जनावरको चिन्ह

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जनावरको चिन्ह

प्रकाश 13 : 16 – 18
16 अनि त्‍यसले साना र ठूला, धनी र गरीब, फुक्‍का र कमारा सबैलाई तिनीहरूका दाहिने हात वा निधारमा छाप लगाउन लायो।
17 त्‍यो छाप नभईकन कसैले पनि किनमेल गर्न नपाउने भयो। त्‍यो छापचाहिँ त्‍यस पशुको नाउँ वा त्‍यसका नाउँको संख्‍या हो।
18 बुद्धिमत्ता यसैमा छ: जसको समझ छ, त्‍यसले त्‍यस पशुको संख्‍या जोडोस्, किनकि त्‍यो कुनै मानिसको संख्‍या हो, र यो संख्‍याचाहिँ छ सय छयसट्ठी हो।

प्रकाश 13 : 1 – 18
1 समुद्रबाट एउटा पशु निस्‍किआएको मैले देखें, जसका दश वटा सीङ र सात वटा शिर थिए। त्‍यसका सीङमा दश वटा मुकुट थिए, र त्‍यसका शिरमा ईश्‍वर-निन्‍दाको नाउँ थिए।
2 मैले देखेको त्‍यो पशु चितुवाजस्‍तै थियो, त्‍यसका खुट्टाहरू भालूका जस्‍ता थिए, र त्‍यसको मुख सिंहको जस्‍तो थियो। त्‍यस अजिङ्गरले त्‍यस पशुलाई आफ्‍नो शक्ति, आफ्‍नो सिंहासन र ठूलो अधिकार दियो।
3 त्‍यसको एउटा शिरमा चाहिँ घातक चोट लागेको जस्‍तो देखिन्‍थ्‍यो, तर त्‍यसको चोट निको भयो। अनि सारा पृथ्‍वी छक्‍क परेर त्‍यस पशुको पछिपछि लाग्‍यो।
4 मानिसहरूले अजिङ्गरको पूजा गर्दथे, किनकि त्‍यसले आफ्‍नो अधिकार पशुलाई दिएको थियो। तिनीहरूले यसो भन्‍दै पशुको पूजा गरे, “यो पशुजस्‍तो अरू को छ? यसको विरुद्धमा को लड्‌न सक्‍ने?”
5 त्‍यसलाई अहङ्कारी र ईश्‍वर-निन्‍दक शब्‍दहरू उच्‍चारण गर्ने मुख दिइयो। त्‍यसलाई बयालीस महिनासम्‍म अधिकार चलाउने अनुमति दिइयो।
6 परमेश्‍वरको विरुद्धमा निन्‍दा गर्न, उहाँको नाउँ र उहाँको वासस्‍थान, र स्‍वर्गमा बस्‍नेहरूसमेत सबैको निन्‍दा गर्नलाई त्‍यसले आफ्‍नो मुख खोल्‍यो।
7 अनि त्‍यसलाई सन्‍तहरूसँग लड़ाइँ गर्न र तिनीहरूलाई जित्‍न अनुमति दिइयो। सबै कुलहरू, मानिसहरू, भाषाहरू र जातिहरूमाथि त्‍यसलाई अधिकार दिइयो।
8 र पृथ्‍वीमा वास गर्ने सबैले त्‍यस पशुको पूजा गर्नेछन्, अर्थात्‌ तिनीहरूले, जसको नाउँ संसारको सृष्‍टिदेखि नै मारिनुभएका थुमाका जीवनको पुस्‍तकमा लेखिएको छैन।
9 जसको कान छ त्‍यसले सुनोस्‌—
10 कैदमा जानुपर्ने कैदमा नै जानेछ, तरवारले मारिनेचाहिँ तरवारले नै मारिनेछ। सन्‍तहरूको सहनशीलता र विश्‍वास यसैमा छ।
11 अनि पृथ्‍वीबाट निस्‍किरहेको अर्को एउटा पशु मैले देखें। त्‍यसको पनि थुमाका जस्‍तै दुई वटा सीङ थिए, र अजिङ्गरजस्‍तै त्‍यो बोल्‍दथ्‍यो।
12 त्‍यसले पहिलो पशुको उपस्‍थितिमा त्‍यही पशुको सारा अधिकार चलाउँदथ्‍यो, र पृथ्‍वी र त्‍यसका सम्‍पूर्ण बासिन्‍दाहरूलाई पहिलो पशुको पूजा गर्न लाउँथ्‍यो, जसको घातक चोट निको भएको थियो।
13 मानिसका आँखाको अगि आकाशबाट पृथ्‍वीमा आगो झार्नेजस्‍ता ठूला-ठूला चिन्‍हहरू पनि त्‍यसले गर्‍यो।
14 पहिलो पशुको उपस्‍थितिमा जुन चमत्‍कार देखाउने शक्ति त्‍यसलाई दिइएको थियो, त्‍यहीद्वारा त्‍यसले पृथ्‍वीका बासिन्‍दाहरूलाई बहकायो। तरवारको चोट खाएर पनि जीवित भएको त्‍यस पहिलो पशुको सम्‍मानमा एउटा मूर्ति बनाउने हुकुम त्‍यसले तिनीहरूलाई दियो।
15 त्‍यस पहिलो पशुको मूर्तिमा सास हालिदिने अनुमति त्‍यसलाई दिइयो, यस हेतुले कि पशुको त्‍यो मूर्ति बोल्‍न सकोस्, र त्‍यस पशुको मूर्तिलाई नपुज्‍नेहरू मारिऊन्‌।
16 अनि त्‍यसले साना र ठूला, धनी र गरीब, फुक्‍का र कमारा सबैलाई तिनीहरूका दाहिने हात वा निधारमा छाप लगाउन लायो।
17 त्‍यो छाप नभईकन कसैले पनि किनमेल गर्न नपाउने भयो। त्‍यो छापचाहिँ त्‍यस पशुको नाउँ वा त्‍यसका नाउँको संख्‍या हो।
18 बुद्धिमत्ता यसैमा छ: जसको समझ छ, त्‍यसले त्‍यस पशुको संख्‍या जोडोस्, किनकि त्‍यो कुनै मानिसको संख्‍या हो, र यो संख्‍याचाहिँ छ सय छयसट्ठी हो।

प्रकाश 14 : 9
9 त्‍यसपछि तेस्रा स्‍वर्गदूत चर्को सोरले यसो भन्‍दै तिनीहरूका पछि आए, “यदि कुनै मानिसले त्‍यो पशु र त्‍यसको मूर्तिलाई पुज्‍यो र निधार वा हातमा त्‍यसको छाप लियो भने,

प्रकाश 14 : 9 – 11
9 त्‍यसपछि तेस्रा स्‍वर्गदूत चर्को सोरले यसो भन्‍दै तिनीहरूका पछि आए, “यदि कुनै मानिसले त्‍यो पशु र त्‍यसको मूर्तिलाई पुज्‍यो र निधार वा हातमा त्‍यसको छाप लियो भने,
10 त्‍यसले पनि उहाँका क्रोधको कचौरामा केही नमिसाई तयार गरिएको परमेश्‍वरका क्रोधको कड़ा मद्य पिउनेछ, र पवित्र स्‍वर्गदूतहरू र थुमाको सामुन्‍ने आगो र गन्‍धकमा त्‍यसलाई यातना दिइनेछ।
11 तिनीहरूका यातनाको धूवाँ सदासर्वदा मास्‍तिर गइरहनेछ। तिनीहरू यी नै हुन्‌ जसले त्‍यो पशु र त्‍यसको मूर्तिलाई पूजा गर्छन्, र त्‍यसका नाउँको छाप लिन्‍छन्‌। तिनीहरूले दिनरात कहिल्‍यै पनि आराम पाउनेछैनन्‌।”

प्रकाश 20 : 4
4 तब मैले सिंहासनहरू र त्‍यसमाथि बस्‍नेहरूलाई देखें, जसलाई इन्‍साफ गर्ने अधिकार दिइएको थियो। तब येशूका गवाहीको निम्‍ति र परमेश्‍वरका वचनको निम्‍ति शिर काटिएकाहरू, र त्‍यो पशु र त्‍यसका मूर्तिको पूजा नगर्नेहरू र त्‍यसको छाप निधार वा हातमा नलगाउनेहरूका आत्‍माहरूलाई मैले देखें। तिनीहरू फेरि जीवित भए, र तिनीहरूले ख्रीष्‍टसँग एक हजार वर्षसम्‍म राज्‍य गरे।

प्रकाश 13 : 16
16 अनि त्‍यसले साना र ठूला, धनी र गरीब, फुक्‍का र कमारा सबैलाई तिनीहरूका दाहिने हात वा निधारमा छाप लगाउन लायो।

प्रकाश 19 : 20
20 तब त्‍यो पशु र त्‍यसको उपस्‍थितिमा अचम्‍म काम गर्ने झूटो अगमवक्ता दुवै पक्राउ परे। यी अचम्‍मका कामहरूद्वारा त्‍यस झूटो अगमवक्ताले त्‍यस पशुको छाप लिने र त्‍यसको मूर्तिको पूजा गर्नेहरूलाई बहकाएको थियो। यी दुवै जलिरहेको गन्‍धकको अग्‍नि-कुण्‍डमा जिउँदै फालिए।

प्रकाश 12 : 17
17 तब त्‍यो अजिङ्गर त्‍यस स्‍त्रीसँग क्रोधित भयो, र त्‍यसका बाँकी सन्‍तानसँग युद्ध गर्न गयो— अर्थात्‌ तिनीहरूसँग, जुनहरूले परमेश्‍वरका आज्ञाहरू पालन गर्दछन्, र येशूको गवाही दिन्‍छन्‌।

प्रकाश 13 : 18
18 बुद्धिमत्ता यसैमा छ: जसको समझ छ, त्‍यसले त्‍यस पशुको संख्‍या जोडोस्, किनकि त्‍यो कुनै मानिसको संख्‍या हो, र यो संख्‍याचाहिँ छ सय छयसट्ठी हो।

प्रकाश 13 : 8
8 र पृथ्‍वीमा वास गर्ने सबैले त्‍यस पशुको पूजा गर्नेछन्, अर्थात्‌ तिनीहरूले, जसको नाउँ संसारको सृष्‍टिदेखि नै मारिनुभएका थुमाका जीवनको पुस्‍तकमा लेखिएको छैन।

१ यूहन्‍ना 4 : 1 – 21
1 प्रिय हो, जुनसुकै आत्‍मालाई विश्‍वास नगर, तर आत्‍माहरू परमेश्‍वरबाट आएका हुन्‌ कि होइनन्‌ भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्‌।
2 यसैबाट तिमीहरू परमेश्‍वरका आत्‍मालाई चिन्‍छौ कि हरेक आत्‍मा जसले येशू ख्रीष्‍ट शरीरमा आउनुभएको हो भनी स्‍वीकार गर्छ, सो परमेश्‍वरबाट हो।
3 येशूलाई स्‍वीकार नगर्ने हरेक आत्‍मा परमेश्‍वरबाट होइन, तर त्‍यो ख्रीष्‍ट विरोधीको आत्‍मा हो, जसको विषयमा “त्‍यो आउँछ” भन्‍ने तिमीहरूले सुनेका छौ। अब त्‍यो यस संसारमा आइसकेको छ।
4 मेरा साना बालकहरू, तिमीहरूचाहिँ परमेश्‍वरका हौ, र तिनीहरूमाथि विजयी भएका छौ। किनभने जो तिमीहरूमा हुनुहुन्‍छ, उहाँ संसारमा हुनेभन्‍दा महान्‌ हुनुहुन्‍छ।
5 तिनीहरू संसारका हुन्, यसकारण तिनीहरू संसारकै कुरा गर्छन्, र संसारले तिनीहरूका कुरा सुन्‍छ।
6 हामी त परमेश्‍वरका हौं। जसले परमेश्‍वरलाई चिन्‍छ उसले हाम्रो कुरा सुन्‍छ, र जो परमेश्‍वरको होइन, त्‍यसले हाम्रो कुरा सुन्‍दैन। यसैबाट हामी सत्‍यको आत्‍मा र भ्रमको आत्‍मालाई चिन्‍छौं।
7 प्रिय हो, हामी एउटाले अर्कोलाई प्रेम गरौं, किनभने प्रेम परमेश्‍वरबाट आउँछ। जसले प्रेम गर्छ त्‍यो परमेश्‍वरबाट जन्‍मेको हो, र परमेश्‍वरलाई चिन्‍छ।
8 प्रेम नगर्नेले परमेश्‍वरलाई चिन्‍दैन, किनभने परमेश्‍वर प्रेम हुनुहुन्‍छ।
9 परमेश्‍वरको प्रेम हाम्रा माझमा यसरी प्रकट भयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र संसारमा पठाउनुभयो, ताकि उहाँद्वारा हामी जिउन सकौं।
10 प्रेम यसैमा छ, कि हामीले परमेश्‍वरलाई प्रेम गरेका होइनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र हाम्रा पापको प्रायश्‍चित हुनका निम्‍ति आफ्‍ना पुत्र पठाउनुभयो।
11 प्रिय हो, यदि परमेश्‍वरले हामीलाई यसरी प्रेम गर्नुभएको हो भने, हामीले पनि एक अर्कोलाई प्रेम गर्नुपर्छ।
12 परमेश्‍वरलाई कसैले कहिल्‍यै देखेको छैन। यदि हामीले एक अर्कोलाई प्रेम गर्‍यौं भने परमेश्‍वर हामीमा रहनुहुन्‍छ, र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्‍छ।
13 उहाँले हामीलाई आफ्‍ना आत्‍माबाट दिनुभएको हुनाले हामी यो जान्‍दछौं कि हामी उहाँमा रहन्‍छौं र उहाँ हामीमा रहनुहुन्‍छ।
14 हामीले देखेका छौं, र गवाही दिन्‍छौं, कि पिताले आफ्‍ना पुत्रलाई संसारका मुक्तिदाताको रूपमा पठाउनुभएको छ।
15 जसले येशूलाई परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनी स्‍वीकार गर्छ, उसमा परमेश्‍वर वास गर्नुहुन्‍छ, र उचाहिँ परमेश्‍वरमा।
16 यसरी हामीप्रति भएको परमेश्‍वरको प्रेम हामी जान्‍दछौं र विश्‍वास गर्छौं। परमेश्‍वर प्रेम हुनुहुन्‍छ, र जो प्रेममा रहन्‍छ त्‍यो परमेश्‍वरमा रहन्‍छ, र परमेश्‍वर उसमा रहनुहुन्‍छ।
17 न्‍यायको दिनको निम्‍ति हामी पूर्ण भरोसासाथ बस्‍न सकौं भनेर प्रेम यसैमा हामीमा सिद्ध भएको हुन्‍छ। किनकि उहाँ जस्‍तो हुनुहुन्‍छ हामी पनि यस संसारमा त्‍यस्‍तै छौं।
18 प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ। किनकि डरको सम्‍बन्‍ध त दण्‍डसँग हुन्‍छ, अनि जो डराउँछ प्रेममा त्‍यो सिद्ध भएको हुँदैन।
19 हामी प्रेम गर्दछौं, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो।
20 यदि कसैले “म परमेश्‍वरलाई प्रेम गर्छु” भन्‍छ, तर आफ्‍नो भाइलाई घृणा गर्छ भने त्‍यो झूटो हो, किनकि आफूले देखेको आफ्‍नो भाइलाई नै प्रेम नगर्नेले नदेखेका परमेश्‍वरलाई प्रेम गर्न सक्‍दैन।
21 हामीले उहाँबाट यो आज्ञा पाएका छौं, कि जसले परमेश्‍वरलाई प्रेम गर्छ त्‍यसले आफ्‍नो भाइलाई पनि प्रेम गर्नुपर्छ।

प्रकाश 14 : 11
11 तिनीहरूका यातनाको धूवाँ सदासर्वदा मास्‍तिर गइरहनेछ। तिनीहरू यी नै हुन्‌ जसले त्‍यो पशु र त्‍यसको मूर्तिलाई पूजा गर्छन्, र त्‍यसका नाउँको छाप लिन्‍छन्‌। तिनीहरूले दिनरात कहिल्‍यै पनि आराम पाउनेछैनन्‌।”

प्रकाश 13 : 7
7 अनि त्‍यसलाई सन्‍तहरूसँग लड़ाइँ गर्न र तिनीहरूलाई जित्‍न अनुमति दिइयो। सबै कुलहरू, मानिसहरू, भाषाहरू र जातिहरूमाथि त्‍यसलाई अधिकार दिइयो।

प्रकाश 13 : 17
17 त्‍यो छाप नभईकन कसैले पनि किनमेल गर्न नपाउने भयो। त्‍यो छापचाहिँ त्‍यस पशुको नाउँ वा त्‍यसका नाउँको संख्‍या हो।

दानिएल 7 : 1 – 28
1 बेबिलोनका राजा बेलसजरको पहिलो वर्षमा दानिएल आफ्‍नो ओछ्यानमा पल्‍टिरहँदा तिनले सपना र दर्शनहरू देखे। तिनले त्‍यस सपनाको सार लेखे।
2 दानिएलले भने, “मेरो दर्शनमा राती मैले हेरिरहँदा मेरो अगि आकाशका चार बतासहरूले ठूलो समुद्रलाई मन्‍थन गरिएका थिए।
3 एक-अर्काबाट फरक चार ठूला पशुहरू समुद्रबाट निस्‍के।
4 “पहिलोचाहिँ सिंहजस्‍तै थियो, र त्‍यसका पखेटाहरू चीलका जस्‍तै थिए। त्‍यसका पखेटाहरू नचुँड़ाएसम्‍म मैले हेरिरहें, र त्‍यो मानिसजस्‍तै दुई खुट्टाले उभिने गरी जमिनबाट उठ्यो र त्‍यसलाई एक जना मानिसको हृदय दिइयो।
5 “अनि मेरो अगि दोस्रो पशु थियो, जुनचाहिँ भालूजस्‍तै देखिन्‍थ्‍यो। त्‍यसलाई शरीरको एकपट्टिबाट उठाइयो, र त्‍यसको मुखको दाँतहरूका बीचमा तीन वटा करङहरू थिए। त्‍यसलाई यस्‍तो आज्ञा दिइयो: ‘उठ्‌ र खानसक्‍ने जत्ति मासु खा!’
6 “त्‍यसपछि मैले हेरें, र त्‍यहाँ मेरो अगि अर्को पशु थियो, जुनचाहिँ चितुवाजस्‍तै देखिन्‍थ्‍यो। अनि त्‍यसको पिठिउँमा चराको जस्‍तै चार वटा पखेटाहरू थिए। त्‍यस पशुका चार वटा टाउकाहरू थिए, र त्‍यसलाई शासन गर्ने अधिकार दिइयो।
7 “त्‍यसपछि राती दर्शनमा मैले देखें र मेरो अगि भयङ्कर र डरलाग्‍दो र अत्‍यन्‍तै शक्तिशाली चौथो पशु थियो। त्यसका ठूला-ठूला फलामका दाँतहरू थिए। त्‍यसले आफ्‍नो शिकारलाई चकनाचूर पारी खाइदिन्‍थ्‍यो र बाँकी रहेकालाई खुट्टाले कुल्‍चीमिल्‍ची पार्थ्‍यो। अघिका पशुहरूभन्‍दा त्‍यो फरक थियो र त्‍यसका दश वटा सीङहरू थिए।
8 “जसै म ती सीङहरूका बारेमा विचार गर्दैथिएँ, मेरो अगि एउटा सानो सीङ थियो, जुनचाहिँ तिनीहरूमध्‍येबाट उम्रेको थियो, र पहिलेका सीङहरूमध्‍ये तीन वटाचाहिँ त्‍यसको सामु जरैसमेत उखेलिए। मानिसका आँखाजस्‍तै त्‍यस सीङका आँखा थिए, र अहङ्कारी कुरा गर्ने त्‍यसको मुख थियो।
9 जसै मैले हेरें, सिंहासनहरू बसालिए, र अति प्राचीन आफ्‍नो सिंहासनमा बस्‍नुभयो। उहाँका लुगा हिउँजस्‍तै सेता थिए, उहाँको शिरको केश ऊनजस्‍तै सेतो थियो। उहाँको सिंहासनमा बलिरहेको आगोको ज्‍वाला थियो, र त्‍यसका चक्‍काहरूमा दन्‍केको आगो थियो।
10 उहाँको सामुबाट आइरहेको आगोको एउटा नदी बगिरहेको थियो। हजारौँ हजारले उहाँको सेवा गर्थे; दश हजार गुणा दश हजार उहाँको सामु उभिएका थिए। न्‍यायको निम्‍ति अदालतको बैठक बसेको थियो, र पुस्‍तकहरू खोलिए।
11 “तब यो सीङ बोलिरहेको अहङ्कारपूर्ण शब्‍दहरूको कारणले गर्दा मैले त्‍यसलाई हेर्दैरहें। त्‍यो पशु मारिएर त्‍यसको शरीर नष्‍ट पारी आगोको ज्‍वालामा नफ्‍याँकिएसम्‍म मैले हेर्दैरहें।
12 अरू पशुहरूको अधिकार खोसिएको थियो, तर केही समयको लागि तिनीहरूलाई बाँच्‍न दिइयो।
13 “राती मैले मेरो दर्शनमा हेरें, र त्‍यहाँ मेरो सामु आकाशका बादलका साथ आइरहनुभएको एक जना मानिसको पुत्रजस्‍तै हुनुहुन्‍थ्‍यो। उहाँ ती अति प्राचीनकहाँ आउनुभयो, र उहाँकै सामु उपस्‍थित गराइनुभयो।
14 उहाँलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति दिइयो, र हरेक भाषा बोल्‍ने सबै मानिसहरू र जातिहरूले उहाँको आराधना गरे। उहाँको प्रभुत्‍व अनन्‍तसम्‍म रहने प्रभुत्‍व छ, जुनचाहिँ कहिल्‍यै टल्‍नेछैन, र उहाँको राज्‍य त्‍यो हो जुन कहिल्‍यै नष्‍ट हुनेछैन।
15 “म, दानिएल, आत्‍मामा बेचैन भएँ, र मैले पाएका दर्शनहरूले मलाई विचलित तुल्‍याए।
16 त्‍यहाँ उभिएकाहरूमध्‍ये एक जनाकहाँ म गएँ र यी सबै कुराको सत्‍य अर्थ बताउन अनुरोध गरें। “यसकारण उनले मलाई यी कुराको अर्थ बताइदिए:
17 ‘चार ठूला पशुहरूचाहिँ पृथ्‍वीमा खड़ा हुने चार राज्‍यहरू हुन्‌।
18 तर सर्वोच्‍चका पवित्र जनहरूले यो राज्‍य पाउनेछन्‌ र सदासर्वदाको लागि अधिकार गर्नेछन्‌— हो, सदासर्वदाको लागि’।
19 “तब मैले त्‍यो चौथो जनावरको साँचो अर्थ जान्‍न चाहें, जुनचाहिँ फलामका दाँत र काँसाका नङ्‌ग्रा भएको अरूभन्‍दा फरक र अत्‍यन्‍तै डरलाग्‍दो थियो— त्‍यो जनावर जसले आफ्‍नो शिकारलाई चपाएर खाइदियो र बाँकी रहेकालाई खुट्टाले कुल्‍चीमिल्‍ची पार्‍यो।
20 मैले त्‍यसको टाउकोमा भएका दश सीङका बारेमा र त्‍यहाँबाट निस्‍केको अर्को सीङको बारेमा पनि जान्‍न चाहें, जसको सामु तीमध्‍ये तीन वटा सीङ झरे— त्‍यो सीङ जो अरूभन्‍दा प्रभावशाली देखिन्‍थ्‍यो र जसका आँखा र अभिमानपूर्ण कुरा गर्ने मुख थिए।
21 जसै मैले हेरें, त्‍यो सीङ पवित्र जनहरूका विरुद्ध लड़ाइँ गर्दैथियो र तिनीहरूलाई परास्‍त गर्दैथियो,
22 जबसम्‍म ती अति प्राचीन आएर सर्वोच्‍चका पवित्र जनहरूको पक्षमा इन्‍साफको घोषणा गरे, अनि समय आयो जब तिनीहरूले राज्‍य अधिकार गरे।
23 “तिनले मलाई यसरी बताए: ‘चौथो जनावरचाहिँ पृथ्‍वीमा देखा पर्ने चौथो राज्‍य हो। योचाहिँ अरू राज्‍यहरूभन्‍दा फरक हुनेछ र समस्‍त पृथ्‍वीलाई कुल्‍चीमिल्‍ची पारी निल्‍नेछ।
24 दश सीङहरू त्‍यस राज्‍यबाट आएका दश राजाहरू हुन्‌। त्‍यसपछि पहिलेको भन्‍दा फरक, अर्को राजा खड़ा हुनेछ। उसले तीन राजाहरूलाई दबाउनेछ।
25 उसले सर्वोच्‍चको विरुद्धमा बोल्‍नेछ र उहाँका पवित्र जनहरूलाई अत्‍याचार गर्नेछ र ठहर्‍याइएका समय र व्‍यवस्‍थाहरू फेर्न प्रयत्‍न गर्नेछ। पवित्र जनहरू साढ़े तीन वर्षसम्‍म [1] उसको हातमा सुम्‍पिइनेछन्‌।
26 “तर अदालत बस्‍नेछ, र त्‍यसको अधिकार खोसिनेछ र सदाको निम्‍ति पूर्ण रूपले नाश गरिनेछ।
27 तब सम्‍पूर्ण स्‍वर्गमुनिका राज्‍यहरूको सार्वभौमिकता, शक्ति र महानता सर्वोच्‍चका मानिसहरू, अर्थात्‌ पवित्र जनहरूलाई दिइनेछ। उहाँको राज्‍य अनन्‍तको राज्‍य हुनेछ, र सबै शासकहरूले उहाँको आराधना र आज्ञापालन गर्नेछन्‌।
28 “कुराको अन्‍त यही हो। म, दानिएल, मेरा विचारहरूले गर्दा अत्‍यन्‍तै बेचैन भएँ, र मेरो अनुहार पहेँलो भयो, तर मैले यो कुरा आफ्‍नो मनैमा राखें।”

प्रकाश 12 : 9
9 त्‍यो ठूलो अजिङ्गर तल फालियो— त्‍यो प्राचीन सर्प, जो सारा संसारलाई बहकाउने दियाबलस वा शैतान हो। त्‍यो पृथ्‍वीमा फ्‍याँकियो र त्‍यसका दूतहरू त्‍यसका साथसाथै फ्‍याँकिए।

प्रकाश 13 : 4
4 मानिसहरूले अजिङ्गरको पूजा गर्दथे, किनकि त्‍यसले आफ्‍नो अधिकार पशुलाई दिएको थियो। तिनीहरूले यसो भन्‍दै पशुको पूजा गरे, “यो पशुजस्‍तो अरू को छ? यसको विरुद्धमा को लड्‌न सक्‍ने?”

यूहन्‍ना 6 : 66
66 यसपछि उहाँका चेलाहरूमध्‍ये धेरै जना पछि हटे, र उहाँसँग हिँड्‌न छोड़े।

प्रकाश 12 : 1 – 2
1 स्‍वर्गमा एउटा आश्‍चर्यजनक चिन्‍ह देखियो: सूर्य पहिरेकी एउटी स्‍त्री देखा परी, जसको पाउमुनि चन्‍द्रमा थियो, र त्‍यसले शिरमा बाह्र वटा ताराको मुकुट लाएकी थिई।
2 त्‍यो गर्भवती थिई, र जन्‍माउने अवस्‍थाको पीडामा प्रसववेदनाले चिच्‍याइरहेकी थिई।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *