चिन्ता

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् चिन्ता

फिलिप्पी 4 : 6 – 7
6 कुनै कुरामा चिन्‍तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्‍यवादसहित तिमीहरूका बिन्‍ती परमेश्‍वरमा जाहेर होऊन्,
7 र समझले नै भियाउन नसकिने परमेश्‍वरको शान्‍तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।

१ पत्रुस 5 : 7
7 तिमीहरूका सारा फिक्री उहाँलाई सुम्‍पिदेओ, किनकि उहाँले तिमीहरूको वास्‍ता गर्नुहुन्‍छ।

मत्ती 6 : 25 – 34
25 “यसैकारण म तिमीहरूलाई भन्‍दछु, ‘के खाउँला, के पिउँला’ भनी आफ्‍नो प्राणको निम्‍ति र ‘के लगाउँला’ भनी आफ्‍नो शरीरको निम्‍ति फिक्री नगर।’ के जीवन खानेकुराभन्‍दा र शरीर लुगाफाटाभन्‍दा उत्तम होइन?
26 आकाशका चराचुरुङ्गीलाई हेर। तिनीहरूले न त बीउ छर्छन्, न अन्‍न कटनी गर्छन्, न भकारीमा बटुल्‍छन्, तर तिमीहरूका स्‍वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्‍छ। के तिमीहरू तिनीहरूभन्‍दा बढ़ी मूल्‍यवान्‌ छैनौ र?
27 तिमीहरूमध्‍ये कुनचाहिँले फिक्री गरेर आफ्‍नो आयुमा एक घड़ी पनि थप्‍न सक्‍छ?
28 “अनि लुगाफाटाका निम्‍ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फूललाई हेर, ती कसरी बढ्‌दछन्‌। तिनले न परिश्रम गर्दछन्, न धागो कात्‍छन्‌।
29 तर म तिमीहरूलाई भन्‍दछु, सोलोमन राजा पनि आफ्‍ना सारा वैभवमा तिनीहरूमध्‍ये एउटा जति आभूषित थिएनन्‌।
30 आज हुने र भोलि अगेनोमा फालिने घाँसलाई परमेश्‍वरले यसरी पहिराउनुहुन्‍छ भने, ए अल्‍पविश्‍वासी हो, के तिमीहरूलाई झन्‌ बढ़ी उहाँले पहिराउनुहुनेछैन र?
31 यसकारण ‘के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के पहिरौंला?’ भनेर फिक्री नगर।
32 किनकि अन्‍यजातिहरूले यी सब थोक खोज्‍दछन्, र तिमीहरूका स्‍वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्‍नुहुन्‍छ।
33 तर पहिले उहाँको राज्‍य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्‍ति थपिनेछन्‌।
34 यसकारण भोलिको निम्‍ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्‍नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्‍ति पर्याप्‍त छ।”

मत्ती 6 : 33 – 34
33 तर पहिले उहाँको राज्‍य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्‍ति थपिनेछन्‌।
34 यसकारण भोलिको निम्‍ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्‍नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्‍ति पर्याप्‍त छ।”

फिलिप्पी 4 : 13
13 जसले मलाई शक्ति दिनुहुन्‍छ, उहाँमा नै म सब कुरा गर्न सक्‍छु।

१ पत्रुस 5 : 6 – 7
6 यसकारण परमेश्‍वरको शक्तिशाली बाहुलीमुनि तिमीहरू आफैलाई विनम्र तुल्‍याओ, र उहाँले उचित समयमा तिमीहरूलाई उच्‍च पार्नुहुनेछ।
7 तिमीहरूका सारा फिक्री उहाँलाई सुम्‍पिदेओ, किनकि उहाँले तिमीहरूको वास्‍ता गर्नुहुन्‍छ।

मत्ती 6 : 27
27 तिमीहरूमध्‍ये कुनचाहिँले फिक्री गरेर आफ्‍नो आयुमा एक घड़ी पनि थप्‍न सक्‍छ?

हितोपदेश 12 : 25
25 चिन्‍तित हृदयले मानिसलाई कमजोर तुल्‍याउँछ, तर दयालु वचनले त्‍यसलाई हर्षित तुल्‍याउँछ।

मत्ती 11 : 28 – 30
28 “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।
29 मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्‍ना आत्‍मामा विश्राम पाउनेछौ।
30 किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ।”

फिलिप्पी 4 : 6
6 कुनै कुरामा चिन्‍तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्‍यवादसहित तिमीहरूका बिन्‍ती परमेश्‍वरमा जाहेर होऊन्,

फिलिप्पी 4 : 19
19 मेरा परमेश्‍वरले आफ्‍नो महिमामा उहाँको सम्‍पत्तिअनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्‍ट येशूमा पूरा गरिदिनुहुनेछ।

१ यूहन्‍ना 4 : 18
18 प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ। किनकि डरको सम्‍बन्‍ध त दण्‍डसँग हुन्‍छ, अनि जो डराउँछ प्रेममा त्‍यो सिद्ध भएको हुँदैन।

लूका 12 : 25
25 तिमीहरूमध्‍ये कसले फिक्री गरेर आफ्‍नो आयुमा एक घड़ीसम्‍म पनि थप्‍न सक्‍छ?

यूहन्‍ना 14 : 27
27 शान्‍ति म तिमीहरूसँग छोडिराख्‍छु। म आफ्‍नो शान्‍ति तिमीहरूलाई दिन्‍छु। संसारले दिएजस्‍तो म तिमीहरूलाई दिँदिनँ। तिमीहरूको हृदय व्‍याकुल नहोस्‌ र भयभीत नहोस्‌।

लूका 1 : 37
37 किनकि परमेश्‍वरको निम्‍ति कुनै कुरा असम्‍भव छैन।”

लूका 12 : 22 – 34
22 उहाँले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “यसैकारण म तिमीहरूलाई भन्‍दछु, आफ्‍नो प्राणको निम्‍ति के खाऔं र शरीरको निम्‍ति के पहिरौं भनी चिन्‍तित नहोओ।
23 किनकि प्राण भोजनभन्‍दा र शरीर वस्‍त्रभन्‍दा ठूलो हो।
24 कागहरूलाई विचार गर: तिनीहरू न त छर्दछन्, न कटनी गर्दछन्, तिनीहरूको न त भण्‍डार न ढुकुटी नै छ, तर पनि परमेश्‍वरले तिनलाई खुवाउनुहुन्‍छ। तिमीहरू चराचुरुङ्गीभन्‍दा ज्‍यादै बढ़ी मोलका छौ!
25 तिमीहरूमध्‍ये कसले फिक्री गरेर आफ्‍नो आयुमा एक घड़ीसम्‍म पनि थप्‍न सक्‍छ?
26 यसकारण तिमीहरू त्‍यतिको सानो काम पनि गर्न सक्‍दैनौ भने, अरू कुराको चिन्‍ता किन गर्दछौ?
27 “लिली फूललाई विचार गर, कसरी तिनीहरू न त परिश्रम गर्छन्‌ न कात्छन्, तर म तिमीहरूलाई भन्‍दछु, सोलोमन राजा पनि आफ्‍नो सारा गौरवमा यीमध्‍ये एउटा जतिको पनि विभूषित थिएनन्‌।
28 तर आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई परमेश्‍वरले यसरी आभूषित गर्नुहुन्‍छ भने, ए अल्‍पविश्‍वासी हो, उहाँले तिमीहरूलाई झन्‌ कति बढ़ी आभूषित गर्नुहुनेछ।
29 के खाऔंला कि के पिऔंला भनी तिमीहरू खोजीमा नबस, र चिन्‍तित पनि नहोओ।
30 किनकि संसारका सबै मानिसहरू यी कुराहरूको खोजीमा रहन्‍छन्‌। तिमीहरूका पिताले जान्‍नुहुन्‍छ कि तिमीहरूलाई यी कुराहरूको खाँचो छ।
31 तर परमेश्‍वरका राज्‍यको खोजी गर, र यी सबै कुराहरू पनि तिमीहरूलाई दिइनेछन्‌।
32 “सानो बगाल, नडराओ! किनभने तिमीहरूलाई राज्‍य दिन तिमीहरूका पिता प्रसन्‍न हुनुहुन्‍छ।
33 तिमीहरूको सम्‍पत्ति बेचेर दान देओ। आफ्‍नो निम्‍ति थोत्रो नहुने थैलीहरू बनाओ। स्‍वर्गमा कहिल्‍यै नष्‍ट नहुने धन स्‍वर्गमा सञ्‍चय गर। त्‍यहाँ चोर आउँदैन र कीरा पनि लाग्‍दैन।
34 किनकि जहाँ तिम्रो धन छ, त्‍यहीँ तिम्रो मन पनि हुनेछ।

यूहन्‍ना 14 : 1
1 “तिमीहरूको हृदय व्‍याकुल नहोस्‌। तिमीहरू परमेश्‍वरमाथि विश्‍वास गर्दछौ, ममाथि पनि विश्‍वास गर।

भजनसंग्रह 55 : 22
22 तिम्रा चिन्‍ता र फिक्री परमप्रभुमा राख र उहाँले तिमीलाई सम्‍हाल्‍नुहुनेछ। उहाँले धर्मीलाई कहिल्‍यै डग्‍न दिनुहुनेछैन।

गलाती 6 : 9
9 भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्‍मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *