चार सिजन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् चार सिजन

उत्‍पत्ति 8 : 22
22 “पृथ्‍वी रहुञ्‍जेल बीउ छर्ने र फसल काट्‌ने समय, जाडो र गर्मी, ग्रीष्‍म र शिशिर, र दिन र रातको अन्‍त हुनेछैन।”

दानिएल 2 : 21
21 उहाँले नै समय र ऋतुहरू परिवर्तन गर्नुहुन्‍छ। उहाँले राजाहरूलाई सिंहासनमा राख्‍नुहुन्‍छ र उनीहरूलाई अपदस्‍थ गर्नुहुन्‍छ। उहाँले समझदारहरूलाई बुद्धि दिनुहुन्‍छ अनि विवेकीहरूलाई ज्ञान दिनुहुन्‍छ।

उत्‍पत्ति 1 : 14 – 19
14 अनि परमेश्‍वरले भन्‍नुभयो, “अन्‍तरिक्षमा दिन र रात छुट्ट्याउनलाई ज्‍योतिहरू होऊन्‌। तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरू छुट्ट्याउन चिन्‍हको रूपमा काम गरून्‌।
15 र पृथ्‍वीमा प्रकाश दिनलाई अन्‍तरिक्षमा ती ज्‍योतिहरू होऊन्‌।” तब त्‍यस्‍तै भइहाल्‍यो।
16 अनि परमेश्‍वरले दुई विशाल ज्‍योतिहरू बनाउनुभयो— ठूलो ज्‍योति दिनमाथि प्रभुत्‍व गर्न, र सानो ज्‍योति रातमाथि प्रभुत्‍व गर्न। उहाँले ताराहरू पनि बनाउनुभयो।
17 अनि परमेश्‍वरले पृथ्‍वीमा प्रकाश दिनलाई,
18 दिन र रातमाथि प्रभुत्‍व गर्न अनि उज्‍यालो र अँध्‍यारोलाई अलग-अलग गर्नलाई ती आकाशमा राख्‍नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।
19 साँझ पर्‍यो र बिहान भयो— चौथो दिन।

आमोस 5 : 8
8 (किरकिटी र मृगशिरा तारा-समूहलाई सृजनुहुने, र घोर अन्‍धकारलाई प्रभातकालको उज्‍यालोमा परिवर्तन गर्नुहुने, दिनलाई अँध्‍यारो पारेर रात बनाउनुहुने, जसले समुद्रको पानीलाई बोलाउनुहुन्‍छ र त्‍यसलाई जमिनमा खन्‍याउनुहुन्‍छ— उहाँको नाउँ परमप्रभु नै हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *