यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जन्मसिद्ध अधिकार
व्यवस्था 21 : 16
16 अंशबन्डा लाउँदा मन पर्नेको छोरा भनेर मन नपर्नेको खास जेठो छोरालाई उछिनेर बुबाले कान्छालाई अधिकार दिन पाउनेछैन।
व्यवस्था 21 : 17
17 तर त्यसले मन नपर्नेको छोरालाई नै आफ्ना सबै धन-सम्पत्तिको दोबर भाग दिएर जेठो हो भनी मान्यता देओस्, किनभने त्योचाहिँ त्यसको बाबुका शक्तिको पहिलो फल हो। जेठो अधिकार त्यसको नै हुनेछ।
२ इतिहास 21 : 3
3 तिनका पिताले तिनीहरूलाई सुन, चाँदी र बहुमूल्य थोकहरू अनि यहूदामा सुरक्षित सहरहरू पनि दान दिए। तर राज्यचाहिँ तिनले यहोरामलाई नै दिए, किनभने तिनीचाहिँ जेठा थिए।
प्रस्थान 4 : 22
22 तब तैंले फारोलाई भन्, ‘परमप्रभु भन्नुहुन्छ: इस्राएल मेरो जेठो छोरो हो।
भजनसंग्रह 89 : 27
27 म त्यसलाई मेरो जेठो पनि तुल्याउनेछु, पृथ्वीका राजाहरूमा सबैभन्दा उच्च।
यर्मिया 31 : 9
9 तिनीहरू रुँदै आउनेछन्। मैले तिनीहरूलाई फर्काएर ल्याउँदा तिनीहरूले प्रार्थना गर्नेछन्। म तिनीहरूलाई पानी भएका खोलाहरूका किनार-किनार डोर्याउनेछु, सीधा बाटोमा जहाँ तिनीहरूले ठेस खानेछैनन्। किनभने म इस्राएलको पिता हुँ, र एफ्राइमचाहिँ मेरो जेठो छोरो हो।
रोमी 8 : 29
29 जस-जसलाई उहाँले पहिलेबाटै चिन्नुभएको छ, उहाँले तिनीहरूलाई आफ्ना पुत्रको रूपसमान बनाउनलाई, धेरै भाइहरूमध्ये उहाँचाहिँ ज्येष्ठ होऊन् भनेर, अघिबाटै नियुक्त गर्नुभयो।
कलस्सी 1 : 15
15 उहाँ अदृश्य परमेश्वरको प्रतिरूप, सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ,
हिब्रू 1 : 6
6 आफ्नो प्रथम जन्मेकालाई संसारमा ल्याउनुहुँदा उहाँ फेरि भन्नुहुन्छ, “परमेश्वरका सारा स्वर्गदूतहरूले उहाँलाई नै पुजून्।”
हिब्रू 12 : 23
23 स्वर्गमा नाउँ दर्ता भएका पहिला जन्मेकाहरूका सभामा तिमीहरू आएका छौ। तिमीहरू सबका न्यायकर्ता परमेश्वरकहाँ, सिद्ध पारिएका धार्मिक मानिसहरूका आत्माका बीचमा,
प्रकाश 1 : 5
5 विश्वासयोग्य साक्षी येशू ख्रीष्टदेखि, मृतकबाट प्रथम जीवित हुनुभएको, तथा पृथ्वीका राजाहरूका शासकको तर्फबाट। हामीलाई प्रेम गर्नुहुने र आफ्नो रगतले हामीलाई हाम्रा पापबाट स्वतन्त्र पार्नुहुनेलाई,
उत्पत्ति 25 : 34
34 त्यसपछि याकूबले एसावलाई रोटी र दालको सुरुवा दिए। खानपान गरेर एसाव आफ्नो बाटो लागे। यसरी एसावले आफ्नो ज्येष्ठ-अधिकारलाई लत्त्याए।
उत्पत्ति 27 : 36
36 एसावले भने, “त्यसको नाउँ याकूब राखिएको के ठीकै होइन? किनभने त्यसले मलाई दुई पल्ट ठगिसक्यो। त्यसले मेरो ज्येष्ठ-अधिकार हर्यो, र अहिले मैले पाउने आशिष् पनि लग्यो।” उनले फेरि भने, “के तपाईंले मेरो निम्ति एउटै आशिष् पनि जगेडा राख्नुभएको छैन?”
हिब्रू 12 : 16
16 कोही पनि दुराचारी वा एसावजस्तै अधर्मी नहोस्, जसले एकछाक भोजनको लागि आफ्नो ज्येष्ठ पुत्रको जन्मसिद्ध अधिकार बेचिदियो।
रोमी 9 : 13
13 जसो लेखिएको छ, “याकूबलाई मैले प्रेम गरें, तर एसावलाई तुच्छ ठानें।”
१ इतिहास 5 : 2
2 अनि यहूदा आफ्ना भाइहरूमध्ये सबैभन्दा बलिया भए पनि, र तिनीबाट एउटा शासक आए तापनि ज्येष्ठ अधिकार योसेफको नै भयो)—
उत्पत्ति 48 : 20
20 इस्राएलले तिनीहरूलाई त्यस दिन यसो भनेर आशीर्वाद दिए, “इस्राएलले तेरो नाउँ लिएर यस्तो आशीर्वाद दिनेछ: परमेश्वरले तँलाई एफ्राइम र मनश्शेजस्तै बनाऊन्।” यसरी तिनले मनश्शेभन्दा एफ्राइमलाई नै अगाड़ि राखे।
१ राजाहरू 2 : 15
15 अदोनियाहले भने, “तपाईंलाई थाहै छ, कि राज्य त मेरै थियो। सबै इस्राएलले म नै राजा हुनेछु भनी सोचिरहेका थिए। तर सबै थोक उल्टियो। राज्य मेरा भाइको भयो। किनकि परमप्रभुको इच्छाअनुसार त्यो तिनको नै थियो।
Leave a Reply