यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जंक फूड
उत्पत्ति 1 : 29
29 अनि परमेश्वरले भन्नुभयो, “हेर, म तिमीहरूलाई पृथ्वीका सबै बीउ उमार्ने बोटहरू र फलमा नै बीउ हुने सबै फलका रूखहरू दिन्छु। ती तिमीहरूलाई आहाराको निम्ति हुनेछन्।
उत्पत्ति 9 : 3
3 जीवित-जीवात सबै तिमीहरूका निम्ति आहारा हुनेछन्। मैले हरिया वनस्पति तिमीहरूलाई दिएझैँ सबै थोक म तिमीहरूलाई दिन्छु।
लेवीहरू 11 : 1 – 47
1 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
2 “इस्राएलीहरूलाई यसो भन्: पृथ्वीमा भएका सारा जीवित पशु-पक्षीहरूमा तिमीहरूले यीचाहिँ खानु हुन्छ।
3 पशुहरूमध्ये खुर पूरै चिरिएका र उग्राउनेचाहिँ तिमीहरूले खानु हुन्छ।
4 “‘तापनि उग्राउनेहरू मात्र वा खुर चिरिएकाहरू मात्र तिमीहरूले खानुहुँदैन— अर्थात् ऊँट, किनभने त्यसले उग्राउँछ, तर त्यसको खुर चिरिएको हुँदैन। त्यो तिमीहरूका निम्ति अशुद्ध हो।
5 अनि शापन, किनभने त्यसले उग्राउँछ, तर त्यसको खुर चिरिएको हुँदैन। त्यो तिमीहरूका निम्ति अशुद्ध हो।
6 अनि खरायो, किनभने त्यसले उग्राउँछ, तर त्यसको खुर चिरिएको हुँदैन। त्यो तिमीहरूका निम्ति अशुद्ध हो।
7 अनि सुँगुर, किनभने त्यसको खुर पूरै चिरिएको त हुन्छ, तर उग्राउँदैन। त्यो तिमीहरूका निम्ति अशुद्ध हो।
8 तिनीहरूको मासु तिमीहरूले नखानू, र तिनीहरूका सिनु तिमीहरूले नछुनू। ती तिमीहरूका निम्ति अशुद्ध हुन्।
9 “‘जल-जन्तुहरूमध्ये यो तिमीहरूले खानु हुन्छ, अर्थात् सागर र नदीहरूमा भएका पखेटा र कत्ला हुने जति तिमीहरूले खानु हुन्छ।
10 तर पानीमा चलहल गर्ने सबै जन्तु र पानीमा भएका सबै जीवित प्राणीहरू, जो समुद्र र नदीहरूमा छन् र जसमा पखेटा र कत्ला छैनन्, ती सब तिमीहरूका निम्ति घृणित हुन्।
11 ती तिमीहरूका निम्ति घृणित भएकाले, तिमीहरूले तिनीहरूको मासु नखानू, र तिनीहरूका सिनुको छेउमा पर्दै नपर्नू।
12 पानीमा हुने तर पखेटा र कत्ला नहुने जति तिमीहरूका निम्ति घृणित हुनेछन्।
13 “‘पक्षीहरूमा यीचाहिँ तिमीहरूका निम्ति घृणित हुनेछन्, ती खानु हुँदैन, किनभने ती घृणित हुन्— गरुड, गिद्ध, कालो गिद्ध।
14 रातो चील र सबै थरीका कालो चील,
15 सबै थरीका काग,
16 ठूलो लाटोकोसेरो, कराउने लाटोकोसेरो, समुन्द्री चरो, सबै थरीका बाज,
17 सानो लाटोकोसेरो, जल कौवा, भुल्का,
18 सेतो लाटोकोसेरो, मरुभूमिको लाटोकोसेरो, माछा खाने चील,
19 सारस, सबै थरीका बकुल्ला, फाप्रेचरो र चमेरो।
20 “‘पखेटा भएका चारै खुट्टाले हिँड्ने जीवातहरू सबै तिमीहरूका निम्ति घृणित हुनेछन्।
21 तर पखेटा भएका चार खुट्टाले हिँड्नेहरूमध्ये भूइँमा उफ्रनलाई खुट्टामा जोर्नी भएकाहरूचाहिँ तिमीहरूले खानु हुन्छ।
22 तीमध्ये यी तिमीहरूले खानु हुन्छ— सबै थरीका सलह, खुइले-सलह, किथ्रो र फटेङ्ग्रो।
23 चार खुट्टे पखेटा भएका सबै तिमीहरूका निम्ति घृणित हुनेछन्।
24 “‘यिनीहरूबाट तिमीहरू अशुद्ध हुनेछौ। जसले यिनीहरूका सिनु छुन्छ, त्यो साँझसम्म अशुद्ध रहन्छ।
25 जसले यिनीहरूमध्ये कुनैको सिनु बोक्छ, त्यसले आफ्ना लुगा धुनुपर्छ, र साँझसम्म त्यो अशुद्ध रहनेछ।
26 “‘हरेक पशु जसको खुर पूरै चिरिएको हुँदैन, र जसले उगेरा गर्दैन, त्यो तिमीहरूका निम्ति अशुद्ध हो। ती छुने हरेक अशुद्ध हुन्छ।
27 चार खुट्टाले हिँड्ने सबै पशुहरू जो पन्जाले टेकेर हिँड्छन्, ती तिमीहरूका निम्ति अशुद्ध हुन्। तिनको सिनु छुने सबै साँझसम्म अशुद्ध हुनेछन्।
28 तिनीहरूको सिनु बोक्नेले आफ्ना लुगा धुनुपर्छ, र साँझसम्म त्यो अशुद्ध रहनेछ। ती तिमीहरूका निम्ति अशुद्ध हुनेछन्।
29 “‘भूइँमा घस्रने जीवमध्ये यीचाहिँ तिमीहरूका निम्ति अशुद्ध हुन्— अर्थात् न्याउरीमूसो, मूसो, सबै थरीका छेपारो,
30 माउसुली, गोहोरो, भालेमुङ्ग्रो, बालुवाको छेपारो र रङ्ग बद्लने छेपारो।
31 घस्रनेहरूमा अशुद्ध यी नै हुन्। यिनीहरूको सिनु जसले छुन्छ, त्यो साँझसम्म अशुद्ध रहनेछ।
32 यीमध्ये मरेको कुनै एउटा केही कुरामा पर्यो भने, त्यो थोक अशुद्ध हुन्छ, चाहे काठको थोक होस्, अथवा लुगा, छाला, भाङ्ग्रो, वा जुनसुकै कामको भाँड़ा होस्। त्यो पानीमा चोपल्नुपर्छ, र त्यो साँझसम्म अशुद्ध हुनेछ, त्यसपछि मात्रै त्यो चोखो हुन्छ।
33 कुनै माटोको भाड़ामा यी प्राणीहरूमध्ये कुनै एउटा पर्यो भने त्यो भाँड़ामा भएका सबै थोक अशुद्ध हुनेछन्। त्यो भाँड़ा तिमीहरूले फोरिदिनू।
34 त्यसभित्रको पानी परेको जुनसुकै खानेकुरो अशुद्ध हुन्छ, र त्यस्तो भाँड़ामा भएका जुनसुकै पिउने कुरा अशुद्ध हुन्छ।
35 कुनै कुरामा, चाहे चुलो होस् वा पकाउने भाँड़ो होस्, त्यसमा तिनीहरूको सिनु खस्यो भने त्यो अशुद्ध हुन्छ। त्यसलाई टुक्रा-टुक्रा पारेर फोर्नू। ती अशुद्ध हुन्, र तिमीहरूका लागि अशुद्धै हुन्छन्।
36 तापनि जरुवा पानी कि दहको पानी शुद्ध हुन्छ, तर तिनीहरूको सिनु छुनेचाहिँ अशुद्ध हुन्छ।
37 छरिने बीउमा तिनीहरूको सिनु पर्यो भने पनि त्यो शुद्धै हुन्छ।
38 तर त्यस बीउमा पानी हालेको छ र तिनीहरूको सिनु त्यसमाथि पर्यो भने, त्यो तिमीहरूका निम्ति अशुद्ध हुन्छ।
39 “‘तिमीहरूले खाने कुनै पनि पशु मर्यो भने त्यसको सिनु छुने साँझसम्म अशुद्ध हुन्छ।
40 सिनु खाने वा बोक्नेले आफ्ना लुगा धुनुपर्छ, र त्यो साँझसम्म अशुद्ध रहनेछ।
41 “‘भूइँमा घस्रने सबै प्राणी घृणित हुन्, ती नखानू।
42 पेटले सुल्कने, कि चार खुट्टाले घस्रने, कि धेरै खुट्टाले भूइँमा घस्रने प्राणीहरू तिमीहरूले नखानू, किनभने ती घृणित हुन्।
43 कुनै पनि घस्रने प्राणीबाट तिमीहरू अशुद्ध नहुनू। तीबाट तिमीहरू अशुद्ध भएर अपवित्र नहुनू।
44 म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। तिमीहरू आफूलाई अर्पण गरेर पवित्र होओ, किनकि म पवित्र छु। भूइँमा घस्रने कुनै किसिमको जीवातबाट तिमीहरू अपवित्र नहोओ।
45 किनकि तिमीहरूका परमेश्वर हुनलाई तिमीहरूलाई मिश्रबाट ल्याउने परमप्रभु म नै हुँ। यसैकारण तिमीहरू पवित्र होओ, किनकि म पवित्र छु।
46 “‘पशु, पक्षी र पानीमा चलहल गर्ने र भूइँमा घस्रने सबै प्राणीबारे विधिहरू यी नै हुन्।
47 शुद्ध र अशुद्ध, अनि प्राणीमा खानु हुने र नहुनेमा भेद राख्नुपर्छ’।”
उत्पत्ति 3 : 1 – 24
1 परमप्रभु परमेश्वरले बनाउनुभएका वन-पशुहरूमध्ये सर्प सबभन्दा धूर्त थियो। त्यसले स्त्रीलाई भन्यो, “के परमेश्वरले तिमीहरूलाई बगैँचाको कुनै पनि रूखको फल नखानू भनी भन्नुभएको छ?”
2 स्त्रीले सर्पलाई भनिन्, “बगैँचाका रूखहरूका फल हामी खान सक्छौं,
3 तर बगैँचाको बीचमा भएको रूखका फलको विषयमा परमेश्वरले भन्नुभएको छ, ‘त्योचाहिँ नखानू र नछुनू, नत्रता तिमीहरू मर्छौ’।”
4 सर्पले स्त्रीलाई भन्यो, “तिमीहरू मर्दैनौ।
5 किनकि परमेश्वर जान्नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्वरजस्तै हुनेछौ।”
6 जब स्त्रीले त्यस रूखको फल खानलाई असल र हेर्नमा रहरलाग्दो, र बुद्धि पाउनलाई त्यस रूखको चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले त्यस रूखको फल टिपेर खाइन्, र आफ्ना पतिलाई पनि दिइन्, र उनले पनि खाए।
7 अनि दुवैका आँखा खुले, र “नाङ्गै पो रहेछौं” भनी तिनीहरूले थाहा पाए। अनि अञ्जीरका पातहरू गाँसेर आफ्ना निम्ति तिनीहरूले वस्त्र बनाए।
8 अनि साँझपख परमप्रभु परमेश्वर बगैँचामा डुल्दैहुनुहुँदा तिनीहरूले उहाँको सोर सुने, र मानिस र उनकी पत्नी बगैँचाका रूखहरूका बीचमा परमप्रभु परमेश्वरको नजरबाट लुके।
9 तर परमप्रभु परमेश्वरले मानिसलाई बोलाउनुभयो, “तँ कहाँ छस्?”
10 उनले भने, “मैले तपाईंको सोर बगैँचामा सुनें र म डराएँ, किनभने म नाङ्गै थिएँ, र म लुकें।”
11 उहाँले सोध्नुभयो, “तँ नाङ्गै छस् भनेर कसले भन्यो? जुन रूखको फल नखानू भनी मैले तँलाई आज्ञा दिएको थिएँ के तैंले त्यो खाइस्?”
12 मानिसले भने, “जुन स्त्री तपाईंले मलाई मसँगै रहन भनी दिनुभएको थियो, त्यसैले मलाई त्यो रूखको फल दिई र मैले खाएँ।”
13 अनि परमप्रभु परमेश्वरले स्त्रीलाई भन्नुभयो, “तैंले यो के गरिस्?” स्त्रीले भनिन्, “सर्पले मलाई छल गर्यो, र मैले त्यो खाएँ।”
14 तब परमेश्वरले सर्पलाई भन्नुभयो, तैंले यसो गरेको हुनाले, “तँ सबै पाल्तु पशुहरू र सबै वन-पशुहरूभन्दा ज्यादा श्रापित हुनेछस्। पेटद्वारा तँ हिँड्नेछस् र तेरो जीवनभरि तैंले माटो खानेछस्।
15 तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्च्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्।”
16 स्त्रीलाई उहाँले भन्नुभयो, “तेरो सुत्केरी-वेदना म ज्यादै गरी बढ़ाइदिनेछु। दु:खसँग तैंले बालक जन्माउनेछस्। तेरो इच्छा पतितर्फ नै हुनेछ, र त्यसले तँलाई अधीनमा राख्नेछ।”
17 त्यसपछि आदमलाई उहाँले भन्नुभयो, तैंले तेरी पत्नीको कुरा सुनेर मैले नखानू भनेको रूखको फल खाएको हुनाले, “भूमि तेरो कारण श्रापित भएको छ। तेरो जीवनभरि दु:खसँग त्यसको उब्जनी तैंले खानेछस्।
18 त्यसले तेरो निम्ति काँढ़ा र सिउँड़ीहरू उमार्नेछ, र तैंले खेतको सागपात खानेछस्।
19 माटोमा नफर्कुञ्जेल तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्। किनकि माटैबाट तँ निकालिएको थिइस्। तँ माटै होस्, र माटैमा फर्किजानेछस्।”
20 आदमले आफ्नी पत्नीको नाउँ हव्वा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन्।
21 परमप्रभु परमेश्वरले आदम र तिनकी पत्नीका निम्ति छालाका लुगा बनाई तिनीहरूलाई लगाइदिनुभयो।
22 तब परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिस हामीजस्तै असल र खराबको ज्ञान जान्ने भएको छ। अब त्यसले जीवनको रूखको फल पनि टिपेर खान नपाओस्, नत्रभने त्यो सधैँभरि जीवित रहला।”
23 यसैकारण जुन भूमिबाट उनी बनाइएका थिए, त्यसैको खेतीकिसानी गर्न परमप्रभु परमेश्वरले उनलाई अदनको बगैँचाबाट निकालिदिनुभयो।
24 उहाँले मानिसलाई धपाइदिनुभएपछि जीवनको रूखतर्फको बाटो पहरा गर्नलाई उहाँले अदनका बगैँचाको पूर्वपट्टि करूबहरू र चारैतिर घुमिरहने ज्वालामय तरवार राखिदिनुभयो।
Leave a Reply