यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् छोड्दै
फिलिप्पी 4 : 13
13 जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु।
प्रेरित 20 : 24
24 तर म आफ्नो जीवनलाई कुनै मोलको र आफ्नो निम्ति प्रिय ठान्दिनँ। यति मात्र चाहन्छु, कि परमेश्वरका अनुग्रहको सुसमाचारको गवाही दिनलाई मेरो दौड र प्रभु येशूबाट मिलेको मेरो सेवकाइ म पूरा गर्न सकूँ।
भजनसंग्रह 119 : 105
105 तपाईंका वचन मेरा गोडाका निम्ति बत्ती, र मेरो बाटोको निम्ति उज्यालो हो।
यूहन्ना 14 : 16
16 र म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ।
१ पत्रुस 2 : 24
24 हामी पापका लेखि मरेर धार्मिकताको लेखि जिऔं भनी उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयौ।
२ पत्रुस 3 : 9
9 आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्छ भन्ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्न, तर कोही पनि नष्ट नहोस्, तर सबै जनाले पश्चात्ताप गरून् भन्ने इच्छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान् हुनुहुन्छ।
१ यूहन्ना 2 : 1
1 मेरा साना बालकहरू, तिमीहरू पाप नगर भनी म यी कुरा तिमीहरूलाई लेखिरहेछु। तर कुनै मानिसले पाप गर्यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने एक जना हुनुहुन्छ, अर्थात् धार्मिक येशू ख्रीष्ट।
Leave a Reply