यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् चेबर
इजकिएल 1 : 1
1 तीसौँ वर्षको चौथो महिनाको पाँचौँ दिनमा जब म निर्वासितहरूसँग कबार नदीको किनारमा थिएँ, तब स्वर्ग खोलियो र मैले परमेश्वरका दर्शनहरू देखें।
इजकिएल 1 : 3
3 बेबिलोनीहरूको देशमा कबार नदीको किनारमा परमप्रभुको वचन बूजीको छोरो इजकिएल पूजाहारीकहाँ आयो। त्यहाँ परमप्रभुको हात तिनीमाथि थियो।
इजकिएल 3 : 15
15 तब म कबार नदीको नजिक बस्ने ती देशनिकालाहरूकहाँ तेल-अबीबमा आएँ। अनि सात दिनसम्म तिनीहरू बसेको ठाउँमा म अवाक् भएर बसिरहें।
इजकिएल 3 : 23
23 यसैले म उठेर मैदानमा गएँ, र कबार नदीको किनारमा मैले देखेको जस्तो परमप्रभुको महिमा त्यहाँ पनि खड़ा थियो, र म भूइँमा घोप्टो परें।
इजकिएल 10 : 15
15 तब ती करूबहरू उँभो-उँभो जान लागे। यी ती नै जीवित जीवातहरू थिए, जसलाई मैले कबार नदीको किनारमा देखेको थिएँ।
इजकिएल 10 : 22
22 तिनीहरूका मोहड़ाको रूपचाहिँ कबार नदीको किनारमा मैले देखेका मोहड़ाको जस्तै थियो। तिनीहरू हरेक सोझै हिँड्दथे।
इजकिएल 43 : 3
3 मैले देखेको दर्शन त्यही दर्शनजस्तो थियो, जो उहाँ सहरलाई सर्वनाश गर्न आउनुहुँदा मैले देखेको थिएँ, र जुन दर्शनहरू कबार नदीको किनारमा मैले देखेको थिएँ, र म भूइँमा घोप्टो परें।
Leave a Reply