छिमेकीहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् छिमेकीहरू

याकूब 2 : 8
8 यदि “आफ्‍ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्‍ने पवित्र-धर्मशास्‍त्रको राजकीय व्‍यवस्‍थालाई साँच्‍चै पूरा गर्दछौ भनेता असलै गर्दछौ।

मर्कूस 12 : 31
31 दोस्रोचाहिँ यो हो, ‘तैंले आफ्‍नो छिमेकीलाई आफूलाई जस्‍तै प्रेम गर्‌।’ योभन्‍दा ठूलो आज्ञा अर्को छैन।”

हितोपदेश 3 : 29
29 आफ्‍नो छिमेकीको विरुद्धमा षड्‌यन्‍त्र नरच्‌। जो तेरो नजिक भरोसा राखेर बस्‍दछ।

हितोपदेश 25 : 17 – 18
17 आफ्‍नो छिमेकीको घरमा कहिलेकहीँ मात्र जाने गर्, धेरै जाने गरिस्‌ भने त्‍यसले तँलाई घृणा गर्नेछ।
18 लाठो वा तरवार वा तीखो काँड़झैँ आफ्‍नो छिमेकीको विरुद्ध झूटो गवाही दिने मानिस हो।

रोमी 15 : 2
2 हामी प्रत्‍येकले आफ्‍नो छिमेकीको आत्‍मिक सुधार होस्‌ भनेर तिनको भलाइको लागि तिनलाई प्रसन्‍न राखौं।

गलाती 5 : 14
14 किनभने समस्‍त व्‍यवस्‍था एउटै वचनमा पूरा भएको छ, “तैंले आफ्‍नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्‌।”

मत्ती 7 : 12
12 मानिसहरूले तिमीहरूसँग जस्‍तो व्‍यवहार गरून्‌ भन्‍ने तिमीहरू चाहन्‍छौ, तिमीहरूले पनि तिनीहरूसँग त्‍यस्‍तै व्‍यवहार गर, किनभने यही नै व्‍यवस्‍था र अगमवक्ताका शिक्षाको सारांश हो।

लूका 6 : 31
31 जसो मानिसहरूले तिमीहरूसँग गरून्‌ भन्‍ने तिमीहरू इच्‍छा गर्दछौ, तिमीहरूले पनि तिनीहरूसँग त्‍यसै गर।

रोमी 13 : 10
10 प्रेमले छिमेकीको खराबी गर्दैन। यसकारण प्रेम गर्नु नै व्‍यवस्‍था पूरा गर्नु हो।

लेवीहरू 19 : 16 – 18
16 “‘मानिसहरूका बीचमा निन्‍दा नफैलाओ। “‘तिमीहरूले आफ्‍नो छिमेकीको जीवन जोखिममा नपार। म परमप्रभु हुँ।
17 “‘आफ्‍नो भाइबन्‍धुसित दुश्‍मनी नराख। आफ्‍नो छिमेकीलाई खुल्‍लमखुल्‍ला हप्‍काओ, नत्रता तँ पनि त्‍यसको अपराधमा साझेदारी होलास्‌।
18 “‘आफ्‍ना आफन्‍तहरूसित बदला लिन नखोज र इबी नराख, तर आफ्‍नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर। म परमप्रभु हुँ।

जकरिया 8 : 17
17 आफ्‍नो छिमेकीको विरुद्धमा खराब षड्‌यन्‍त्र नगर, र झूटा शपथ खान नरुचाओ। यी सबै कुरा म घृणा गर्दछु,” परमप्रभु भन्‍नुहुन्‍छ।

रोमी 12 : 19
19 प्रिय हो, आफैले कहिल्‍यै बदला नलेओ, तर परमेश्‍वरको क्रोधमा छोडिदेओ। किनभने, लेखिएको छ, “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।

लूका 10 : 27
27 तिनले भने, “तैंले परमप्रभु, आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, आफ्‍नो सारा प्राणले, आफ्‍नो सारा समझले र आफ्‍नो सारा मनले प्रेम गर्, र आफ्‍नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्‌।”

प्रस्‍थान 20 : 16
16 “आफ्‍नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू।

मत्ती 19 : 19
19 आफ्‍ना आमा-बुबाको आदर गर्नू, र आफ्‍नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू।”

गलाती 3 : 28
28 अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्‍का, न त पुरुष न स्‍त्री छ, किनभने ख्रीष्‍ट येशूमा तिमीहरू सबै एउटै हौ।

जकरिया 8 : 16
16 तिमीहरूले गर्नुपर्ने काम यिनै हुन्‌: एक-अर्कासँग साँचो बोल्‍ने गर, र आफ्‍ना न्‍यायालयमा सत्‍य र असल न्‍याय गर।

भजनसंग्रह 15 : 1 – 3
1 दाऊदको भजन [1] हे परमप्रभु, तपाईंको पवित्रस्‍थानमा कसले वास गर्न पाउनेछ? तपाईंको पवित्र पर्वतमा को बस्‍न पाउनेछ?
2 त्‍यो मानिस, जसको चाल निर्दोष छ, र जसले ठीक-ठीक काम गर्छ, र हृदयबाट सत्‍य बोल्‍छ,
3 जसले आफ्‍नो जिब्रोले अरूको निन्‍दा गर्दैन, जसले आफ्‍नो छिमेकीको बिगार गर्दैन, र आफ्‍नो साथी-भाइको अपवाद फैलाउँदैन,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *