यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् छोराछोरी एक वरदान हो
भजनसंग्रह 127 : 3 – 5
3 छोराहरू परमप्रभुले दिनुभएको उत्तराधिकार हुन्, छोराछोरीहरू उहाँका इनाम हुन्।
4 योद्धाको हातमा भएका काँड़हरूझैँ, युवावस्थामा जन्मेका छोराहरू हुन्छन्,
5 त्यो मानिस धन्यको हो, जसको ठोक्रो काँडहरूले भरिएको हुन्छ। मूल ढोकामा आफ्ना शत्रुहरूको सामना गर्नुपर्दा, तिनीहरू शर्ममा पर्नेछैनन्।
भजनसंग्रह 127 : 3
3 छोराहरू परमप्रभुले दिनुभएको उत्तराधिकार हुन्, छोराछोरीहरू उहाँका इनाम हुन्।
हितोपदेश 22 : 6
6 बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालीम देऊ, र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन।
भजनसंग्रह 139 : 13 – 16
13 किनकि तपाईंले नै म भित्रका अङ्ग-प्रत्यङ्ग बनाउनुभयो, तपाईंले मलाई मेरी आमाको गर्भमा रच्नुभयो।
14 म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्भुत छन्, र त्यो कुरा म पूर्ण रूपले जान्दछु।
15 जब अदृश्यमा म बनिँदैथिएँ, मेरो रचना तपाईंबाट लुकेको थिएन। अनि जब म पृथ्वीको गहिराइमा रचिँदैथिएँ,
16 तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्ति नियुक्त गरिएको आयु तपाईंको पुस्तकमा लेखिएको थियो। त्यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए।
यूहन्ना 16 : 21
21 बालक जन्माउने बेलामा स्त्रीलाई पीडा हुन्छ किनभने तिनको बेला आएको हुन्छ, तर जब तिनले बालक जन्माउँछिन्, तब तिनलाई त्यस वेदनाको सम्झना हुँदैन किनकि संसारमा एउटा बालकको जन्म भयो भन्ने कुरामा तिनी हर्षित हुन्छिन्।
मत्ती 18 : 1 – 3
1 त्यही समय चेलाहरू येशूकहाँ आएर सोधे, “स्वर्गको राज्यमा सबैभन्दा महान् को हो?”
2 उहाँले एउटा सानो बालकलाई नजिक बोलाएर तिनीहरूका माझमा उभ्याउनुभयो,
3 र भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, मन परिवर्तन भएर तिमीहरू साना बालकहरूजस्ता भएनौ भने कहिल्यै स्वर्गको राज्यमा पस्नेछैनौ।
यशैया 54 : 13
13 तेरा सबै छोराहरू परमप्रभुबाट सिकाइनेछन्, र तेरा छोराछोरीहरूलाई ठूलो शान्ति मिल्नेछ।
याकूब 1 : 17
17 हरेक असल दान र हरेक सिद्ध वरदान स्वर्गबाट हो, यो वरदान ज्योतिका पिताबाट आउँछ। बदली रहने छायाजस्तो उहाँमा कुनै हेरफेर हुँदैन।
हितोपदेश 17 : 6
6 नाति-नातिनाहरू वृद्धहरूका मुकुट हुन्, र आमा-बुबाहरू आफ्ना छोराछोरीहरूका गर्व हुन्।
मत्ती 18 : 10
10 “होशियार रहो, तिमीहरूले यी सानाहरूमध्ये एक जनालाई पनि हेला नगर। किनभने म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतहरूले स्वर्गका मेरा पिताको दर्शन सदैव गरिरहन्छन्।
३ यूहन्ना 1 : 4
4 मेरा छोरा-छोरीहरू सत्यको अनुसरण गर्छन् भन्ने कुरा सुन्न पाउनुभन्दा अरू बढ़ी आनन्दको कुरा मेरो लागि के हुन सक्छ र?
मर्कूस 10 : 14
14 तर यो देखेर येशू रिसाउनुभयो, र तिनीहरूलाई भन्नुभयो, “साना बाल-बालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य यस्तैहरूको हो।
गन्ती 6 : 24 – 26
24 परमप्रभुले तिमीहरूलाई आशिष् देऊन्, र तिमीहरूलाई रक्षा गरून्।
25 परमप्रभुले आफ्नो मुख तिमीहरूमाथि चम्काऊन्, र तिमीहरूलाई अनुग्रह गरून्।
26 परमप्रभुले आफ्नो चेहरा तिमीहरूमाथि प्रकाश गरून्, र तिमीहरूलाई शान्ति देऊन्।’
यर्मिया 29 : 11
11 किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु, ती म जान्दछु,” परमप्रभु भन्नुहुन्छ। “ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई।
एफिसी 6 : 4
4 बुबा हो, आफ्ना छोरा-छोरीलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।
भजनसंग्रह 127 : 1 – 5
1 यात्राको निम्ति सोलोमनको गीत [1] परमप्रभुले नै घर नबनाउनुभए त, बनाउनेहरूले गरेको परिश्रम व्यर्थ हुन्छ। परमप्रभुले सहरको रक्षा नगर्नुभए त, पालेहरूले गरेको रखवाली व्यर्थ हुन्छ।
2 भोजनको निम्ति परिश्रम गर्नलाई बिहान सबेरै उठ्नु, र राती अबेर सुत्न जानु व्यर्थ छ, किनकि उहाँले आफ्ना प्रियहरूलाई निद्रा दिनुहुन्छ।
3 छोराहरू परमप्रभुले दिनुभएको उत्तराधिकार हुन्, छोराछोरीहरू उहाँका इनाम हुन्।
4 योद्धाको हातमा भएका काँड़हरूझैँ, युवावस्थामा जन्मेका छोराहरू हुन्छन्,
5 त्यो मानिस धन्यको हो, जसको ठोक्रो काँडहरूले भरिएको हुन्छ। मूल ढोकामा आफ्ना शत्रुहरूको सामना गर्नुपर्दा, तिनीहरू शर्ममा पर्नेछैनन्।
भजनसंग्रह 112 : 1 – 10
1 परमप्रभुको प्रशंसा गर। त्यो मानिस धन्यको हो, जसले परमप्रभुको भय मान्दछ, र उहाँका आज्ञाहरूमा ज्यादै प्रसन्न हुन्छ।
2 त्यसको वंश देशमा शक्तिशाली हुनेछ, सोझा मानिसहरूको पुस्ताले आशिष् पाउनेछ।
3 त्यसको घरमा धन-सम्पत्ति रहन्छ, र त्यसको धार्मिकता सदा रहिरहन्छ।
4 सोझा मानिसहरूका निम्ति, साथै अनुग्रही, करुणामय र धर्मी मानिसहरूका निम्ति अन्धकारमा पनि ज्योति उदय हुन्छ।
5 उदार-चित्तले ऋण दिने, र ईमानदारीसाथ आफ्नो कारोबार चलाउने मान्छेको भलो हुन्छ।
6 धर्मी जन कहिले पनि डगमगाउँदैन, त्यसको सम्झना सदासर्वदा रहनेछ।
7 अशुभ समाचारले त्यो कहिले पनि डराउँदैन, परमप्रभुमा भरोसा गरेर त्यसको हृदय स्थिर रहन्छ।
8 त्यसको हृदय सुरक्षित रहन्छ, र त्यो डराउनेछैन। अन्त्यमा त्यसले आफ्ना शत्रुहरूलाई विजयमा हेर्नेछ।
9 त्यसले उदारतासाथ दरिद्रहरूलाई दान दिएको छ, त्यसको धार्मिकता सधैँभरि दिगो रहन्छ, सम्मानपूर्वक त्यसको शिर उच्च राखिनेछ।
10 दुष्ट मानिस यो देखेर कुँड़िन्छ, त्यसले दाह्रा किट्नेछ, अनि नष्ट हुनेछ। दुष्ट मानिसको अभिलाषा निष्फल हुन्छ।
व्यवस्था 6 : 7
7 ती तिमीहरूले आफ्ना छोराछोरीहरूलाई होशियारीसाथ सिकाओ। घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्केर सुत्दा र उठ्दा तिनको चर्चा गर।
व्यवस्था 29 : 29
29 प्रकट नभएका कुराहरू परमप्रभु हाम्रा परमेश्वरका हुन्। तर हामीले यस व्यवस्थाका सम्पूर्ण वचन पालन गर्नलाई प्रकट भएका कुराहरू हाम्रा र हाम्रा सन्तानका लागि सदाको निम्ति हुन्।
Leave a Reply