यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् चित्तिम
उत्पत्ति 10 : 4
4 यावानका छोराहरू: एलीशाह, तर्शीश, कित्तीम र रोदानीम।
यशैया 23 : 1
1 टुरोसको विषयमा ईश्वरवाणी: हे तर्शीशका जहाज हो, विलाप गर, किनकि टुरोस ध्वस्त पारिएको छ, र त्यहाँ कुनै घर अथवा कुनै बन्दरगाह छोड़िएको छैन। साइप्रसबाट एउटा कुरा तिनीहरूकहाँ आएको छ।
यशैया 23 : 12
12 उहाँले भन्नुभयो, “हे चूर्ण पारिएका सीदोनकी कन्येछोरी, तेरो आमोदप्रमोद अब हुँदैन। उठ्, साइप्रस टापूतिर जा। तैंले त्यहाँ पनि केही विश्राम पाउनेछैनस्।”
यर्मिया 2 : 10
10 कित्तीमका किनारमा गएर हेर, केदारमा दूतहरू पठाई नियालेर हेर, के यस्तो काम त्यहाँ कहिल्यै भएको रहेछ त?
इजकिएल 27 : 6
6 तेरा पतवारहरू तिनीहरूले बाशानका फलाँटका बनाए। साइप्रसका समुद्र-किनारहरूबाट ल्याएका धूपीका काठले तिनीहरूले जहाजका तला बनाए, र त्यसलाई हस्ती-हाड़ले मोहोरे।
गन्ती 24 : 24
24 कित्तीमको किनारबाट जहाजहरू आउनेछन्, र उनीहरूले अश्शूर र एबेरलाई कष्ट दिनेछन्, तर तिनीहरू पनि नष्ट हुनेछन्।”
दानिएल 11 : 30
30 पश्चिमी किनारका देशहरूबाट त्यसको विरुद्धमा जहाजहरू आउनेछन्, र त्यसले हरेस खानेछ। तब फर्केर पवित्र करारको विरुद्धमा त्यसले आफ्नो रीस पोख्नेछ। त्यो फर्कनेछ र त्यसले पवित्र करार त्याग्नेहरूलाई कृपा देखाउनेछ।
Leave a Reply