यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् छनोट
२ शमूएल 24 : 12
12 “गएर दाऊदलाई यसो भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: म तेरो अगि तीन वटा कुरा दिँदैछु। तीमध्ये एउटा चुन्, र त्यही नै म तँमाथि ल्याउनेछु’।”
१ इतिहास 21 : 13
13 तब दाऊदले गादलाई भने, “म साह्रै सङ्कष्टमा परेको छु। मलाई परमप्रभुको हातमा नै पर्न देऊ। किनभने उहाँको करुणा अति महान् छ। तर मलाई मानिसको हातमा पर्नु नपरोस्।”
व्यवस्था 30 : 20
20 र परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्दै, उहाँका आज्ञा मान्दै र उहाँसँगै लीन बन्दै बाँचिरहो। किनकि परमप्रभु नै तिमीहरूको जीवन हुनुहुन्छ, र तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसित उहाँले दिन्छु भनी शपथ खानुभएको देशमा उहाँले तिमीहरूलाई दीर्घायु बनाउनुहुनेछ।
यहोशू 24 : 18
18 परमप्रभुले हाम्रा सामुन्नेबाट सबै जातिहरू, यस देशमा बस्ने एमोरीहरूलाई समेत धपाउनुभयो। यसकारण हामीहरू पनि परमप्रभुको सेवा गर्नेछौं, किनभने उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ।”
Leave a Reply