जनावरहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जनावरहरू

मत्ती 6 : 26
26 आकाशका चराचुरुङ्गीलाई हेर। तिनीहरूले न त बीउ छर्छन्, न अन्‍न कटनी गर्छन्, न भकारीमा बटुल्‍छन्, तर तिमीहरूका स्‍वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्‍छ। के तिमीहरू तिनीहरूभन्‍दा बढ़ी मूल्‍यवान्‌ छैनौ र?

हितोपदेश 12 : 10
10 धर्मी मानिसले आफ्‍नो पशुको वास्‍ता गर्छ, तर दुष्‍टको सबैभन्‍दा दयालु काम पनि निर्दयी हुन्‍छ।

उपदेशक 3 : 18 – 21
18 मैले यो पनि सोचें, “मानिसहरू त पशुसरह हुन्‌ भन्‍ने जानून्‌ भनी परमेश्‍वरले तिनीहरूको जाँच गर्नुहुन्‍छ।
19 मानिसको भाग्‍य पशुको झैँ हुन्‍छ। ती दुवैको एउटै दशाले प्रतीक्षा गरिरहन्‍छ। एउटा जसरी मर्छ, अर्को पनि त्‍यसरी नै मर्छ। सबैको एउटै सास हुन्‍छ। मानिसहरूको पशुभन्‍दा बढ़ी सुविधा हुँदैन। हरेक कुरा व्‍यर्थ हो।
20 सबै एउटै ठाउँमा जान्‍छन्, किनभने सबै धूलोबाट आएका हुन्‌ र सबै धूलोमा फर्किजान्‍छन्‌।
21 मानिसको आत्‍माचाहिँ उँभोतिर र पशुको तल माटोमा जान्‍छ भनी कसले जान्‍दछ र?

उत्‍पत्ति 1 : 30
30 अनि पृथ्‍वीको हरेक पशु, आकाशको हरेक पक्षी र जमिनमा चलहल गर्ने हरेक जन्‍तु— हरेक प्राणी जसमा जीवन छ— तिनीहरूका आहाराको निम्‍ति म हरिया वनस्‍पति दिन्‍छु।” तब त्‍यस्‍तै भयो।

उत्‍पत्ति 1 : 21
21 यसैले समुद्रका विशाल जलचरहरू, पानीहरूमा भरिएर चलहल गर्ने किसिम-किसिमका सबै जीवित प्राणीहरू र जात-जातका पखेटा भएका सबै पक्षीहरू परमेश्‍वरले सृष्‍टि गर्नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।

भजनसंग्रह 145 : 9
9 परमप्रभु सबैमाथि भलो हुनुहुन्‍छ। र आफ्‍नो समस्‍त सृष्‍टिमाथि दया राख्‍नुहुन्‍छ।

अय्‍यूब 35 : 11
11 जसले हामीलाई पृथ्‍वीका पशुहरूलाई भन्‍दा बढ़ी सिकाउनुहुन्‍छ, र आकाशका चराहरूलाई भन्‍दा हामीलाई अझ बुद्धिमान्‌ तुल्‍याउनुहुन्‍छ?’

यशैया 65 : 25
25 ब्‍वाँसो र थुमा एउटै ठाउँमा एकसाथ खानेछन्, र सिंहले चाहिँ गोरुले झैँ पराल खानेछ, तर सर्पको आहारा धूलो हुनेछ। मेरो सारा पवित्र पर्वतमा तिनीहरूले न त नोक्‍सानी गर्नेछन्, न नष्‍ट गर्नेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।”

लूका 12 : 24
24 कागहरूलाई विचार गर: तिनीहरू न त छर्दछन्, न कटनी गर्दछन्, तिनीहरूको न त भण्‍डार न ढुकुटी नै छ, तर पनि परमेश्‍वरले तिनलाई खुवाउनुहुन्‍छ। तिमीहरू चराचुरुङ्गीभन्‍दा ज्‍यादै बढ़ी मोलका छौ!

याकूब 3 : 7
7 हरेक किसिमका पशुपक्षी, घस्रने जन्‍तु र समुद्रका जीवजन्‍तुलाई तह लगाउन सकिन्‍छ, र मानिस जातिबाट नै तह लगाइएको छ।

अय्‍यूब 12 : 7
7 “तर गएर पशुलाई सोध्‍नुहोस्‌ र तिनीहरूले तपाईंलाई सिकाउनेछन्, अथवा आकाशका चराहरूलाई, अनि उनीहरूले तपाईंलाई बताउनेछन्,

उत्‍पत्ति 8 : 20
20 अनि नोआले परमप्रभुको निम्‍ति एउटा वेदी बनाएर हरेक शुद्ध पशु र शुद्ध पक्षी मध्‍येबाट लिई होमबलि चढ़ाए।

यशैया 11 : 6
6 ब्‍वाँसोचाहिँ थुमासित बस्‍नेछ, र चितुवा पाठासित सुतेर बस्‍नेछ। बाछा, सिंह र एक वर्षे पशु एकैसाथ रहनेछन्, र एउटा सानो बालकले तिनीहरूलाई डोर्‍याउनेछ।

हितोपदेश 6 : 6 – 8
6 ए अल्‍छे, कमिलाकहाँ गएर त्‍यसको चाल-ढङ्ग हेर्‌ र बुद्धिमानी बन्‌!
7 त्‍यसको अगुवा हुँदैन, हाकिम वा शासक हुँदैन,
8 तापनि ग्रीष्‍म ऋतुमा त्‍यसले अन्‍नको भण्‍डार तयार गर्छ र कटनीको समयमा आफ्‍नो खानेकुरो सञ्‍चय गर्छ।

लूका 12 : 6
6 के दुई पैसामा पाँच वटा भँगेरा बिक्‍दैनन्‌? तीमध्‍ये एउटालाई पनि परमेश्‍वरले बिर्सनुहुन्‍न।

अय्‍यूब 38 : 41
41 कागका बचेराहरूले खानेकुराको अभावमा परमेश्‍वरको पुकारा गर्दा, कसले कागलाई त्‍यसको आहार जुटाइदिन्‍छ?”

लेवीहरू 19 : 19
19 “‘तिमीहरूले मेरा नियमहरू पालन गर। “‘दुई भिन्‍न-भिन्‍न जातका पशुहरूलाई मिसिन नदेओ। “‘आफ्‍नो खेतमा दुई किसिमका बीउहरू नछर। “‘तिमीहरूले दुई किसिमका धागो मिसिएको लुगा नलगाओ।

भजनसंग्रह 147 : 9
9 उहाँले भोकाएका पशुहरूलाई र कागका बचेराहरूलाई आहार दिनुहुन्‍छ।

भजनसंग्रह 50 : 10 – 12
10 किनकि जङ्गलको हरेक बस्‍तु र हजारौँ डाँड़ाहरूका गाईबस्‍तु मेरै हुन्‌।
11 पर्वतहरूको प्रत्‍येक पक्षीलाई म चिन्‍छु, र भूमिका सबै प्राणीहरू मेरै हुन्‌।
12 म भोकै भए तापनि तँलाई भन्‍नेथिइनँ, किनकि पृथ्‍वी र त्‍यसमा भएका यावत्‌ थोक मेरै हुन्‌।

उपदेशक 3 : 21
21 मानिसको आत्‍माचाहिँ उँभोतिर र पशुको तल माटोमा जान्‍छ भनी कसले जान्‍दछ र?

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *