चालीस

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् चालीस

उत्‍पत्ति 7 : 17
17 पृथ्‍वीमा चालीस दिनसम्‍म जलप्रलय भइरह्यो। पानी बढ़ेर जहाजलाई उचाल्‍न लाग्‍यो र त्‍यो जमिनबाट माथि जान लाग्‍यो।

उत्‍पत्ति 8 : 6
6 चालीस दिनपछि आफूले बनाएको जहाजको झ्‍याल नोआले खोले,

उत्‍पत्ति 50 : 3
3 यसको निम्‍ति चालीस दिन लागेको थियो, किनकि सुगन्‍धित लेप लाउन यति नै दिन लाग्‍थ्‍यो। तिनको निम्‍ति मिश्रीहरूले पनि सत्तरी दिन शोक मनाए।

प्रस्‍थान 24 : 18
18 तब मोशा बादलको बीचमा भएर पर्वतमा उक्‍ले, र तिनी पर्वतमा चालीस दिन र चालीस रात रहे।

प्रस्‍थान 34 : 28
28 मोशा त्‍यहाँ परमप्रभुसित चालीस दिन र चालीस रात रहे। तिनले न त रोटी खाए न पानी पिए। तिनले ती शिला-पाटीहरूमा त्‍यस करारका वचन, अर्थात्‌ ती दश आज्ञाहरू लेखे।

व्यवस्था 9 : 9
9 परमप्रभुले तिमीहरूसित बाँध्‍नुभएको करारका शिला-पाटी लिनलाई जब म पर्वतमा उक्‍लेको थिएँ, तब म त्‍यस पर्वतमा चालीस दिन र चालीस रात रहें। मैले रोटी वा पानी खाइनँ।

व्यवस्था 9 : 25
25 परमप्रभुले तिमीहरूलाई नाश गर्छु भनी भन्‍नुभएकोले परमप्रभुको अगि म चालीस दिन र चालीस रात पस्रिरहें।

१ राजाहरू 19 : 8
8 यसैले तिनी उठेर खानपान गरे। त्‍यही भोजनको बल पाएर तिनी चालीस दिन र चालीस रात यात्रा गरेर परमेश्‍वरको पर्वत होरेबमा पुगे।

मत्ती 4 : 2
2 उहाँ चालीस दिन र चालीस रातसम्‍म उपवास बसिसकेपछि भोकाउनुभयो।

गन्ती 13 : 25
25 चालीस दिनको अन्‍तमा त्‍यस देशको भेद लिइसकेपछि तिनीहरू फर्के।

योना 3 : 4
4 पहिलो दिन योना सहरभित्र पसे। तिनले यसो भनेर घोषणा गरे, “अबको चालीस दिनमा निनवे नष्‍ट हुनेछ”

प्रेरित 1 : 3
3 आफ्‍नो दुःख-भोगपछि धेरै अकाट्य प्रमाणद्वारा तिनीहरूका सम्‍मुख उहाँले आफैलाई जीवित प्रस्‍तुत गर्नुभयो। चालीस दिनसम्‍म उहाँ तिनीहरूकहाँ देखा पर्नुभयो अनि परमेश्‍वरका राज्‍यको विषयमा तिनीहरूलाई बताउनुभयो।

इजकिएल 4 : 6
6 “ती दिन पूरा भइसकेपछि फेरि दाहिनेतिर कोल्‍टे पर्‌ र यहूदाका घरानाको पाप भोग्‌। यस पल्‍ट मैले चालीस दिन तेरो निम्‍ति तोकेको छु, प्रत्‍येक वर्षको लागि एक दिन।

प्रस्‍थान 16 : 35
35 इस्राएलीहरूले मानिसले बसोबास गरेको जमिनसम्‍म नपुगुञ्‍जेल चालीस वर्षसम्‍म मन्‍न खाइरहे। कनान देशको सिमानामा नपुगुञ्‍जेल तिनीहरूले त्‍यो मन्‍न खाइरहे।

गन्ती 14 : 34
34 तिमीहरूले त्‍यस देशको भेद लिन चालीस दिन बिताएका थियौ, यसकारण दिनको एक वर्ष गरी चालीस वर्षसम्‍म तिमीहरूले आफ्‍नो अधर्मको फल भोग्‍दै रहनेछौ, र तिमीहरूप्रति म नाराज भएको तिमीहरूले थाहा पाउनेछौ’।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *