चोरी र चोरहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् चोरी र चोरहरू

प्रस्‍थान 20 : 15
15 “चोरी नगर्नू।

व्यवस्था 5 : 19
19 “चोरी नगर्नू।

मत्ती 19 : 18
18 तिनले उहाँलाई भने, “कुन-कुनचाहिँ?” येशूले भन्‍नुभयो, “तैंले हत्‍या नगर्नू, तैंले व्‍यभिचार नगर्नू, तैंले चोरी नगर्नू, तैंले झूटो गवाही नदिनू।

लूका 18 : 20
20 तिमी आज्ञाहरू त जान्‍दछौ: ‘व्‍यभिचार नगर्नू, हत्‍या नगर्नू, नचोर्नू, झूटा गवाही नदिनू, आफ्‍ना बुबा र आमाको आदर गर्नू’।”

रोमी 13 : 9
9 “तैंले व्‍यभिचार नगर्, तैंले हत्‍या नगर्, तैंले चोरी नगर्, तैंले लोभ नगर्,” यी आज्ञाहरूबाहेक, र अरू जति आज्ञा छन्, ती सबैको सारांश यसै आज्ञामा पाइन्‍छ, अर्थात्‌ “तैंले आफ्‍नो छिमेकीलाई आफूलाई जस्‍तै प्रेम गर्‌।”

प्रस्‍थान 21 : 16
16 जसले कुनै मानिसलाई अपहरण गर्छ वा बेच्‍छ अथवा पक्रिँदा त्‍यो त्‍यसकै हातमा फेला पर्छ, त्‍यो मारिनैपर्छ।

प्रस्‍थान 22 : 4
4 “यदि चोरीको माल त्‍यससँग जीवित पाइयो भने— त्‍यो गोरु अथवा गधा वा भेड़ा जे भए पनि— त्‍यसको निम्‍ति दुई गुणा तिर्नुपर्छ।”

प्रस्‍थान 22 : 15
15 तर त्‍यसको मालिक साथै भएदेखि पैँचो लिनेले त्‍यसको भर्ना दिनुपर्नेछैन। त्‍यो पशु ज्‍यालाको हो भने, ज्‍यालाको लागि तिरेको रकमले सो नोक्‍सानी बेहोर्छ।”

लेवीहरू 6 : 7
7 यसरी पूजाहारीले त्‍यसको निम्‍ति परमप्रभुको सामु प्रायश्‍चित गर्नेछन्, र जुन कुराको कारणले त्‍यो दोषी ठहरिएको हो, त्‍यो त्‍यसलाई क्षमा हुनेछ।”

लेवीहरू 19 : 11
11 “‘तिमीहरूले चोरी नगर्नू। “‘छल नगर्नू।” “‘एक-अर्कासित झूट नबोल्‍नू।

लेवीहरू 19 : 13
13 “‘तिमीहरूले आफ्‍नो छिमेकीलाई थिचोमिचो नगर्नू, र त्‍यसलाई नलुट्‌नू। “‘ज्‍यालामा काम गर्नेको पैसा एक रात पनि तिमीहरूसँग नरहोस्‌।

व्यवस्था 23 : 25
25 तिम्रो छिमेकीको खेतबारीमा पस्‍यौ भने अन्‍नका बाला हातले टिप्‍न सक्‍छौ, तर पाकेको बालीमा हँसिया चलाउनुहुँदैन।

भजनसंग्रह 50 : 18
18 चोरलाई भेट्‌दा तँ चोरकै साथी हुन्‍छस्‌, अनि तँ व्‍यभिचारीहरूको सङ्गत गर्छस्‌।

भजनसंग्रह 62 : 10
10 धुत्‍ने काममा भर नपर, र चोरेको सामानमा अभिमान नगर। तिम्रो धन-सम्‍पत्ति बढ़्यो भने त्‍यसमा आफ्‍नो हृदय नलगाओ।

भजनसंग्रह 119 : 61
61 दुष्‍टहरूले मलाई डोरीले बाँधे पनि म तपाईंको व्‍यवस्‍थालाई बिर्सनेछैनँ।

हितोपदेश 6 : 31
31 तापनि त्‍यो पक्राउ पर्‍यो भने त्‍यसले सात गुणा बढ़ी तिर्नैपर्ने हुन्‍छ, शायद त्‍यसले आफ्‍नो घरको सारा सम्‍पत्तिसम्‍म दिनुपर्नेछ।

हितोपदेश 21 : 7
7 दुष्‍टको उपद्रवले नै तिनीहरूलाई घिच्‍च्‍याएर लैजान्‍छ, किनभने जे ठीक हो सो गर्न तिनीहरूले अस्‍वीकार गर्छन्‌।

यशैया 61 : 8
8 “किनभने म, परमप्रभुचाहिँ, न्‍यायलाई प्रेम गर्दछु, डकैत र अधर्म मलाई घृणा लाग्‍छ। म आफ्‍नो विश्‍वसनीयतामा तिनीहरूलाई इनाम दिनेछु, र म तिनीहरूसित सदाको करार बाँध्‍नेछु।

यर्मिया 2 : 26
26 “जसरी चोर पक्राउ पर्दा लज्‍जित हुन्‍छ, त्‍यसरी नै इस्राएलका घराना, तिनीहरूका राजाहरू, अधिकारीहरू, पूजाहारीहरू र अगमवक्ताहरू लज्‍जित छन्‌।

यर्मिया 7 : 10
10 अनि त्‍यसपछि मेरो नाउँको यस भवनमा आई मेरो सामुन्‍ने खड़ा भएर भन्‍छौ, “हामी सुरक्षित छौं”— अनि फेरि यी नै घृणित कामहरू गर्नलाई ढुक्‍क बस्‍छौ?

इजकिएल 22 : 29
29 देशका मानिसहरूचाहिँ जबरजस्‍तीसँग लिने र चोरी गर्ने गर्छन्‌। तिनीहरूले गरीब र दरिद्रहरूमाथि थिचोमिचो गर्छन्, र न्‍यायलाई इन्‍कार गरेर विदेशीहरूसँग दुर्व्‍यवहार गर्छन्‌।

होशे 4 : 2
2 यहाँ सराप दिनु, झूट बोल्‍नु, हत्‍या, चोरी र व्‍यभिचार गर्नुबाहेक अरू केही छैन। तिनीहरू सबै सीमा नाघेर हत्‍यामाथि हत्‍या गर्छन्‌।

नहूम 3 : 1
1 रगतको सहरलाई धिक्‍कार! त्‍यो झूट र लूटको धनले भरिएको छ, त्‍यहाँ लूटका शिकारको अन्‍त हुँदैन।

जकरिया 5 : 3
3 अनि तिनले मलाई भने, “सारा देशमाथि पर्न लागेको यो सराप हो, किनकि यसको एकापट्टि भनेअनुसार हरेक चोर निर्वासित हुनेछ, र अर्कापट्टि भनेअनुसार हरेक झूटो शपथ खाने निर्वासित हुनेछ।

मत्ती 6 : 20
20 तर आफ्‍नो निम्‍ति स्‍वर्गमा धन-सम्‍पत्ति थुपार, जहाँ कीराले वा खियाले नष्‍ट पार्दैन, र चोरले पनि चोर्दैन।

मत्ती 15 : 19
19 किनकि हृदयबाट नै खराब विचार, हत्‍या, परस्‍त्रीगमन, व्‍यभिचार, चोरी, झूटो गवाही र निन्‍दा बाहिर निस्‍कन्‍छन्‌।

मर्कूस 7 : 22
22 लोभ, दुष्‍टता, छल, छाडापन, ईर्ष्‍या, निन्‍दा, घमण्‍ड, मूर्खता निस्‍कन्‍छन्‌।

मर्कूस 11 : 1 – 360

1 जब उहाँहरू यरूशलेमको नजिक जैतून डाँड़ाको छेउमा बेथफागे र बेथानिया भन्‍ने ठाउँमा आइपुग्‍नुभयो, तब उहाँले आफ्‍ना चेलाहरूमध्‍ये दुई जनालाई यसो भनेर पठाउनुभयो,
2 “तिमीहरूका सामुन्‍नेको गाउँमा जाओ, र पस्‍दापस्‍दै तिमीहरूले अहिलेसम्‍म कोही मानिस नचढ़ेको एउटा गधाको बछेड़ो भेट्टाउनेछौ। त्‍यसलाई फुकाएर यहाँ ल्‍याओ।
3 कसैले तिमीहरूलाई ‘यो के गरेको?’ भन्‍यो भने, ‘प्रभुलाई यसको खाँचो परेको छ, र उहाँले चाँड़ै फर्काइदिनुहुनेछ’ भन।”
4 तब तिनीहरू गए, र त्‍यो बछेड़ो खुला गल्‍लीमा एउटा घरको बाहिरपट्टि ढोकानेर बाँधिएको भेट्टाए, र त्‍यसलाई फुकाए।
5 त्‍यहाँ उभिएकाहरूमध्‍ये कसै-कसैले तिनीहरूलाई सोधे, “बछेड़ोलाई फुकाएर तिमीहरू के गर्दैछौ?”
6 येशूले तिनीहरूलाई अह्राउनुभएजस्‍तै तिनीहरूले भने, र उनीहरूले तिनीहरूलाई जान दिए।
7 तिनीहरूले बछेड़ो येशूकहाँ ल्‍याए, र आफ्‍ना वस्‍त्रहरू त्‍यसमाथि राखिदिए, र उहाँ त्‍यसमाथि सवार हुनुभयो।
8 धेरैले आफ्‍ना वस्‍त्रहरू र अरूहरूले मैदानबाट स्‍याउलाहरू काटेर बाटोमा ओछ्याए।
9 अनि उहाँको अगि-अगि हिड्‌ने र पछिपछि आउनेहरूले यसो भन्‍दै जय-ध्‍वनि लगाए, “होसन्‍ना! धन्‍य उहाँ, जो परमप्रभुको नाउँमा आउनुहुन्‍छ!
10 धन्‍य होस्, हाम्रा पिता दाऊदको त्‍यो आउने राज्‍य, परमधाममा होसन्‍ना!”
11 उहाँ यरूशलेममा आएर मन्‍दिरभित्र पस्‍नुभयो। अनि उहाँले वरिपरिका सब थोकमाथि नजर गर्नुभएपछि अबेला भएको हुनाले बाह्रै जनाका साथमा उहाँ बेथानिया जानुभयो।
12 भोलिपल्‍ट उहाँहरू बेथानियाबाट आउनुहुँदा उहाँ भोकाउनुभयो।
13 अनि टाढ़ामा पातले भरिएको एउटा अञ्‍जीरको रूख देखेर कतै त्‍यसमा केही फल पाउँछु कि भनेर उहाँ जानुभयो, तर त्‍यहाँ पुग्‍नुभएपछि उहाँले रूखमा पातबाहेक केही पाउनुभएन, किनकि त्‍यस बेला अञ्‍जीरको फल फल्‍ने समय भएको थिएन।
14 तब उहाँले त्‍यस रूखलाई भन्‍नुभयो, “अब उसो कसैले पनि तँबाट फल नखाओस्‌।” अनि यो भनेको उहाँका चेलाहरूले सुने।
15 अनि यरूशलेममा पुग्‍नुभएपछि उहाँ मन्‍दिरभित्र पस्‍नुभयो, अनि मन्‍दिरमा किनबेच गर्नेहरूलाई बाहिर निकाल्‍नुभयो र पैसा साट्‌नेका टेबिलहरू र परेवा बेच्‍नेका बस्‍ने ठाउँहरू पल्‍टाइदिनुभयो।
16 उहाँले कसैलाई कुनै थोक मन्‍दिरबाट लैजान दिनुभएन।
17 अनि उहाँले शिक्षा दिँदै भन्‍नुभयो, “के यसो लेखिएको छैन, ‘मेरो घर सब जातिहरूका निम्‍ति प्रार्थनाको घर कहलाइनेछ’? तर तिमीहरूले त यसलाई डाँकूहरूको अड्डा बनाएका छौ।”
18 अनि मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूले यो सुनेर उहाँलाई कसरी नाश पारौं भनी उपाय खोज्‍न लागे। किनभने तिनीहरू उहाँसँग डराउँथे, किनकि सारा भीड़ले उहाँको शिक्षामा अचम्‍म मानेका थिए।
19 साँझ पर्दा उहाँ सहर बाहिर निस्‍केर जानुभयो।
20 बिहान त्‍यहाँबाट पहिलेकै बाटो जानुहुँदा उहाँहरूले त्‍यस अञ्‍जीरको रूखलाई जरैबाट सुकेको देख्‍नुभयो।
21 अनि पत्रुसलाई यो सम्‍झना भयो, र तिनले उहाँलाई भने, “रब्‍बी, हेर्नुहोस्, तपाईंले सराप दिनुभएको अञ्‍जीरको रूख त सुकेछ।”
22 येशूले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, “परमेश्‍वरमा विश्‍वास राख।
23 साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, यदि कसैले आफ्‍नो हृदयमा शङ्का गर्दैन तर आफूले भनेका कुरा पूरा हुन्‍छ भनी विश्‍वास गरेर यस पहाड़लाई ‘उखेलिएर तँ समुद्रमा खस्’ भन्‍यो भने, त्‍यसको निम्‍ति त्‍यस्‍तै हुनेछ।
24 यसकारण म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले प्रार्थनामा जेसुकै माग्‍छौ सो पाएका छौं भन्‍ने विश्‍वास राख, र त्‍यो तिमीहरूको हुनेछ।
25 जब तिमीहरू प्रार्थना गर्न खड़ा हुन्‍छौ, तब कसैको विरुद्धमा तिमीहरूको केही छ भने क्षमा गर, ताकि स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गरिदेऊन्‌।
26 [ तर क्षमा गरेनौ भने, स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गर्नुहुनेछैन।”]
27 उहाँहरू फेरि यरूशलेममा आउनुभयो। अनि येशू मन्‍दिरमा यताउता हिँड़िरहनुहुँदा मुख्‍य पूजाहारीहरू, शास्‍त्रीहरू, धर्म-गुरुहरू उहाँकहाँ आए।
28 तिनीहरूले उहाँलाई प्रश्‍न गरे, “कुन अधिकारले तिमी यी कामहरू गर्दछौ? यी कामहरू गर्ने अधिकार तिमीलाई कसले दियो?”
29 येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई एउटा प्रश्‍न सोध्‍छु, र तिमीहरूले त्‍यसको जवाफ देओ, र कुन अधिकारले म यी काम गर्दछु, सो तिमीहरूलाई भन्‍नेछु।
30 यूहन्‍नाले दिएको बप्‍तिस्‍मा स्‍वर्गबाट हो कि मानिसबाट, मलाई जवाफ देओ।”
31 तब तिनीहरू यसो भन्‍दै आपसमा बहस गर्न लागे, “‘स्‍वर्गबाट’ भनौं भनेता ‘तिमीहरूले उनीमाथि किन विश्‍वास गरेनौ’ भनी तिनले भन्‍नेछन्‌।
32 ‘मानिसहरूबाट’ भनौं कि” तर यसो भन्‍न उनीहरू जनतादेखि डराए। किनकि सबैले यूहन्‍नालाई साँचो अगमवक्ता भनी ठान्‍थे।
33 तब तिनीहरूले येशूलाई जवाफ दिएर भने, “हामीलाई थाहा छैन।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “म पनि कुन अधिकारद्वारा यी काम गर्दछु, सो तिमीहरूलाई भन्‍दिनँ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *