यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जराह
उत्पत्ति 38 : 30
30 पछिबाट हातमा रातो धागो बाँधिएको चाहिँ जन्म्यो। त्यसको नाउँचाहिँ जेरह राखियो।
उत्पत्ति 46 : 12
12 यहूदाका छोराहरू: एर्, ओनान, शेलह, फारेस र जेरह। तर एर् र ओनानचाहिँ कनान देशमै मरे। फारेसका छोराहरू हेस्रोन र हामूल थिए।
गन्ती 26 : 20
20 यहूदाका सन्तान तिनीहरूका वंश-वंशअनुसार: शेलहबाट शेलानीहरूको वंश, फारेसबाट फारेसीहरूको वंश, जेरहबाट जेरहातीहरूको वंश भए।
१ इतिहास 2 : 4
4 तब यहूदाकी बुहारी तामारले तिनको निम्ति फारेस र जेरहलाई जन्माइन्। यहूदाका जम्मा छोराहरू पाँच जना भए।
१ इतिहास 2 : 6
6 जेरहका छोराहरू: जिम्री, एतान, हेमान, कलकोल र दर्दा— सबै जम्मा पाँच जना थिए।
नहेम्याह 11 : 24
24 मानिसहरूका कारोबारको सम्बन्धमा राजाका सेवक पतहियाह थिए, जो यहूदाका छोरा जेरहका परिवारका मशेजेबेलका छोरा थिए।
Leave a Reply