छनोट हुँदैछ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् छनोट हुँदैछ

१ पत्रुस 2 : 9
9 तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्‍धकारदेखि उहाँका उदेकको ज्‍योतिमा ल्‍याउनुभयो, ताकि तिमीहरू उहाँका आश्‍चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक।

एफिसी 1 : 3 – 4
3 हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्‍वर्गीय स्‍थानहरूमा हरेक आत्‍मिक आशिष्‌ले ख्रीष्‍टमा आशीर्वाद दिनुभएको छ।
4 उहाँको सामुन्‍ने पवित्र र निष्‍कलङ्क होऔं भनेर संसारको उत्‍पत्तिभन्‍दा अघिबाटै उहाँले हामीलाई चुन्‍नुभयो।

यर्मिया 1 : 5
5 “मैले तँलाई गर्भमा रच्‍नभन्‍दा अघि नै तँलाई चिनिसकेको थिएँ, तँ जन्‍मनभन्‍दा अघि नै मैले तँलाई अलग गरें। मैले तँलाई जाति-जातिहरूका निम्‍ति एक अगमवक्ता नियुक्त गरें।”

यूहन्‍ना 15 : 16
16 मलाई तिमीहरूले चुनेनौ, तर मैले तिमीहरूलाई चुनें र तिमीहरूलाई नियुक्त गरें, कि तिमीहरू जाओ, र फल फलाओ, अनि तिमीहरूको फल रहिरहोस्‌। यसैले तिमीहरूले पितासँग मेरो नाउँमा जे मागौला, उहाँले तिमीहरूलाई सो दिनुहुनेछ।

व्यवस्था 14 : 2
2 किनकि तिमीहरू त परमप्रभु आफ्‍ना परमेश्‍वरको लागि एक पवित्र जाति हौ। परमप्रभुले पृथ्‍वीमा भएका समस्‍त मानिसजातिबाट तिमीहरूलाई नै आफ्‍नो अमूल्‍य सम्‍पत्ति हुनलाई चुन्‍नुभएको छ।

२ थेसलोनिकी 2 : 14
14 यसैको निम्‍ति हाम्रो सुसमाचारद्वारा हाम्रा प्रभु येशू ख्रीष्‍टको महिमा प्राप्‍त गर्न उहाँले तिमीहरूलाई बोलाउनुभयो।

यूहन्‍ना 13 : 19
19 “यो हुन अघि अहिले नै म तिमीहरूलाई भन्‍दछु, ताकि जब त्‍यो हुन आउँछ, म उही नै हुँ भनेर तिमीहरूलाई विश्‍वास होस्‌।

यूहन्‍ना 3 : 16
16 “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।

१ यूहन्‍ना 1 : 9
9 यदि हामीले आफ्‍ना पापहरू स्‍वीकार गर्‍यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्‍छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्‍छ, किनकि उहाँ विश्‍वासयोग्‍य र धर्मी हुनुहुन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *