन बोलाउनुभएको हो।

मत्ती 19 : 9
9 म तिमीहरूलाई भन्‍दछु, जसले व्‍यभिचारको कारणबाहेक आफ्‍नी पत्नीलाई त्‍यागेर अर्कीसँग विवाह गर्छ, त्‍यसले व्‍यभिचार गर्दछ, अनि जसले त्‍यागिएकीलाई विवाह गर्छ, त्‍यसले पनि व्‍यभिचार गर्दछ।”

मलाकी 2 : 16
16 “सम्‍बन्‍धविच्‍छेदको कुरालाई म घृणा गर्दछु,” परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ। “मानिसले आफैलाई आफ्‍नो वस्‍त्रलेझैँ अत्‍याचारले ढाक्‍ने कामलाई पनि म घृणा गर्दछु,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। यसैले आफूलाई आत्‍मामा स्‍वयम्‌ रक्षा गर, र विश्‍वास भङ्ग नगर।

१ कोरिन्थी 15 : 33
33 भ्रममा नपर। खराब सङ्गतले राम्रो चरित्रलाई नष्‍ट पार्छ।

उत्‍पत्ति 2 : 24
24 यसैकारण मानिसले आफ्‍ना आमा-बुबालाई छोड्‌छ र आफ्‍नी पत्‍नीसँग मिलिरहन्‍छ, र तिनीहरू एउटै शरीर हुन्‍छन्‌।

१ कोरिन्थी 7 : 12 – 16
12 तर तिमी अरूहरूलाई म भन्‍दछु (यो मेरो भनाइ हो, प्रभुको होइन), यदि कुनै भाइकी ख्रीष्‍टमा विश्‍वास नगर्ने पत्‍नी छ, र तिनी ऊसँग बस्‍न चाहन्‍छिन्‌ भने, उसले त्‍यसलाई नत्‍यागोस्‌।
13 यदि कुनै स्‍त्रीको ख्रीष्‍टमा विश्‍वास नगर्ने पति छ, र त्‍यो ऊसित बस्‍न चाहन्‍छ भने, तिनले आफ्‍नो पतिलाई नत्‍यागोस्‌।
14 किनकि अविश्‍वासी पति आफ्‍नी पत्‍नीद्वारा पवित्र हुन्‍छ, र अविश्‍वासी पत्‍नी आफ्‍नो पतिद्वारा पवित्र हुन्‍छे, नत्रता तिनीहरूका छोरा-छोरीहरू अशुद्ध हुनेछन्, तर वास्‍तवमा तिनीहरू त पवित्र छँदैछन्‌।
15 तर विश्‍वास नगर्नेचाहिँ छुट्टिन्‍छ भने छुट्टिओस्‌। यस्‍तो अवस्‍थामा त्‍यो ख्रीष्‍टमा विश्वास गर्ने पति अथवा पत्‍नी कुनै बन्‍धनमा रहनेछैन। किनभने परमेश्‍वरले हामीलाई शान्‍तिमा रहन बोलाउनुभएको हो।
16 हे पत्‍नी, तिमीलाई के थाहा! शायद तिमीले आफ्‍ना पतिलाई बचाउन सक्‍छ्यौ कि? अथवा हे पति, तिमीलाई के थाहा! शायद तिमीले आफ्‍नी पत्‍नीलाई बचाउन सक्‍छौ कि?

१ कोरिन्थी 7 : 1 – 40
1 अब तिमीहरूले लेखेका कुराहरूका विषयमा: पुरुषले स्त्रीलाई नछुनु नै असल हो।
2 तर व्‍यभिचारसम्‍बन्‍धी परीक्षा अनेक भएका हुनाले हरेक मानिसको आफ्‍नै पत्‍नी होस्, र हरेक स्‍त्रीको पनि आफ्‍नै पति होस्‌।
3 पतिले आफ्‍नी पत्‍नीलाई तिनको वैवाहिक हक देओस्, र यसरी नै पत्‍नीले पनि आफ्‍ना पतिलाई।
4 पत्‍नीले आफ्‍नो शरीरमाथि अधिकार राख्‍दिन, तर उसको पतिले राख्‍छ। यसरी नै पतिले पनि आफ्‍नो शरीरमाथि अधिकार राख्‍दैन, तर उसकी पत्‍नीले राख्‍छे।
5 पति पत्‍नीले आफ्‍नो पारस्‍परिक संसर्गदेखि एक-अर्कालाई इन्‍कार नगर। इन्‍कार गर्‍यौ भने पनि आपसमा सल्‍लाह गरेर केही समयको निम्‍ति मात्र, ताकि तिमीहरू प्रार्थनामा लागिरहन सक। तब फेरि एकसाथ बस, ताकि आत्‍मसंयमको अभावको कारणले शैतानले तिमीहरूलाई परीक्षामा नपारोस्‌।
6 यो म तिमीहरूलाई आज्ञाको रूपमा होइन, तर अनुमतिको रूपमा भन्‍दछु।
7 सबै मानिस मजस्‍तै रहेको म इच्‍छा गर्दछु। तर हरेकलाई परमेश्‍वरबाट विशेष वरदान मिलेको छ, एउटालाई एक किसिमको, अर्कालाई अर्को किसिमको।
8 तर अविवाहित र विधवाहरूलाई म भन्‍दछु, तिनीहरू मजस्‍तै अविवाहित रहे तिनीहरूका निम्‍ति असल हुनेछ।
9 तर तिनीहरूले आफूलाई वशमा राख्‍न सक्‍दैनन्‌ भने तिनीहरूले विवाह गरून्‌। किनभने कामवासनामा जल्‍नुभन्‍दा विवाह गर्नु असल हो।
10 अब विवाहितहरूलाई म कड़ा आज्ञा दिन्‍छु (मेरो आज्ञा होइन, तर प्रभुको आज्ञा हो): पत्‍नी पतिबाट नछुटोस्‌।
11 तर छुट्टिएर बसिहाले तापनि त्‍यसले विवाह नगरोस्, बरु आफ्‍नो पतिसँग मिलाप गरोस्‌। पतिले आफ्‍नी पत्‍नीलाई नत्‍यागोस्‌।
12 तर तिमी अरूहरूलाई म भन्‍दछु (यो मेरो भनाइ हो, प्रभुको होइन), यदि कुनै भाइकी ख्रीष्‍टमा विश्‍वास नगर्ने पत्‍नी छ, र तिनी ऊसँग बस्‍न चाहन्‍छिन्‌ भने, उसले त्‍यसलाई नत्‍यागोस्‌।
13 यदि कुनै स्‍त्रीको ख्रीष्‍टमा विश्‍वास नगर्ने पति छ, र त्‍यो ऊसित बस्‍न चाहन्‍छ भने, तिनले आफ्‍नो पतिलाई नत्‍यागोस्‌।
14 किनकि अविश्‍वासी पति आफ्‍नी पत्‍नीद्वारा पवित्र हुन्‍छ, र अविश्‍वासी पत्‍नी आफ्‍नो पतिद्वारा पवित्र हुन्‍छे, नत्रता तिनीहरूका छोरा-छोरीहरू अशुद्ध हुनेछन्, तर वास्‍तवमा तिनीहरू त पवित्र छँदैछन्‌।
15 तर विश्‍वास नगर्नेचाहिँ छुट्टिन्‍छ भने छुट्टिओस्‌। यस्‍तो अवस्‍थामा त्‍यो ख्रीष्‍टमा विश्वास गर्ने पति अथवा पत्‍नी कुनै बन्‍धनमा रहनेछैन। किनभने परमेश्‍वरले हामीलाई शान्‍तिमा रहन बोलाउनुभएको हो।
16 हे पत्‍नी, तिमीलाई के थाहा! शायद तिमीले आफ्‍ना पतिलाई बचाउन सक्‍छ्यौ कि? अथवा हे पति, तिमीलाई के थाहा! शायद तिमीले आफ्‍नी पत्‍नीलाई बचाउन सक्‍छौ कि?
17 प्रभुले हरेकलाई जस्‍तो जीवन खटाउनुभएको छ र जस्‍तो स्‍थितिमा बोलाउनुभएको छ, सोहीबमोजिम त्‍यो हिंडोस्। सबै मण्‍डलीहरूका निम्‍ति मेरो नियम यही हो।
18 के कोही मानिसको बोलावट हुँदा त्‍यसको अघिबाटै खतना भइसकेको थियो? त्‍यसो हो भने त्‍यसले बेखतना हुन नखोजोस्‌। के कोही खतना नहुँदै बोलावट भएको छ? त्‍यसो भए त्‍यसले खतना हुन नचाहोस्‌।
19 खतना केही होइन, बेखतना पनि केही होइन, तर परमेश्‍वरको आज्ञापालन मुख्‍य कुरा हो।
20 जुन अवस्‍थामा मानिसलाई बोलावट भएको छ, त्‍यसैमा नै हरेक मानिस रहिरहोस्‌।
21 तिम्रो बोलावट हुँदा तिमी कमारा थियौ? यदि थियौ भने त्‍यसको वास्‍ता नगर, तर स्‍वतन्‍त्र हुन सक्‍छौ भने त्‍यसको फाइदा उठाऊ।
22 किनभने प्रभुमा बोलावट हुँदा जो मानिस कमारो थियो, अब त्‍यो प्रभुको स्‍वतन्‍त्र मानिस भएको छ। त्‍यसै गरी बोलावट भएको समयमा जो मानिस स्‍वतन्‍त्र थियो, त्‍यो ख्रीष्‍टको कमारो भएको छ।
23 तिमीहरू मोल तिरेर किनिएका हौ, मानिसहरूका कमारा नबन।
24 यसकारण भाइ हो, जसलाई जस्‍तो अवस्‍थामा बोलावट भएको छ, प्रत्‍येक त्‍यही अवस्‍थामा परमेश्‍वरसँग रहिरहोस्‌।
25 अब कन्‍याहरूका बारेमा प्रभुको आज्ञा मसित केही छैन। तर प्रभुको कृपाद्वारा एउटा विश्‍वासयोग्‍य व्‍यक्तिको हैसियतले म तिमीहरूलाई आफ्‍नो सल्‍लाह दिन्‍छु।
26 वर्तमान सङ्कष्‍टलाई हेर्दा, जुन व्‍यक्ति जस्‍तो अवस्‍थामा छ त्‍यसैमा नै रहे असल होला भन्‍ने म ठान्‍छु।
27 के तिमीले विवाह गरेका छौ? त्‍यसो भए आफ्‍नी पत्‍नीबाट छुट्‌न नखोज। के तिमी अविवाहित छौ? त्‍यसो भए विवाह गर्न नखोज।
28 तर तिमीले विवाह गर्‍यौ भने पनि त्‍यो पाप होइन। कन्‍याकेटीले विवाह गर्दैमा त्‍यसले पाप गरेकी हुँदिन। तरै पनि विवाह गर्नेहरूले यस जीवनमा कष्‍टहरूको सामना गर्नुपर्नेछ, र म तिमीलाई यसदेखि जोगाउन चाहन्‍छु।
29 भाइ हो, मेरो भन्‍ने कुरा यही हो, कि समय थोरै छ, र अब उप्रान्‍त पत्‍नी हुनेहरू पत्‍नी नभएकाहरूजस्‍तै भएर रहून्‌।
30 शोक गर्नेहरू शोक नगरेकाहरूजस्‍ता र हर्ष मनाउनेहरू हर्ष नमनाउनेहरूजस्‍ता भएर रहून्‌। किनमेल गर्नेहरू आफूसँग केही थोक नभएजस्‍तै रहून्‌।
31 र तिनीहरू जसले संसारका थोकहरू उपभोग गर्छन्, तिनमा आफ्‍नो केही चासो नभएजस्‍तै गरून्, किनकि संसारको वर्तमान रूप बितेर जाँदैछ।
32 तिमीहरू सबै निष्‍फिक्री होओ भन्‍ने म चाहन्‍छु। विवाह नभएको मानिसले प्रभुलाई कसरी खुशी तुल्‍याऊँ भनेर प्रभुकै कुराको विषयमा फिक्री गर्दछ,
33 तर विवाह भएको मानिसले पत्‍नीलाई कसरी खुशी राखूँ भनेर संसारका कुराको फिक्री गर्दछ।
34 यस्‍तो मानिसको मन दुईपट्टि लागेको हुन्‍छ। विवाह नभएकी स्‍त्रीले शरीर र आत्‍मा दुवैमा कसरी पवित्र रहूँ भनेर प्रभुकै कुराका विषयमा फिक्री गर्दछे। तर विवाह भएकीले चाहिँ कसरी आफ्‍ना पतिलाई खुशी राखूँ भनी संसारका कुराको फिक्री गर्दछे।
35 यो कुरा तिमीहरूमाथि प्रतिबन्‍ध लाउनलाई होइन तर तिमीहरूका भलाइको लागि नै भनिरहेछु, यस हेतुले कि तिमीहरू एक चित्तका भई प्रभुप्रति भक्तिसाथ ठीक किसिमको जीवन यापन गर्न सक।
36 यदि कुनै मानिसले आफूसँग मगनी भइसकेकी कन्‍यासँग अनुचित व्‍यवहार गरेको ठान्‍छ, र यदि त्‍यस कन्‍याको उमेर पनि ढल्‍कँदैगएको छ भने, उसले विवाह गर्न चाहे विवाह गर्न सक्‍छ। यसमा पाप छैन। तिनीहरूको विवाह हुनैपर्छ।
37 तर जुन मानिसले आफ्‍नो मन पक्‍का गरिसकेको छ, जो कुनै करकापमा परेको छैन, तर आफ्‍नो इच्‍छालाई वशमा राख्‍न सक्‍छ, र जसले कन्‍यालाई विवाह नगर्ने निर्णय गरिसकेको छ, भने— यस्‍तो मानिसले पनि ठीकै गर्दछ।
38 यसरी जसले कन्‍यालाई विवाह गर्छ, उसले ठीकै गर्छ, तर जसले विवाह गर्दैन, उसले अझ असल गर्छ।
39 पति बाँचुञ्‍जेल पतिकै बन्‍धनमा पत्‍नी रहन्‍छे। तर पतिको मृत्‍यु भएपछि त्‍यसले इच्‍छा गरेको व्‍यक्तिसँग त्‍यो विवाह गर्न स्‍वतन्‍त्र हुन्‍छे, तर ऊचाहिँ प्रभुकै जन हुनुपर्छ।
40 तर त्‍यो त्‍यसै बस्‍छे भने झन्‌ सुखी हुन्‍छे, यो मेरो विचार हो, अनि म सम्‍झन्‍छु कि ममा पनि परमेश्‍वरका आत्‍मा हुनुहुन्‍छ।

१ कोरिन्थी 7 : 39
39 पति बाँचुञ्‍जेल पतिकै बन्‍धनमा पत्‍नी रहन्‍छे। तर पतिको मृत्‍यु भएपछि त्‍यसले इच्‍छा गरेको व्‍यक्तिसँग त्‍यो विवाह गर्न स्‍वतन्‍त्र हुन्‍छे, तर ऊचाहिँ प्रभुकै जन हुनुपर्छ।

मत्ती 5 : 32
32 तर म तिमीहरूलाई भन्‍दछु, जसले आफ्‍नी पत्‍नीलाई व्‍यभिचारको कारणबाहेक अरू कारणले त्‍याग गर्ला, त्‍यसले तिनलाई व्‍यभिचारिणी तुल्‍याउँछ, र जसले त्‍याग गरिएकी स्‍त्रीसँग विवाह गर्ला, त्‍यसले व्‍यभिचार गर्नेछ।

लूका 16 : 18
18 “जसले आफ्‍नी पत्नीलाई त्‍यागेर अर्कीलाई विवाह गर्छ, त्‍यसले व्‍यभिचार गर्दछ, र श्रीमान्‌बाट त्‍यागिएकी स्‍त्रीलाई विवाह गर्ने मानिसले पनि व्‍यभिचार गर्दछ।

१ कोरिन्थी 7 : 2
2 तर व्‍यभिचारसम्‍बन्‍धी परीक्षा अनेक भएका हुनाले हरेक मानिसको आफ्‍नै पत्‍नी होस्, र हरेक स्‍त्रीको पनि आफ्‍नै पति होस्‌।

१ तिमोथी 3 : 16
16 हामी स्‍वीकार गर्दछौं, कि हाम्रो विश्‍वासको रहस्‍य अति महान्‌ छ: उहाँ स्‍वयम्‌ शरीरमा प्रकट हुनुभयो, पवित्र आत्‍माद्वारा धर्मी ठहरिनुभयो, स्‍वर्गदूतहरूबाट देखिनुभयो, जाति-जातिहरूका माझमा प्रचारिनुभयो, संसारमा विश्‍वास गरिनुभयो, महिमामा माथि उचालिनुभयो।

मत्ती 19 : 4 – 6
4 तर उहाँले भन्‍नुभयो, “के तिमीहरूले पढ़ेका छैनौ, कि सृष्‍टिकर्ताले तिनीहरूलाई सुरुमा नै नर र नारी बनाउनुभयो,
5 र भन्‍नुभयो, ‘यसैकारण मानिसले आफ्‍ना बुबा र आमालाई छोड़ेर आफ्‍नी पत्नीसँग मिलिरहन्‍छ, र ती दुई जना एउटै शरीर हुनेछन्‌।’
6 ती अब दुई होइनन्, तर एउटै शरीर हुन्‍छन्‌। यसकारण परमेश्‍वरले जसलाई एकसाथ जोड्नुभएको छ, त्‍यसलाई कुनै मानिसले नछुट्ट्याओस्‌।”

मर्कूस 10 : 12
12 अनि यदि स्‍त्रीले आफ्‍नो पतिसँग विवाहविच्‍छेद गरेर अर्कोसँग विवाह गर्छे भने, तिनले व्‍यभिचार गर्छे।”

१ कोरिन्थी 13 : 7 – 8
7 प्रेमले सबै कुरा सहन्‍छ, सबै कुराको पत्‍यार गर्छ, सबै कुरामा आशा राख्‍छ, सबै कुरामा स्‍थिर रहन्‍छ।
8 प्रेमको कहिल्‍यै अन्‍त्‍य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्‍द हुनेछन्, ज्ञान टलिजानेछ।

मत्ती 19 : 1 – 30
1 यी कुरा बोल्‍नुभएपछि येशू गालीलबाट यर्दनपारि यहूदाको इलाकातिर जानुभयो।
2 ठूला भीड़हरू उहाँको पछि लागे र उहाँले त्‍यहाँ मानिसहरूलाई निको पार्नुभयो।
3 फरिसीहरू उहाँकहाँ आएर उहाँलाई जाँच गर्न भनी उहाँलाई सोधे, “के कसैले कुनै कारण पत्नीसँग विवाहविच्‍छेद गर्न उचित छ?”
4 तर उहाँले भन्‍नुभयो, “के तिमीहरूले पढ़ेका छैनौ, कि सृष्‍टिकर्ताले तिनीहरूलाई सुरुमा नै नर र नारी बनाउनुभयो,
5 र भन्‍नुभयो, ‘यसैकारण मानिसले आफ्‍ना बुबा र आमालाई छोड़ेर आफ्‍नी पत्नीसँग मिलिरहन्‍छ, र ती दुई जना एउटै शरीर हुनेछन्‌।’
6 ती अब दुई होइनन्, तर एउटै शरीर हुन्‍छन्‌। यसकारण परमेश्‍वरले जसलाई एकसाथ जोड्नुभएको छ, त्‍यसलाई कुनै मानिसले नछुट्ट्याओस्‌।”
7 तिनीहरूले उहाँलाई भने, “मोशाले किन विवाहविच्‍छेदको त्‍यागपत्र दिएर पत्‍नीलाई त्‍याग्‍ने आज्ञा दिए?”
8 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूका हृदयको कठोरताले गर्दा नै मोशाले पत्‍नीलाई त्‍याग गर्ने अनुमति तिमीहरूलाई दिएका हुन्‌। तर सुरुदेखि यस्‍तो थिएन।
9 म तिमीहरूलाई भन्‍दछु, जसले व्‍यभिचारको कारणबाहेक आफ्‍नी पत्नीलाई त्‍यागेर अर्कीसँग विवाह गर्छ, त्‍यसले व्‍यभिचार गर्दछ, अनि जसले त्‍यागिएकीलाई विवाह गर्छ, त्‍यसले पनि व्‍यभिचार गर्दछ।”
10 चेलाहरूले उहाँलाई भने, “पति-पत्नीको यस्‍तै सम्‍बन्‍ध हो भनेता, विवाह नगर्नु नै असल हुनेछ।”
11 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “सबै मानिसले यो वचन ग्रहण गर्न सक्‍दैनन्, केवल तिनीहरूले मात्र सक्‍छन्‌ जसलाई यो दिइएको छ।
12 किनकि कोही जन्‍मँदै नपुंसक हुन्‍छन्, कतिचाहिँ मानिसले बनाएका नपुंसक हुन्‍छन्‌। कतिचाहिँ आफैले आफैलाई स्‍वर्ग-राज्‍यको निम्‍ति नपुंसक बनाउँछन्‌। जसले यो ग्रहण गर्न सक्‍छ, त्‍यसले त्‍यो ग्रहण गरोस्‌।”
13 येशूले बालकहरूमाथि हात राखी प्रार्थना गरिदेऊन्‌ भनी मानिसहरूले तिनीहरूलाई उहाँकहाँ ल्‍याए। अनि चेलाहरूले ती मानिसहरूलाई हप्‍काए।
14 तर येशूले भन्‍नुभयो, “बालकहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक। किनभने स्‍वर्गको राज्‍य यस्‍तैहरूको हो।”
15 अनि बालकहरूमाथि हात राख्‍नुभएपछि उहाँ त्‍यहाँबाट जानुभयो।
16 उहाँकहाँ आएर एक जनाले भने, “हे गुरु, मैले अनन्‍त जीवन प्राप्‍त गर्नलाई के असल काम गर्नुपर्छ?”
17 उहाँले तिनलाई भन्‍नुभयो, “असल के हो त्‍यस विषयमा तिमी मलाई किन सोध्‍दछौ? असल त एउटै मात्र हुनुहुन्‍छ। तर तिमी जीवनमा प्रवेश गर्न इच्‍छा गर्दछौ भने, आज्ञाहरू पालन गर।”
18 तिनले उहाँलाई भने, “कुन-कुनचाहिँ?” येशूले भन्‍नुभयो, “तैंले हत्‍या नगर्नू, तैंले व्‍यभिचार नगर्नू, तैंले चोरी नगर्नू, तैंले झूटो गवाही नदिनू।
19 आफ्‍ना आमा-बुबाको आदर गर्नू, र आफ्‍नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू।”
20 ती जवान मानिसले उहाँलाई भने, “यी सब त मैले पालन गरेकै छु। अब ममा के कमी छ?”
21 येशूले तिनलाई भन्‍नुभयो, “तिमी सिद्ध हुन चाहन्‍छौ भने, गएर तिमीसित भएका सबै बेचेर दरिद्रहरूलाई देऊ, र तिमीले स्‍वर्गमा धन प्राप्‍त गर्नेछौ, अनि आएर मपछि लाग।”
22 जब ती जवान मानिसले यो कुरा सुने, तिनी दुःखित भएर गइहाले, किनकि तिनको धेरै धन-सम्‍पत्ति थियो।
23 अनि येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, स्‍वर्गको राज्‍यमा धनी मानिसलाई प्रवेश गर्नु गाह्रो पर्नेछ।
24 फेरि म तिमीहरूलाई भन्‍दछु, धनी मानिसलाई परमेश्‍वरको राज्‍यभित्र पस्‍नुभन्‍दा बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुनेछ।”
25 यो सुनेर चेलाहरूले अति आश्‍चर्य मानी सोधे, “तब कसले उद्धार पाउन सक्‍छ?”
26 येशूले तिनीहरूमाथि दृष्‍टि लगाई भन्‍नुभयो, “मानिसहरूका लागि यो असम्‍भव छ, तर परमेश्‍वरको लागि सबै कुरा सम्‍भव छ।”
27 तब पत्रुसले उहाँलाई भने, “हेर्नुहोस्‌ हामीले त सबै थोक छोड़ेर तपाईंको पछि लागेका छौं। हामीले चाहिँ के पाउनेछौं?”
28 येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरू जो मेरो पछि लागेका छौ, नयाँ सृष्‍टिमा जब मानिसको पुत्र आफ्‍नो महिमाको सिंहासनमा बस्‍नेछ, तब तिमीहरू पनि बाह्र सिंहासनमा बस्‍नेछौ, र इस्राएलका बाह्र कुलमाथि इन्‍साफ गर्नेछौ।
29 हरेक जसले मेरो नाउँको खातिर घर, दाजुभाइ वा दिदी-बहिनी अथवा बुबा वा आमा वा छोरा-छोरी वा जग्‍गाजमिन छोड़ेको छ, त्‍यसले सय गुणा पाउनेछ, र अनन्‍त जीवनको अधिकार पाउनेछ।
30 तर धेरै जो पहिला छन्‌ पछि पर्नेछन्, र पछि हुनेहरूचाहिँ पहिला हुनेछन्‌।”

२ तिमोथी 2 : 15
15 शर्माउन नपर्ने र सत्‍यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्‍तै आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्‍य तुल्‍याउने भरमग्‍दूर प्रयत्‍न गर।

यूहन्‍ना 6 : 47 – 50
47 साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, जसले विश्‍वास गर्छ त्‍यससित अनन्‍त जीवन छ।
48 म जीवनको रोटी हुँ।
49 तिमीहरूका पिता-पुर्खाहरूले उजाड-स्‍थानमा मन्‍न खाए तापनि तिनीहरू मरेर गए।
50 स्‍वर्गबाट ओर्लिआउने रोटी यही हो, जसले यो खान्‍छ त्‍यो मर्नेछैन।

१ यूहन्‍ना 2 : 2
2 उहाँ हाम्रा पापका निम्‍ति प्रायश्‍चित हुनुहुन्‍छ, र हाम्रा निम्‍ति मात्र होइन, तर सारा संसारका पापका निम्‍ति पनि।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *