जब संसार समाप्त हुनेछ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जब संसार समाप्त हुनेछ

मर्कूस 13 : 32
32 “तर त्‍यस दिन र त्‍यस घड़ीको विषयमा पिताले बाहेक अरू कसैले जान्‍दैन, न त स्‍वर्गमा हुने स्‍वर्गदूतहरूले न पुत्रले।

मत्ती 24 : 32 – 36
32 “तर अञ्‍जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्‍यसका हाँगा कलिला हुन्‍छन्‌ र रूखले पालुवा फेर्छ, तब ग्रीष्‍म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ।
33 त्‍यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्‍नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान।
34 साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, कि यी सबै पूरा नहोउञ्‍जेल यो पुस्‍ता बितिजानेछैन।
35 स्‍वर्ग र पृथ्‍वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन्‌।
36 “तर त्‍यस दिन र घड़ीको विषयमा पिताबाहेक कसैले जान्‍दैन, न त स्‍वर्गका दूतहरूले, न पुत्रले।

मत्ती 24 : 44
44 यसकारण तिमीहरू पनि तयार रहो, किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ।

मत्ती 24 : 42 – 44
42 “यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूको प्रभु आउनेछ, सो तिमीहरूले जान्‍दैनौ।
43 तर यो जान, कि घरको मालिकले चोर रातको कुन पहरमा आउँछ भनी जानेको भए, ऊ जागो रहनेथियो, र आफ्‍नो घर फोर्न दिनेथिएन।
44 यसकारण तिमीहरू पनि तयार रहो, किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ।

प्रकाश 1 : 7
7 हेर, उहाँ बादलहरूसाथ आउँदैहुनुहुन्‍छ, र हरेक आँखाले उहाँलाई देख्‍नेछ। तिनीहरूले पनि, जसले उहाँलाई घोचे, र पृथ्‍वीका सबै कुलहरूले उहाँको कारण विलाप गर्नेछन्‌। यसै होस्‌। आमेन।

प्रकाश 21 : 1 – 27
1 तब मैले नयाँ आकाश र नयाँ पृथ्‍वी देखें, किनकि पहिलो आकाश र पहिलो पृथ्‍वी बितिगएका थिए। समुद्र त अब छँदैथिएन।
2 अनि मैले परमेश्‍वरबाट दुलहाको निम्‍ति दुलही जस्‍तै गरी सिङ्गारिएर तयार पारिराखेकी, अर्थात्‌ पवित्र सहर, नयाँ यरूशलेम स्‍वर्गबाट तलतिर झरिरहेको देखें।
3 सिंहासनबाट यसो भन्‍ने एउटा चर्को सोर मैले सुनें, “हेर, परमेश्‍वरको वास मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ, र तिनीहरू उहाँका प्रजा हुनेछन्, र परमेश्‍वर आफै तिनीहरूका परमेश्‍वर भएर तिनीहरूसँग रहनुहुनेछ।
4 उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्‍यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन। किनकि पहिलेका कुराहरू बितिसकेका छन्‌।”
5 सिंहासनमा विराजमान हुनुहुनेले मलाई भन्‍नुभयो, “हेर, म सबै कुरा नयाँ तुल्‍याउँछु।” उहाँले यसो पनि भन्‍नुभयो, “यो लेख, यी कुराहरू भरपर्दा र सत्‍य छन्‌।”
6 उहाँले मलाई भन्‍नुभयो, “अब सिद्धियो। म अल्‍फा र ओमेगा हुँ, आदि र अन्‍त्‍य म नै हुँ। तिर्खाउनेहरूलाई जीवनका पानीको फुहाराबाट म सित्तैँमा दिनेछु।
7 जसले विजय प्राप्‍त गर्छ त्‍यसले यो उत्तराधिकार पाउनेछ, र म त्‍यसका परमेश्‍वर हुनेछु, र त्‍योचाहिँ मेरो छोरो हुनेछ।
8 तर डरपोकहरू, अविश्‍वासीहरू, घिनलाग्‍दा भएकाहरू, हत्‍याराहरू, व्‍यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्‍नेहरू सबैको हिस्‍सा आगो र गन्‍धक दन्‍कने कुण्‍डमा हुनेछ। यो दोस्रो मृत्‍यु हो।
9 तब ती सात अन्‍तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्‍वर्गदूतहरूमध्‍ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्‍नी, उहाँकी दुलही देखाउनेछु।”
10 तिनले मलाई पवित्र आत्‍मामा एउटा ठूलो र उच्‍च पर्वतमा लगे, र परमेश्‍वरबाट स्‍वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए।
11 त्‍यसमा परमेश्‍वरको महिमा थियो, र त्‍यसको चमक बहुमूल्‍य रत्‍नहरू तथा बिल्‍लौर स्‍फटिकजस्‍तो चहकिलो थियो।
12 त्‍यसको वरिपरि ठूलो र अल्‍गो पर्खाल थियो, र त्‍यसमा बाह्र ढोका थिए। ढोकाहरूमा बाह्र स्‍वर्गदूत थिए। ती ढोकाहरूमा इस्राएलका बाह्रै कुलका नाउँ लेखिएका थिए।
13 पूर्वमा तीन ढोकाहरू, उत्तरमा तीन, दक्षिणमा तीन र पश्‍चिममा तीन ढोकाहरू थिए।
14 सहरको पर्खालका बाह्र जग थिए। तीमाथि थुमाका बाह्रै प्रेरितहरूका बाह्र नाउँ लेखिएका थिए।
15 सहर र त्‍यसका ढोकाहरू र पर्खाल नाप्‍नलाई मसँग बोल्‍नेसँग एउटा सुनको नाप्‍ने टाँगो थियो।
16 त्‍यो सहर वर्गाकार थियो। त्‍यसको चौडाइ र लमाइ समान थियो। तिनले त्‍यस टाँगोले नाप्‍दा त्‍यो सहर दुई हजार चार सय किलोमिटर थियो। त्‍यसको लमाइ, चौडाइ र उचाइ बराबर थियो।
17 स्‍वर्गदूतले त्‍यसको पर्खाल पनि नापे, र मानिसले चलाएको नापअनुसार त्‍यो पैँसट्ठी मिटर थियो।
18 त्‍यो पर्खाल बिल्‍लौरले बनेको थियो, र सहरचाहिँ निखुर सुनले बनेको थियो र सफा काँचजस्‍तै त्‍यो चम्‍कन्‍थ्‍यो।
19 पर्खालका जगहरू अनेक किसिमका बहुमूल्‍य रत्‍नहरूले जड़िएका थिए। पहिलो जग बिल्‍लौरको, दोस्रो नीर, तेस्रो हरित रत्‍न, चौथो पन्‍ना,
20 पाँचौँ आनिक्‍स, छैटौँ लालमणि, सातौँ पीतमणि, आठौँ बेरूज, नवौँ पुष्‍पराज, दशौँ लसुने, एघारौँ नीलमणि र बाह्रौँ, कटेलाको थियो।
21 ती बाह्र ढोकाचाहिँ बाह्र मोतीका थिए। प्रत्‍येक ढोका मोतीको थियो। त्‍यस सहरको सड़क चहकिलो शीशाजस्‍तै निखुर सुनको थियो।
22 मैले त्‍यस सहरमा कुनै मन्‍दिर देखिनँ, किनकि त्‍यहाँको मन्‍दिर स्‍वयम्‌ परमेश्‍वर सर्वशक्तिमान्‌ र थुमा नै हुनुहुन्‍छ।
23 त्‍यो सहर उज्‍यालो गराउन सूर्य र चन्‍द्रमाको खाँचो छैन, किनभने परमेश्‍वरको महिमा नै त्‍यसको उज्‍यालो हो। त्‍यहाँको बत्तीचाहिँ थुमा आफै हुनुहुन्‍छ।
24 त्‍यहाँकै उज्‍यालोमा जाति-जातिहरू हिँड्‌डुल गर्नेछन्‌। पृथ्‍वीका राजाहरूले आफ्‍ना वैभव त्‍यसमा ल्‍याउनेछन्‌।
25 दिनमा त्‍यसका ढोकाहरू कुनै किसिमले बन्‍द हुनेछैनन्, र त्‍यहाँ रात नै हुनेछैन।
26 तिनीहरूले जाति-जातिहरूका वैभव र सम्‍मान त्‍यसभित्र ल्‍याउनेछन्‌।
27 तर थुमाका जीवनको पुस्‍तकमा नाउँ लेखिएकाहरूबाहेक कुनै अशुद्ध कुरा, घृणित काम गर्ने र झूट बोल्‍ने कुनै किसिमले पनि त्‍यसभित्र पस्‍नेछैन।

मत्ती 24 : 42
42 “यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूको प्रभु आउनेछ, सो तिमीहरूले जान्‍दैनौ।

२ पत्रुस 3 : 10
10 तर प्रभुको दिन त चोरजस्‍तै गरी झट्टै आउनेछ, जसमा आकाशचाहिँ ठूलो आवाजसाथ बितिजानेछ, तत्त्वहरू आगोको रापले पग्‍लिनेछन्, र पृथ्‍वी र त्‍यसमा भएका सबै थोक भस्‍म हुनेछन्‌।

लूका 21 : 25
25 “सूर्य, चन्‍द्र र ताराहरूमा चिन्‍ह देखा पर्नेछन्, र समुद्रको गर्जन र छालहरूले पृथ्‍वीका राष्‍ट्रहरू सङ्कष्‍टमा परी व्‍याकुल हुनेछन्‌।

मत्ती 24 : 24
24 किनकि झूटा ख्रीष्‍टहरू, र झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र हुन सके चुनिएकाहरूलाई पनि भड्‌काउनलाई ठूला-ठूला चिन्‍हहरू र आश्‍चर्यका कामहरू देखाउनेछन्‌।

लूका 21 : 11
11 भयङ्कर भूकम्‍पहरू हुनेछन्‌। विभिन्‍न ठाउँहरूमा अनिकाल र महामारी हुनेछन्, भयङ्कर आतङ्क हुनेछन्, अनि आकाशबाट ठूला-ठूला चिन्‍हहरू हुनेछन्‌।

२ पत्रुस 3 : 1 – 18
1 प्रिय हो, तिमीहरूलाई लेखेको यो मेरो दोस्रो पत्र हो, र दुवै पत्रमा कति कुराको याद दिलाएर तिमीहरूका निष्‍कपट मनलाई उत्‍साहित गराएको छु,
2 कि पवित्र अगमवक्ताहरूका अगमवाणी र तिमीहरूका प्रेरितहरूद्वारा दिइएको प्रभु र मुक्तिदाताको आज्ञालाई तिमीहरूले सम्‍झनुपर्छ।
3 सर्वप्रथम तिमीहरूले यो बुझ्‍नुपर्छ, कि पछिल्‍ला दिनहरूमा गिल्‍ला गर्नेहरू गिल्‍ला गर्दै, तिनीहरूका आफ्‍नै अभिलाषामा यसो भन्‍दै आउनेछन्,
4 “उहाँका आगमनको प्रतिज्ञा कहाँ गयो? किनकि पिता-पुर्खाहरू सुतिसकेका दिनदेखि नै सबै कुरा सृष्‍टिको सुरुदेखि चलिआएजस्‍तै आज पनि छँदैछ।”
5 जानी-बुझिकन पनि तिनीहरू यस कुराको वास्‍ता गर्दैनन्, कि परमेश्‍वरको वचनद्वारा स्‍वर्गहरू अघिदेखि नै थिए, र पृथ्‍वीचाहिँ पानीबाट र पानीद्वारा नै बनाइयो।
6 त्‍यही पानीबाट त्‍यस समयको संसार जलप्रलयमा डुबेर नष्‍ट भयो।
7 तर त्‍यही वचनले भक्तिहीन मानिसको इन्‍साफ र विनाशका दिनसम्‍मको लागि अहिलेको आकाश र पृथ्‍वी आगोको निम्‍ति साँचिराखिएका छन्‌।
8 तर प्रिय हो, यो एउटा कुरा नभुल, कि प्रभुको निम्‍ति एक दिन हजार वर्षझैँ र हजार वर्ष एक दिनझैँ हुन्‍छ।
9 आफ्‍नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्‍छ भन्‍ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्‍न, तर कोही पनि नष्‍ट नहोस्, तर सबै जनाले पश्‍चात्ताप गरून्‌ भन्‍ने इच्‍छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान्‌ हुनुहुन्‍छ।
10 तर प्रभुको दिन त चोरजस्‍तै गरी झट्टै आउनेछ, जसमा आकाशचाहिँ ठूलो आवाजसाथ बितिजानेछ, तत्त्वहरू आगोको रापले पग्‍लिनेछन्, र पृथ्‍वी र त्‍यसमा भएका सबै थोक भस्‍म हुनेछन्‌।
11 यी सबै कुराहरू यसरी पग्‍लन्‍छन्‌ भन्‍ने जानेर पवित्रता र भक्तिको जीवनमा तिमीहरू कस्‍ता किसिमका मानिस हुनुपर्छ?
12 तिमीहरू परमेश्‍वरको दिन प्रतीक्षा गर्दछौ, र त्‍यस दिनलाई नजिक ल्‍याउन चाहन्‍छौ, जुन दिन आकाशहरू जलेर भस्‍म हुनेछन्, र तत्त्वहरू आगोको रापमा पग्‍लनेछन्‌।
13 तर उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्‍वर्ग र नयाँ पृथ्‍वीको बाटो हेर्छौं, जसमा धार्मिकताले वास गर्छ।
14 यसकारण प्रिय हो, तिमीहरू यी कुराको प्रतीक्षा गर्नेहरू भएका हुनाले, उहाँको दृष्‍टिमा तिमीहरू दाग वा खोट नभएकाहरू र शान्‍तिमा बस्‍नेहरू हुन प्रयत्‍न गर।
15 हाम्रा प्रभुको धैर्यलाई मुक्तिझैँ ठान। हाम्रा प्रिय भाइ पावलले पनि उनलाई दिइएको बुद्धिअनुसार तिमीहरूलाई यही कुरा लेखे।
16 उनका सबै पत्रहरूमा पनि उनले यी कुराहरूको उल्‍लेख गरेका छन्‌। तिनमा कुनै-कुनै कुराहरू बुझ्‍न कठिन छन्, र अशिक्षित र चञ्‍चल मानिसहरूले यी कुराहरूलाई अरू धर्मशास्‍त्रहरूलाई जस्‍तै उल्‍टापाल्‍टा पार्छन्, र आफ्‍नै विनाश ल्‍याउँछन्‌।
17 यसकारण प्रिय हो, अघिबाटै यी कुरा जानेर होशियार रहो, दुष्‍ट मानिसहरूको भूल कुरामा अलमलिएर आफ्‍नो स्‍थिरता नगुमाओ।
18 तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनुग्रह र ज्ञानमा बढ्‌दैजाओ। उहाँलाई अहिले र सदासर्वदा महिमा होस्‌। आमेन।

मत्ती 24 : 4 – 31
4 तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “होशियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्‌।
5 किनभने धेरै जना मेरो नाउँमा ‘म ख्रीष्‍ट हुँ’ भन्‍दै आउनेछन्, र धेरैलाई बहकाउनेछन्‌।
6 तिमीहरूले युद्धहरू र युद्धहरूका हल्‍ला सुन्‍नेछौ। नघबराओ, किनकि यी हुनु आवश्‍यक नै छन्, तर अन्‍त्‍य त त्‍यत्ति नै बेला हुँदैन।
7 किनभने जातिको विरुद्धमा जाति, र राज्‍यको विरुद्धमा राज्‍य उठ्‌नेछ, र ठाउँ-ठाउँमा अनिकाल र भूकम्‍प हुनेछन्‌।
8 तर यी सब त प्रसववेदनाको सुरु मात्र हो।
9 “तब तिनीहरूले तिमीहरूलाई सङ्कष्‍टको लागि सुम्‍पिदिनेछन्, र तिमीहरूलाई मार्नेछन्, र मेरो नाउँको खातिर सबै जातिहरूले तिमीहरूलाई घृणा गर्नेछन्‌।
10 तब धेरै जना भड्‌केर जानेछन्, र ठेस खानेछन्, र एउटाले अर्कालाई विश्‍वासघात गरेर सुम्‍पिदिनेछ र घृणा गर्नेछ।
11 धेरै झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र धेरैलाई बहकाउनेछन्‌।
12 दुष्‍टता बढ़ेको हुनाले धेरैको प्रेम सेलाएर जानेछ।
13 तर आखिरसम्‍म स्‍थिर रहनेचाहिँ बचाइनेछ।
14 अनि राज्‍यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाहीको निम्‍ति प्रचार गरिनेछ, त्‍यसपछि अन्‍त्‍य आउनेछ।
15 “यसकारण जब तिमीहरूले दानिएल अगमवक्ताबाट बोलिएको विनाशकारी घृणित थोक पवित्रस्‍थानमा खड़ा भएको देखौला (पाठकले बुझोस्‌),
16 तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून्‌।
17 कौसीमा हुनेहरू आफ्‍ना घरमा भएका सामान निकाल्‍नलाई तल नझरून्‌।
18 खेतबारीमा हुने आफ्‍नो खास्‍टो लिन फर्की नआऊन्‌।
19 हाय! गर्भवतीहरू र दूध खुवाउनेहरूलाई ती दिनमा।
20 तर हिउँदमा वा शबाथमा तिमीहरू भाग्‍न नपरोस्‌ भनी प्रार्थना गर।
21 किनकि त्‍यस बेला यस्‍तो महासङ्कष्‍ट हुनेछ, जो जगत्‌को सुरुदेखि अहिलेसम्‍म भएको छैन, न त फेरि कहिल्‍यै हुनेछ।
22 ती दिन नघटाइएका भए कोही मानिस बाँच्‍न सक्‍नेथिएन, तर चुनिएकाहरूका निम्‍ति ती दिन घटाइनेछन्‌।
23 तब तिमीहरूलाई कसैले ‘हेर, ख्रीष्‍ट यहाँ छन्, कि त्‍यहाँ छन्‌’ भन्‍यो भने विश्‍वास नगर।
24 किनकि झूटा ख्रीष्‍टहरू, र झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र हुन सके चुनिएकाहरूलाई पनि भड्‌काउनलाई ठूला-ठूला चिन्‍हहरू र आश्‍चर्यका कामहरू देखाउनेछन्‌।
25 याद राख, मैले तिमीहरूलाई अघिबाटै भनिदिएको छु।
26 “यदि तिनीहरूले तिमीहरूलाई ‘हेर, उनी उजाड-स्‍थानमा छन्’ भनी भन्‍छन्‌ भने बाहिर निस्‍केर नजाओ। अनि ‘हेर, उनी भित्री कोठाहरूमा छन्’ भने पनि विश्‍वास नगर।
27 किनकि जसरी बिजुली पूर्वबाट चम्‍कँदा पश्‍चिमसम्‍मै उज्‍यालो हुन्‍छ, त्‍यसरी नै मानिसको पुत्रको आगमन हुनेछ।
28 जहाँ सिनु हुन्‍छ, त्‍यहाँ गिद्धहरू पनि जम्‍मा हुन्‍छन्‌।
29 “ती सङ्कष्‍टका दिनको तुरुन्‍तै पछि, सूर्य अँध्‍यारो हुनेछ, र चन्‍द्रमाले आफ्‍नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्‍नेछन्, तथा आकाशका शक्तिहरू हल्‍लाइनेछन्‌।
30 तब मानिसको पुत्रको चिन्‍ह आकाशमा देखा पर्नेछ, र पृथ्‍वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्‍नेछन्‌।
31 उसले आफ्‍ना स्‍वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्‍म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन्‌।

मत्ती 24 : 3
3 येशू जैतून डाँड़ामा बस्‍नुहुँदा चेलाहरू एकान्‍तमा उहाँकहाँ आएर सोधे, “हामीलाई भन्‍नुहोस्, यी कुरा कहिले हुनेछन्, र तपाईंको आगमन र यस युगका अन्‍त्‍यको चिन्‍ह के हुनेछ?”

१ यूहन्‍ना 4 : 2 – 3
2 यसैबाट तिमीहरू परमेश्‍वरका आत्‍मालाई चिन्‍छौ कि हरेक आत्‍मा जसले येशू ख्रीष्‍ट शरीरमा आउनुभएको हो भनी स्‍वीकार गर्छ, सो परमेश्‍वरबाट हो।
3 येशूलाई स्‍वीकार नगर्ने हरेक आत्‍मा परमेश्‍वरबाट होइन, तर त्‍यो ख्रीष्‍ट विरोधीको आत्‍मा हो, जसको विषयमा “त्‍यो आउँछ” भन्‍ने तिमीहरूले सुनेका छौ। अब त्‍यो यस संसारमा आइसकेको छ।

मत्ती 7 : 22 – 23
22 त्‍यो दिन धेरैले मलाई भन्‍नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं? तपाईंको नाउँमा भूतहरू धपाएनौं। र तपाईंको नाउँमा अनेक शक्तिशाली काम गरेनौं र?’
23 अनि म तिनीहरूलाई सफासँग भन्‍नेछु, ‘मैले तिमीहरूलाई कहिल्‍यै चिनेको छैनँ। ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ।’

प्रकाश 1 : 1 – 20
1 येशू ख्रीष्‍टको प्रकाश, जो परमेश्‍वरले चाँड़ै हुन आउने कुराहरू आफ्‍ना सेवकहरूलाई देखाउन उहाँलाई दिनुभयो। उहाँले आफ्‍नो दूत पठाउनुभएर यो कुरा आफ्‍नो सेवक यूहन्‍नालाई प्रकट गरिदिनुभयो।
2 यूहन्‍नाले देखेका सबै कुराहरूको, अर्थात्‌ परमेश्‍वरको वचन र येशू ख्रीष्‍टको साक्षीको गवाही दिए।
3 त्‍यो धन्‍य हो, जसले अगमवाणीका यी वचनहरू उच्‍च स्‍वरले पाठ गर्दछ, र धन्‍य हुन्‌ तिनीहरू, जसले सुन्‍दछन्‌ र त्‍यहाँ लेखिएका कुरा पालन गर्दछन्, किनकि समय नजिक छ।
4 यूहन्‍नाबाट एशियामा भएका सात वटा मण्‍डलीहरूलाई: [1] उहाँबाट तिमीहरूलाई अनुग्रह र शान्‍ति, जो हुनुहुन्‍छ, जो हुनुहुन्‍थ्‍यो, जो आउनुहुनेछ, र उहाँको सिंहासन अगि रहनुहुने सात आत्‍माबाट,
5 विश्‍वासयोग्‍य साक्षी येशू ख्रीष्‍टदेखि, मृतकबाट प्रथम जीवित हुनुभएको, तथा पृथ्‍वीका राजाहरूका शासकको तर्फबाट। हामीलाई प्रेम गर्नुहुने र आफ्‍नो रगतले हामीलाई हाम्रा पापबाट स्‍वतन्‍त्र पार्नुहुनेलाई,
6 हामीलाई एउटा राज्‍य, उहाँका पिता र परमेश्‍वरका पूजाहारीहरू तुल्‍याउनुहुने, उहाँलाई महिमा र पराक्रम सदासर्वदा होस्‌। आमेन।
7 हेर, उहाँ बादलहरूसाथ आउँदैहुनुहुन्‍छ, र हरेक आँखाले उहाँलाई देख्‍नेछ। तिनीहरूले पनि, जसले उहाँलाई घोचे, र पृथ्‍वीका सबै कुलहरूले उहाँको कारण विलाप गर्नेछन्‌। यसै होस्‌। आमेन।
8 “अल्‍फा र ओमेगा म नै हुँ,” सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, जो हुनुहुन्‍छ, जो हुनुहुन्‍थ्‍यो र जो आउनुहुनेछ।
9 म यूहन्‍ना, तिमीहरूका दाजु, तिमीहरूका साथसाथै येशूमा भएका कष्‍ट, राज्‍य र सहनशीलतामा सहभागी छु। परमेश्‍वरको वचन र येशू ख्रीष्‍टको गवाहीको खातिर म पत्‍मोस भन्‍ने टापूमा थिएँ।
10 प्रभुको दिनमा म आत्‍मामा थिएँ, र तुरहीको जस्‍तो एउटा चर्को आवाज मेरो पछाडि यसो भनिरहेको मैले सुनें,
11 “तिमी जे देख्‍तछौ, सो एउटा पुस्‍तकमा लेख, र सातै वटा मण्‍डलीलाई पठाऊ, अर्थात्‌ एफिसस, स्‍मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्‍फिया र लाउडिकियालाई।”
12 मसँग बोल्‍नेलाई हेरौं भनेर म पछि फर्के। फर्केर हेर्दा सात वटा सुनका सामदान
13 र सामदानहरूका माझमा मानिसको पुत्रजस्‍तै पाउसम्‍मै पोशाक लाउनुभएको र छातीमा सुनौला चौडा फित्ता लाउनुभएको एक जनालाई मैले देखें।
14 उहाँका शिर र केश ऊनजस्‍तो सेता र हिउँजस्‍तै सेता, र उहाँका आँखा आगोका ज्‍वालाजस्‍तै थिए।
15 उहाँका पाउहरू आगोको भट्टीमा खारेर टल्‍काएका काँसाजस्‍ता थिए, र उहाँको सोरचाहिँ उर्लिंदो पानीहरूको आवाजजस्‍तै थियो।
16 उहाँको दाहिने बाहुलीले सात वटा ताराहरू पक्रिराखेको थियो, र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्‍केको थियो। उहाँको मुहारचाहिँ पूरा तेजमा चम्‍केको सूर्यजस्‍तै थियो।
17 जब मैले उहाँलाई देखें, तब म मरेतुल्‍य भएर उहाँका पाउमा परें। तर उहाँले आफ्‍नो दाहिने बाहुली यसो भनेर ममाथि राख्‍नुभयो, “नडराऊ, आदि र अन्‍त्‍य
18 र जीवितचाहिँ म नै हुँ। म मरेको थिएँ। हेर, म सदासर्वदाको निम्‍ति जीवित छु, अनि मृत्‍यु र पातालका साँचाहरू मसित छन्‌।
19 यसकारण तिमीले जे देख्‍छौ, र जे छ र यसपछि जे हुन आउनेछ, लेख।
20 मेरो दाहिने हातमा तिमीले देखेका यी सात तारा र सुनका यी सात सामदानको रहस्‍य यो हो: सात तारा सात मण्‍डलीका स्‍वर्गदूतहरू र सात वटा सामदानचाहिँ सात मण्‍डलीहरू हुन्‌।”

प्रेरित 1 : 11
11 तिनीहरूले भने, “गालीलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येशू, जो तिमीहरूबाट स्‍वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्‍वर्गमा जानुभएको देख्‍यौ, त्‍यसरी नै उहाँ फेरि आउनुहुनेछ।”

मत्ती 24 : 36 – 39
36 “तर त्‍यस दिन र घड़ीको विषयमा पिताबाहेक कसैले जान्‍दैन, न त स्‍वर्गका दूतहरूले, न पुत्रले।
37 मानिसको पुत्रको आगमन नोआको दिनहरूजस्‍तै हुनेछ।
38 किनकि जसरी जलप्रलयभन्‍दा अगाडि नोआ जहाजभित्र पस्‍ने दिनसम्‍म, मानिसहरू खाइरहेका, पिइरहेका र विवाहबारी गरिरहेका थिए,
39 अनि जलप्रलय आएर तिनीहरू सबैलाई स्‍वात्तै बगाइ नलगेसम्‍म तिनीहरूले थाहा पाएनन्‌। मानिसको पुत्रको आगमन पनि त्‍यस्‍तै हुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *