यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जासूस
उत्पत्ति 42 : 9
9 तब योसेफले उनीहरूका विषयमा आफूले देखेका सपना सम्झे, र तिनले उनीहरूलाई भने, “तिमीहरू जासूस हौ। यस देशको कमजोरी थाहा गर्न तिमीहरू आएका हौ।”
गन्ती 21 : 32
32 मोशाले याजेरको भेद लिन मानिसहरू पठाएपछि इस्राएलीहरूले त्यसका वरिपरिका बस्तीहरू कब्जा गरेर त्यहाँका एमोरीहरूलाई धपाए।
यहोशू 2 : 1
1 तब नूनका छोरा यहोशूले शित्तीमबाट दुई जना जासूसहरूलाई गोप्य तवरले पठाएर भने, “त्यस मुलुक र विशेष गरी यरीहोको भेद लिएर आओ।” तिनीहरू गए, र राहाब नाउँ भएकी एक वेश्याको घरमा आइपुगे, र त्यहीँ वास बसे।
१ शमूएल 26 : 4
4 दाऊदले चेवाहरू पठाए, र शाऊल अमुक ठाउँमा आइपुगेका छन् भनी पत्ता लगाए।
२ शमूएल 15 : 10
10 तब अब्शालोमले इस्राएलका सबै कुलहरूमा यसो भनेर गुप्त समाचारवाहकहरूलाई पठाए, “तुरहीको सोर सुन्ने बित्तिकै तिमीहरूले भन, ‘अब्शालोम हेब्रोनमा राजा हुनुभयो’!”
२ शमूएल 17 : 17
17 जोनाथन र अहीमासचाहिँ एनरोगेलमा पर्खिबसेका थिए, र एउटी दासी गएर तिनीहरूलाई खबर दिन्थी, अनि तिनीहरूले चाहिँ दाऊदलाई खबर दिन्थे। किनभने सहरभित्र कसैले देख्ने खतरामा पर्न तिनीहरू चाहँदैनथे।
लूका 20 : 20
20 तिनीहरू मौका हेर्न लागे, र धर्मी भई टोपल्ने जासूसहरूलाई तिनीहरूले उहाँकहाँ पठाए। येशूले भन्नुभएको कुरामा उहाँलाई फसाएर अधिकारीहरू र हाकिमका हातमा उहाँलाई सुम्पिदिने दाउमा तिनीहरू थिए।
गलाती 2 : 4
4 खतनाको यो कुरा उठ्यो, किनकि कति झूटा भाइहरू हाम्रो दलभित्र गुप्त रूपले पसिकन ख्रीष्टमा भएको हाम्रो स्वतन्त्रताको चेवा गरी हामीलाई बन्धनमा ल्याउन चाहन्थे।
Leave a Reply