यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् चेला
मत्ती 28 : 19
19 यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ,
२ तिमोथी 2 : 15
15 शर्माउन नपर्ने र सत्यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्तै आफूले आफूलाई परमेश्वरमा ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर।
प्रेरित 9 : 26
26 तिनी यरूशलेममा आएपछि तिनले चेलाहरूसँग मिल्ने प्रयत्न गरे। तर तिनीहरूलाई उनी चेला हुन् भन्ने पत्यार नहुँदा सबै तिनीसँग डराए।
मत्ती 10 : 1
1 उहाँले आफ्ना बाह्र चेलाहरूलाई बोलाएर अशुद्ध आत्माहरू निकाल्ने र हरप्रकारका रोग र दुर्बलता निको पार्ने अधिकार तिनीहरूलाई दिनुभयो।
Leave a Reply