यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् छर्ने
मत्ती 13 : 8
8 अरू बीउ असल जमिनमा परे, र कुनैले सय, कुनैले साठी, कुनैले तीस गुणा फल दिए।
मर्कूस 4 : 20
20 तर असल जमिनमा छरिएकाहरू ती हुन्, जसले वचन सुन्छन्, र ग्रहण गर्छन्, र फल दिन्छन् तीस गुणा, साठी गुणा र सय गुणा।”
लूका 8 : 8
8 कतिचाहिँ असल जमिनमा परे, र उम्रेर सय गुणा फल फलाए।” यत्ति भनेपछि उहाँले उच्च सोरले भन्नुभयो, “जसको सुन्ने कान छ, त्यसले सुनोस्।”
उपदेशक 11 : 4
4 बतासको विचार गर्नेले कहिल्यै छर्दैन, बादलमा नजर राख्नेले कहिल्यै कटनी गर्दैन।
यशैया 28 : 25
25 जब उसले जमिन खनेर सम्म बनाउँछ तब के उसले सूँप र जीरा छर्दैन? के उसले गहूँ त्यसकै स्थानमा रोप्दैन? र जौ त्यसको नियत स्थानमा रोप्दैन? र कठिया खेतमा रोप्दैन?
भजनसंग्रह 126 : 5
5 आँसुको साथमा छर्नेहरूले आनन्दका गीत गाउँदै कटनी गर्नेछन्।
हितोपदेश 11 : 18
18 दुष्ट मानिसले ठगाइको ज्याला कमाउँछ, तर जसले धार्मिकता छर्छ, उसले निश्चित इनाम कटनी गर्छ।
यशैया 32 : 20
20 सबै पानी भएका ठाउँमा बीउ छर्ने र गाई-गोरु अनि गधाहरू चर्न दिने तिमीहरू कत्ति धन्यका हुनेछौ।
होशे 8 : 7
7 “तिनीहरू बतास छर्दछन्, र तिनीहरूले भुमरीको कटनी गर्नेछन्। डाँठमा केही बाला लाग्दैन, तिनीहरूको केही फसल रहनेछैन। त्यो पसाइहाले तापनि विदेशीहरूले त्यो निलिहाल्नेछन्।
होशे 10 : 12
12 आफ्ना निम्ति धार्मिकताका बीउ रोप, र अचूक प्रेमको कटनी गर। तिमीहरूको बाँझो बारी जोत। किनकि परमप्रभुलाई खोज्ने समय अहिले हो, जबसम्म उहाँ आएर तिमीहरूमाथि धार्मिकताको वृष्टि खन्याउनुहुन्छ।
गलाती 6 : 8
8 जसले आफ्नो पापमय स्वभावको निम्ति रोप्तछ, त्यसले आफ्नो पापमय स्वभावबाट नै सर्वनाशको कटनी गर्नेछ। तर जसले आत्माको निम्ति रोप्तछ, त्यसले आत्माबाट नै अनन्त जीवनको कटनी गर्नेछ।
Leave a Reply