जन्म

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जन्म

यर्मिया 1 : 5
5 “मैले तँलाई गर्भमा रच्‍नभन्‍दा अघि नै तँलाई चिनिसकेको थिएँ, तँ जन्‍मनभन्‍दा अघि नै मैले तँलाई अलग गरें। मैले तँलाई जाति-जातिहरूका निम्‍ति एक अगमवक्ता नियुक्त गरें।”

भजनसंग्रह 139 : 13 – 16
13 किनकि तपाईंले नै म भित्रका अङ्ग-प्रत्‍यङ्ग बनाउनुभयो, तपाईंले मलाई मेरी आमाको गर्भमा रच्‍नुभयो।
14 म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्‌भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्‌भुत छन्‌, र त्‍यो कुरा म पूर्ण रूपले जान्‍दछु।
15 जब अदृश्‍यमा म बनिँदैथिएँ, मेरो रचना तपाईंबाट लुकेको थिएन। अनि जब म पृथ्‍वीको गहिराइमा रचिँदैथिएँ,
16 तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्‍ति नियुक्त गरिएको आयु तपाईंको पुस्‍तकमा लेखिएको थियो। त्‍यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए।

यशैया 44 : 2
2 तँलाई बनाउने, तँलाई गर्भमा रच्‍ने र तँलाई गोहार गर्ने परमप्रभु यसो भन्‍नुहुन्‍छ: हे मेरो दास याकूब, मैले चुनेको यशूरून, तँ नडरा।

भजनसंग्रह 127 : 3 – 5
3 छोराहरू परमप्रभुले दिनुभएको उत्तराधिकार हुन्‌, छोराछोरीहरू उहाँका इनाम हुन्‌।
4 योद्धाको हातमा भएका काँड़हरूझैँ, युवावस्‍थामा जन्‍मेका छोराहरू हुन्‍छन्‌,
5 त्‍यो मानिस धन्‍यको हो, जसको ठोक्रो काँडहरूले भरिएको हुन्‍छ। मूल ढोकामा आफ्‍ना शत्रुहरूको सामना गर्नुपर्दा, तिनीहरू शर्ममा पर्नेछैनन्‌।

उत्‍पत्ति 3 : 16
16 स्‍त्रीलाई उहाँले भन्‍नुभयो, “तेरो सुत्‍केरी-वेदना म ज्‍यादै गरी बढ़ाइदिनेछु। दु:खसँग तैंले बालक जन्‍माउनेछस्‌। तेरो इच्‍छा पतितर्फ नै हुनेछ, र त्‍यसले तँलाई अधीनमा राख्‍नेछ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *