यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् चर्च मा नेतृत्व
प्रेरित 20 : 28
28 तपाईंहरू आफ्ना निम्ति र आफ्नो समस्त बगालको निम्ति सावधान रहनुहोस्। पवित्र आत्माले तपाईंहरूलाई बगालका जिम्मावाल बनाउनुभएको हुनाले उहाँले आफ्नै रगतले किन्नुभएको परमेश्वरका मण्डलीको हेरचाह तपाईंहरू गर्नुहोस्।
हिब्रू 13 : 17
17 तिमीहरूका अगुवाहरूको आज्ञापालन गर, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्छ भन्ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाह गर्छन्। यो काम तिनीहरूले आनन्दसाथ गरून्। दुःख मानेर होइन, नत्रता त्यसबाट तिमीहरूलाई कुनै लाभ हुँदैन।
१ तिमोथी 3 : 1
1 यो भनाइ विश्वासयोग्य छ, यदि कुनै मानिसले बिशपको काम गर्ने चाहना गर्छ भने त्यसले असलै कामको इच्छा गर्छ।
याकूब 3 : 1
1 भाइ हो, तिमीहरूमध्ये धेरै जना शिक्षक नहोओ। किनकि तिमीहरू जान्दछौ, हामी शिक्षा दिनेहरूको न्याय अझ कठोर रूपले हुनेछ।
१ पत्रुस 5 : 1 – 4
1 ख्रीष्टका कष्टको साक्षी र प्रकट हुने महिमाको सहभागी भएको नाताले र एक सङ्गी-एल्डरको हैसियतले तिमीहरूमध्येका एल्डरहरूलाई म आग्रह गर्दछु।
2 तिमीहरूको रेखदेखमा राखिएको परमेश्वरका बगालको हेरचाह गर। करले होइन तर स्वेच्छाले, धनको लोभले होइन तर उत्साहसाथ,
3 तिमीहरूको जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन, तर बगालको निम्ति उदाहरण भएर।
4 र जब मूल गोठालो प्रकट हुनुहुनेछ, तब तिमीहरूले महिमाको नओइलाउने मुकुट प्राप्त गर्नेछौ।
१ तिमोथी 3 : 2
2 यसकारण बिशपचाहिँ कसैले दोष लगाउन नसक्ने, एउटै पत्नीका पति, संयमी, समझदार, सम्मानित, अतिथिसत्कार गर्ने, सुयोग्य शिक्षक होऊन्,
तीतस 1 : 6
6 एल्डर एउटै स्त्रीको पति र दोषरहित र यस्तो व्यक्ति होस्, जसका छोरा-छोरीहरू विश्वासी होऊन्, र चरित्रहीन र अनाज्ञाकारी नहोऊन्।
तीतस 1 : 7
7 किनभने परमेश्वरको कारिन्दा हुनुपर्ने हुनाले बिशपचाहिँ दोषरहित हुनुपर्छ। तिनी हठी वा झट्टै रीस गर्ने, वा मतवाला, वा झगड़ालु वा धनको लोभी हुनुहुँदैन,
फिलिप्पी 1 : 1
1 ख्रीष्ट येशूका दासहरू पावल र तिमोथीबाट, ख्रीष्ट येशूमा फिलिप्पीमा भएका बिशपहरू र डिकनहरूसाथै सबै सन्तहरूलाई:
Leave a Reply