जंगली पार्टीहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जंगली पार्टीहरू

रोमी 13 : 13
13 दिउँसोजस्‍तै गरी हामी ठीकसँग चलौं। मोजमज्‍जामा, पियक्‍कडपनमा, व्‍यभिचारमा, भ्रष्‍टाचारमा, झगड़ामा र डाहमा होइन।

१ कोरिन्थी 6 : 9 – 10
9 अधर्मीहरू परमेश्‍वरका राज्‍यको हकदार हुँदैनन्‌ भन्‍ने के तिमीहरूलाई थाहा छैन? धोका नखाओ— अनैतिकहरू, मूर्तिपूजकहरू, व्‍यभिचारीहरू, समलिङ्गीहरू, पुरुषगामीहरू,
10 चोरहरू, लोभीहरू, मतवालाहरू, निन्‍दा गर्नेहरू, लुटाहाहरू परमेश्‍वरका राज्‍यको हकदार हुनेछैनन्‌।

१ थेसलोनिकी 4 : 3 – 5
3 किनकि परमेश्‍वरको इच्‍छा जो तिमीहरूको पवित्रकरण पनि हो, सो यो हो कि तिमीहरू व्‍यभिचारबाट अलग बस।
4 पवित्रता र आदरसाथ आफ्‍नो निम्‍ति पत्‍नी लिनू, सो तिमीहरू प्रत्‍येकले जान,
5 तर परमेश्‍वरलाई नचिन्‍ने अविश्‍वासीहरूजस्‍तै कामुकताको कुवासनामा नबस।

भजनसंग्रह 51 : 2 – 4
2 मेरो सबै अधर्मबाट मलाई पूर्ण रूपमा धोइदिनुहोस्‌, र मेरो पापबाट मलाई शुद्ध गरिदिनुहोस्‌।
3 किनकि मेरा अपराधहरू म जान्‍दछु, र मेरो पाप सदा मेरो सामुन्‍ने छ।
4 तपाईंको विरुद्धमा, केवल तपाईंकै विरुद्धमा मैले पाप गरेको छु, र तपाईंको दृष्‍टिमा जे खराबी छ, त्‍यही गरेको छु। यसैकारण बोल्‍नुहुँदा तपाईं ठीक प्रमाणित हुनुहुन्‍छ, र न्‍याय गर्दा तपाईं न्‍यायी ठहरिनुहुन्‍छ।

१ पत्रुस 4 : 3
3 बितेका दिनमा अन्‍यजातिहरूले गरेझैँ तिमीहरूले व्‍यभिचार, कुवासना, मद्यपान, मोजमज्‍जा, पियक्‍कड़पन र घृणित मूर्तिपूजामा प्रशस्‍त समय बितायौ।

१ कोरिन्थी 5 : 11
11 तर यस्‍ताको सङ्गत नगर्नू भनेर मैले तिमीहरूलाई लेखे, जसले आफैलाई विश्‍वासी भाइ हुँ भनी भन्‍छ, तर वास्‍तवमा जो व्‍यभिचारी, वा लोभी, वा मूर्तिपूजक, वा निन्‍दा गर्ने, वा मतवाला वा लुटाहा हो। त्‍यस्‍तो मानिससँग त खान पनि नबस।

१ पत्रुस 4 : 1 – 19
1 जसरी ख्रीष्‍टले शरीरमा दुःख भोग्‍नुभयो, त्‍यसरी नै तिमीहरूले पनि त्‍यही किसिमको विचार धारण गर, किनभने जसले शरीरमा दुःख भोगेको छ, त्‍यसले पाप गर्न छोड़ेको हुन्‍छ।
2 यसरी त्‍यसले आफ्‍नो जीवनको रहल समय फेरि मानिसको कुइच्‍छामा होइन, तर परमेश्‍वरको इच्‍छामा बिताउँछ।
3 बितेका दिनमा अन्‍यजातिहरूले गरेझैँ तिमीहरूले व्‍यभिचार, कुवासना, मद्यपान, मोजमज्‍जा, पियक्‍कड़पन र घृणित मूर्तिपूजामा प्रशस्‍त समय बितायौ।
4 तिमीहरू तिनीहरूसँग भ्रष्‍टताको बाटोमा नहिँड़ेका देखेर तिनीहरू छक्‍क पर्छन्, र तिमीहरूको बदख्‍वाइँ गर्छन्‌।
5 तर जीवित र मृतकहरूका न्‍याय गर्न तत्‍पर हुनुहुनेलाई तिनीहरूले लेखा दिनुपर्नेछ।
6 यसैकारण मृतकहरूलाई पनि सुसमाचार सुनाइयो, ताकि तिनीहरूले मानिसहरूजस्‍तै शरीरमा इन्‍साफ पाए तापनि आत्‍मामा तिनीहरू परमेश्‍वरजस्‍तै जिऊन्‌।
7 सबै कुराको अन्‍त्‍य नजिकै आएको छ। यसकारण आफ्‍ना प्रार्थनाको निम्‍ति शुद्ध मनको र सचेत भइरहो।
8 सबैभन्‍दा बढ़ी एक-अर्काप्रति तिमीहरूको प्रेम अटूट रहोस्‌। किनकि प्रेमले नै असंख्‍य पापहरू ढाक्‍तछ।
9 विनागनगन एउटाले अर्काको अतिथिसत्‍कार गर।
10 जसले जस्‍तो वरदान पाएको छ, परमेश्‍वरका अनुग्रहका विभिन्‍न वरदान पाएका भण्‍डारेझैँ ती एक-अर्काको निम्‍ति प्रयोग गर।
11 यदि कसैले बोल्‍दछ भने, परमेश्‍वरको वचन बोलेजस्‍तै त्‍यसले बोलोस्‌। यदि कसैले सेवा गर्छ भने परमेश्‍वरले दिनुभएको शक्तिद्वारा त्‍यसले त्‍यो गरोस्, यस हेतुले कि सबै कुरामा येशू ख्रीष्‍टद्वारा परमेश्‍वरलाई नै प्रशंसा होस्‌। उहाँलाई नै महिमा र पराक्रम सदासर्वदा होस्‌। आमेन।
12 प्रिय हो, तिमीहरूलाई पारख गर्ने अग्‍निमय परीक्षा तिमीहरूमाथि आइपर्दा केही अनौठो कुरा भएजस्‍तै तिमीहरू छक्‍क नपर।
13 तर ख्रीष्‍टका कष्‍ट-भोगमा सहभागी हुँदा रमाओ, ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्‍दित र हर्षित हुन सक।
14 यदि ख्रीष्‍टको नाउँमा तिमीहरू निन्‍दित भयौ भने तिमीहरू धन्‍यका हौ। किनभने महिमाका र परमेश्‍वरका आत्‍मा तिमीहरूमाथि रहनुहुन्‍छ।
15 तर तिमीहरूमध्‍ये कसैले पनि हत्‍यारा, वा चोर, वा खराबी गर्ने, वा अर्काको कुरामा हात हाल्‍नेले झैँ दुःख नभोग।
16 तर कसैले ख्रीष्‍टियान भएको कारण दुःख भोग्‍दछ भनेता उसले लाज नमानोस, तर त्‍यही नाउँमा उसले परमेश्‍वरलाई महिमा देओस्‌।
17 किनभने न्‍याय परमेश्‍वरकै परिवारबाट सुरु हुने समय आएको छ, र यदि यो हामीबाट सुरु हुन्‍छ भनेता परमेश्‍वरको सुसमाचार नमान्‍नेहरूको अन्‍त्‍य कस्‍तो होला?
18 अनि, “यदि धर्मी जनको उद्धार कठिनसँग हुन्‍छ भने अधर्मी र पापीको गति के हुने?”
19 यसकारण परमेश्‍वरको इच्‍छाबमोजिम दुःख भोग्‍नेहरूले भलाइ गरून्‌ र तिनीहरूले आफ्‍ना आत्‍मा विश्‍वासयोग्‍य सृष्‍टिकर्ता कहाँ सुम्‍पून्‌।

२ तिमोथी 3 : 1 – 7
1 तर यो बुझिराख, कि आखिरी दिनहरूमा डरलाग्‍दा समयहरू आउनेछन्‌।
2 किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँपैसाको मोह गर्ने, घमण्‍डी, हठी, अरूको बदनाम गर्ने, आमा-बुबाको आज्ञापालन नगर्ने, बैगुनी र अपवित्र,
3 स्‍वाभाविक प्रेमरहितका, खुशी पार्न नसकिने, अरूको बदख्‍वाइँ गर्ने, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने,
4 विश्‍वासघाती, उत्ताउला, अहङ्कारले फुलेका, परमेश्‍वरलाई भन्‍दा सुख-विलासलाई प्रेम गर्ने,
5 भक्तिको भेषचाहिँ लिने, तर त्‍यसको शक्तिलाई इन्‍कार गर्ने हुनेछन्‌। यस्‍ता मानिसहरूबाट अलग्‍ग बस।
6 किनभने तिनीहरूमध्‍ये कोही-कोही घर-घर पसी पापले थिचिएका र विभिन्‍न मनोभावको कब्‍जामा परेका कमजोर स्‍त्रीहरूलाई आफ्‍ना अधीनमा पार्छन्‌।
7 जुन स्‍त्रीहरू सिक्‍न त सधैँ सिक्‍छन्, तर सत्‍यको ज्ञानमा कहिल्‍यै आउन सक्‍दैनन्‌।

एफिसी 5 : 18
18 दाखमद्यले नमात्तिओ, कारण त्‍यो विलासिता हो, तर पवित्र आत्‍माले भरिपूर्ण होओ।

१ यूहन्‍ना 3 : 3
3 अनि जस्‍तो उहाँ पवित्र हुनुहुन्‍छ, उहाँमाथि यो आशा राख्‍ने हरेक मानिसले आफूलाई पवित्र पार्छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *