जडीबुटी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जडीबुटी

हितोपदेश 15 : 17
17 द्वेषले भरिएको ठाउँमा मोटो बाछो खानुभन्‍दा प्रेम भएको ठाउँमा सागपातसँग भोजन गर्नु उत्तम हो।

उत्‍पत्ति 1 : 29
29 अनि परमेश्‍वरले भन्‍नुभयो, “हेर, म तिमीहरूलाई पृथ्‍वीका सबै बीउ उमार्ने बोटहरू र फलमा नै बीउ हुने सबै फलका रूखहरू दिन्‍छु। ती तिमीहरूलाई आहाराको निम्‍ति हुनेछन्‌।

उत्‍पत्ति 9 : 3
3 जीवित-जीवात सबै तिमीहरूका निम्‍ति आहारा हुनेछन्‌। मैले हरिया वनस्‍पति तिमीहरूलाई दिएझैँ सबै थोक म तिमीहरूलाई दिन्‍छु।

प्रस्‍थान 12 : 22
22 हिसपको झुप्‍पा भाँड़ाको रगतमा चोपेर ढोकाको चौकोसको माथिल्‍लो भाग र दुवैतिरका खम्‍बामा छ्याप्‍नू। तिमीहरूमध्‍ये कोही पनि बिहानसम्‍म घरको ढोकाबाहिर ननिस्‍कनू।

गन्ती 9 : 11
11 दोस्रो महिनाको चौधौँ दिन साँझमा तिनीहरूले यो मानून्‌। तिनीहरूले थुमा, अखमिरी रोटी र तीतो सागसमेत खाऊन्‌।

हिब्रू 6 : 7
7 जुन जमिनले आफूमाथि सधैँ बर्सने पानी पिउँछ, र मानिसहरूका निम्‍ति खनजोत गरिएको छ, र तिनीहरूका निम्‍ति मन पर्ने अन्‍न-बाली उमार्छ, त्‍यस जमिनले परमेश्‍वरबाट आशिष्‌ पाउँछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *