चीलहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् चीलहरू

यशैया 40 : 31
31 तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्‌नेछन्, र दगुरेर पनि तिनीहरू थाक्‍नेछैनन्‌। तिनीहरू हिँड्‌नेछन्‌ तापनि मूर्च्‍छा पर्नेछैनन्‌।

भजनसंग्रह 103 : 5
5 जसले, तेरा इच्‍छाहरू उत्तम कुराले तृप्‍त गर्नुहुन्‍छ, ताकि तेरो जवानी चीलको जस्‍तै फेरि नयाँ होस्‌।

प्रकाश 12 : 14
14 तर त्‍यस स्‍त्रीलाई त्‍यस सर्पको सम्‍मुखबाट उजाड-स्‍थानमा उड़ेर जानलाई ठूलो गरुडका दुई पखेटा दिइए। त्‍यो उजाड-स्‍थान साढ़े तीन वर्षसम्‍म त्‍यस स्‍त्रीको पालनपोषणको निम्‍ति तयार गरिएको थियो।

प्रकाश 4 : 6 – 8
6 सिंहासनको अगि स्‍फटिकतुल्‍य काँचको समुद्रजस्‍तो थियो। अगाडि र पछाडि जम्‍मै आँखै-आँखा भएका चार वटा जीवित प्राणी सिंहासनको वरिपरि र चारैपट्टि थिए।
7 पहिलो प्राणी सिंहजस्‍तै थियो, दोस्रो प्राणी बहरजस्‍तै, तेस्रो प्राणीको अनुहार मानिसको जस्‍तै र चौथो प्राणी उड़िरहेको गरुडजस्‍तै थियो।
8 ती चारै वटा प्राणीका छ-छ वटा पखेटा थिए र चारैपट्टि र भित्रपट्टि आँखाहरूले भरिएका थिए। दिनरात तिनीहरू नथामिकन यसो भन्‍दै गाइरहन्‍छन्, “पवित्र, पवित्र, पवित्र परमप्रभु सर्वशक्तिमान्‌ परमेश्‍वर, जो हुनुहुन्‍थ्‍यो र हुनुहुन्‍छ र जो आउनुहुनेछ।”

यर्मिया 48 : 40
40 परमप्रभु यसो भन्‍नुहुन्‍छ: “हेर त, एउटा गरुड मोआबमाथि आफ्‍नो पखेटा फिँजाएर वेगसित आउँदैछ।

प्रस्‍थान 19 : 4
4 ‘मैले मिश्रीहरूलाई के गरें, र तिमीहरूलाई कसरी गरुडका पखेटामा झैँ बोकेर मकहाँ ल्‍याएँ, सो तिमीहरूले देखेका छौ।

फिलिप्पी 4 : 13
13 जसले मलाई शक्ति दिनुहुन्‍छ, उहाँमा नै म सब कुरा गर्न सक्‍छु।

यर्मिया 49 : 22
22 हेर, एउटा गरुड वेग हानेर आउनेछ, र बोज्रामाथि त्‍यसले आफ्‍नो पखेटा फिँजाउनेछ। त्‍यस दिन एदोमका योद्धाहरूका हृदय प्रसववेदनामा परेकी स्‍त्रीको झैँ हुनेछन्‌।

यर्मिया 4 : 13
13 हेर, बादलझैँ उहाँ अगि बढ्‌नुहुन्‍छ, उहाँका रथहरू भुमरीझैँ आउँछन्, उहाँका घोड़ाहरू गरुडहरूभन्‍दा चाँड़ा छन्‌। हाय, हामीहरू, हामी नष्‍ट भयौं!

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *