यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जिज्ञासा
हितोपदेश 27 : 20
20 मृत्यु र विनाश कहिल्यै तृप्त हुँदैन, न त मानिसका आँखा नै सन्तुष्ट हुन्छन्।
उपदेशक 7 : 21
21 मानिसले भनेका सबै कुराहरूमाथि ध्यान नदेऊ, नत्रता तिम्रै नोकरले तिमीलाई सरापेको तिमीले सुन्नेछौ।
उत्पत्ति 3 : 6
6 जब स्त्रीले त्यस रूखको फल खानलाई असल र हेर्नमा रहरलाग्दो, र बुद्धि पाउनलाई त्यस रूखको चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले त्यस रूखको फल टिपेर खाइन्, र आफ्ना पतिलाई पनि दिइन्, र उनले पनि खाए।
उत्पत्ति 18 : 32
32 अनि तिनले भने, “परमप्रभु रिसानी नहोस्। अब एक पल्ट मात्र बोल्नेछु। यदि त्यहाँ दश जना पाइए भने?” उहाँले भन्नुभयो, “दश जनाका खातिरमा पनि म त्यो नाश गर्नेछैनँ।”
प्रस्थान 19 : 21
21 तब परमप्रभुले मोशालाई भन्नुभयो, “तल गएर मानिसहरूलाई सावधान गर्, नत्रता तिनीहरू परमप्रभुलाई हेर्न बार नाघेर माथि आउलान् र तिनीहरूमध्ये धेरै नष्ट होलान्।
प्रस्थान 19 : 24
24 अनि परमप्रभुले तिनलाई भन्नुभयो, “जा, तँ आफै तल जा, र हारूनको साथमा माथि उक्लेर आइज। तर पूजाहारीहरू र मानिसहरूचाहिँ परमप्रभुकहाँ बार नाघेर उक्ली नआऊन्, नत्रता उहाँले तिनीहरूलाई तत्कालै नाश गर्नुहुनेछ।”
गन्ती 4 : 20
20 तर कहातीहरू पवित्र कुराहरू हेर्न एक छिनको निम्ति पनि भित्र नजाऊन्, नत्रता तिनीहरू मर्नेछन्।”
२ राजाहरू 20 : 13
13 हिजकियाले समाचारवाहकहरूलाई स्वागत गरे र उनीहरूलाई आफ्ना भण्डारहरूमा भएका सबै थोकहरू— सुन, चाँदी, मसला, सुगन्धित तेल— आफ्ना हतियारहरू राख्ने घर र भण्डारमा भएका सारा थोक देखाइदिए। आफ्नो राजमहल र आफ्ना सबै राज्यमा हिजकियाले उनीहरूलाई नदेखाएको कुनै पनि थोक रहेन।
दानिएल 12 : 9
9 तिनले जवाफ दिए, “हे दानिएल, तिम्रो आफ्नो बाटो लाग, किनभने यी वचनहरू अन्तको समयसम्मको लागि बन्द गरी मोहोर लगाइएका छन्।
Leave a Reply