यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जिन
गन्ती 13 : 21
21 यसैले तिनीहरू उक्लेर गई जीनको उजाड़-स्थानबाट लेबो-हमाततिरको रहोबसम्म त्यस देशको भेद लिए।
गन्ती 20 : 1
1 इस्राएलीहरूका सारा समुदाय पहिलो महिनामा जीनको उजाड़-स्थानमा आइपुगे, र कादेशमा वास बसे। अनि मिरियम त्यहीँ मरिन्, र तिनीहरूले तिनलाई त्यहीँ नै गाड़े।
गन्ती 27 : 14
14 किनभने जब सीनको उजाड़-स्थानमा भएका पानीहरूमा समुदाय मेरो विरुद्धमा उठेको थियो, तब तिमीहरू दुवैले तिनीहरूका सामु मेरो पवित्रताको कदर नगरेर मेरो आज्ञा भङ्ग गरेका थियौ।” (यो घटना सीनको उजाड़-स्थानमा भएको मेरीबा-कादेशका पानीहरूमा भएको थियो।)
गन्ती 33 : 36
36 तिनीहरू एस्योन-गेबेरबाट हिँड़ेर जीनको उजाड़-स्थानमा भएको कादेशमा वास बसे।
गन्ती 34 : 4
4 अक्रब्बीमको उकालोको दक्षिणतिर निस्केर जीनसम्म र कादेश-बर्नेको दक्षिणतिर पुगोस्। त्यहाँबाट हसर-अद्दर भएर अज्मोनसम्म पुगोस्।
व्यवस्था 32 : 51
51 किनभने तिमीहरू दुवैले जीनको उजाड़-स्थानको मेरीबा-कादेशका पानीमा इस्राएलीहरूका बीचमा मलाई विश्वासघात गर्यौ, किनकि तिमीहरूले इस्राएलीहरूका बीचमा मेरो पवित्रताको कदर गरेनौ।
यहोशू 15 : 1
1 यहूदाका कुलको भाग तिनीहरूका वंश-वंशअनुसार एदोमको सिमानासम्म, र दक्षिणतर्फ जीनको उजाड़-स्थानसम्म थियो।
यहोशू 15 : 3
3 त्यो अक्रब्बीमको उकालोको दक्षिणतर्फदेखि भएर जीनलाई छिचलेर कादेश-बर्नेको दक्षिणपट्टिबाट उँभो लागेर हेस्रोनलाई छिचलेर अद्दारसम्म उकालो लागेर, कर्कामा घुमेर फिरेको थियो।
Leave a Reply