यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् चर्च मा आदेश
१ कोरिन्थी 14 : 26 – 40
26 भाइ हो, अब हामी के भनौं त? तिमीहरू एकसाथ भेला हुँदा हरेकसँग भजन, वा शिक्षा, प्रकाश, अन्य भाषा वा अर्थ खोलाइ हुन्छ। यी सबै कुरा आत्मिक वृद्धिको निम्ति गरिऊन्।
27 कसैले अन्य भाषामा बोल्छ भने दुई जनाले मात्र अथवा बढ़ीमा तीन जनासमेतले पालोसँग बोलून्, र एक जनाले त्यसको अर्थ खोलोस्।
28 तर अर्थ खोल्ने त्यहाँ कोही नभए बोल्ने मानिस मण्डलीको सभामा चूप रहोस्, र त्यो आफैसँग र परमेश्वरसँग बोलोस्।
29 अगमवाणी बोल्नेचाहिँ दुई अथवा तीन जना होऊन्, र अरूले तिनीहरूले बोलेको कुरा राम्ररी जाँच गरून्।
30 तर त्यहाँ बस्ने कुनै एक जनालाई प्रकाश आयो भने पहिलो वक्ताचाहिँ चूप रहोस्।
31 तिमीहरू सबैले पालैसँग अगमवाणी बोल्न सक्छौ, र यसरी नै सबैले सिक्न सक्छन् अनि सबैले उत्साह पाउन सक्छन्।
32 अगमवक्ताहरूका आत्मा अगमवक्ताहरूकै अधीनमा हुन्छन्।
33 किनकि परमेश्वर गोलमालका परमेश्वर हुनुहुन्न, तर शान्तिका परमेश्वर हुनुहुन्छ। सन्तहरूका सबै मण्डलीमा भएको प्रथाअनुसार,
34 स्त्रीहरू मण्डलीको सभामा चूपचाप रहून्। तिनीहरूलाई बोल्ने अनुमति छैन, तर व्यवस्थाले भनेझैँ तिनीहरू अधीनमा रहून्।
35 केही कुराको बारेमा तिनीहरू सोध्न चाहन्छन् भने घरमा आ-आफ्ना पतिलाई सोधून्। किनभने मण्डलीमा स्त्रीहरूले बोल्नु शर्मको कुरो हो।
36 के परमेश्वरको वचन तिमीहरूबाट सुरु भएको हो? अथवा के तिमीहरूकहाँ मात्र यो आएको हो?
37 कसैले आफूलाई अगमवक्ता अथवा आत्मिक मानिस सम्झन्छ भने, मैले लेखेको कुरा प्रभुको आज्ञा हो भन्ने त्यसले स्वीकार गरोस्।
38 तर कसैले यसको वास्ता गर्दैन भने, त्यसको पनि वास्ता गरिनेछैन।
39 यसकारण भाइ हो, अगमवाणी बोल्ने उत्कट इच्छा गर, र अन्य भाषामा बोल्नेहरूलाई मनाही नगर।
40 तर सबै काम शिष्टतापूर्वक र सुव्यवस्थित ढङ्गले हुनुपर्छ।
१ तिमोथी 3 : 1 – 16
1 यो भनाइ विश्वासयोग्य छ, यदि कुनै मानिसले बिशपको काम गर्ने चाहना गर्छ भने त्यसले असलै कामको इच्छा गर्छ।
2 यसकारण बिशपचाहिँ कसैले दोष लगाउन नसक्ने, एउटै पत्नीका पति, संयमी, समझदार, सम्मानित, अतिथिसत्कार गर्ने, सुयोग्य शिक्षक होऊन्,
3 मतवाला र रिसाहा होइन तर तिनी विनम्र, झगड़ा नगर्ने, धनको लोभ नगर्ने,
4 आफ्नो घर राम्ररी चलाउन सक्ने र आफ्ना छोरा-छोरीहरूलाई आदरपूर्वक आज्ञापालन गर्ने बनाऊन्।
5 यदि कुनै मानिसले आफ्ना घरकाहरूलाई तह लगाउन जान्दैन भने, तिनले परमेश्वरका मण्डलीको रेखदेख कसरी गर्न सक्छ र?
6 तिनी नयाँ विश्वासी नहोऊन्, नत्रता घमण्डले फुलेर तिनी दियाबलसले पाउने दण्डमा पर्नेछन्।
7 फेरि, बाहिरकाहरूका दृष्टिमा पनि तिनी असल ठहरिनुपर्छ, नत्रता तिनी निन्दा र दियाबलसको पासोमा पर्नेछन्।
8 त्यसै गरी डिकनहरू पनि गम्भीर हुनुपर्छ, दुई-जिब्रे होइन, बढ़ी मद्य पिउने र धनको लोभी होइन,
9 तर तिनीहरू विश्वासको रहस्य शुद्ध विवेकमा कायम राख्ने हुनुपर्छ।
10 पहिले तिनीहरूको जाँच पनि होस्। त्यसपछि तिनीहरूले आफैलाई दोषरहित प्रमाणित गर्न सके भने तिनीहरूले डिकनको सेवा गरून्।
11 स्त्रीहरू पनि यहीबमोजिम गम्भीर, अर्काको बदख्वाइँ नगर्ने, तर सबै कुरामा संयमी र विश्वासयोग्य हुनुपर्छ।
12 डिकन एउटै पत्नीका पति होऊन्। आफ्ना छोरा-छोरीहरू र आफ्नो घरको प्रबन्ध राम्ररी मिलाउन सक्ने होऊन्।
13 किनकि डिकनले गर्नुपर्ने सेवा जसले राम्ररी गर्छन् तिनीहरूले आ-आफ्ना निम्ति प्रतिष्ठा र ख्रीष्ट येशूमा भएको विश्वासमा पनि ठूलो भरोसा पाउनेछन्।
14 तिमीकहाँ चाँड़ै आउने आशा राखेको छु, तर म यो तिमीलाई लेख्तछु,
15 ताकि कतै म ढिलाएँ भने पनि परमेश्वरको घराना, जो जीवित परमेश्वरको मण्डली हो र सत्यको खामो र आड़ हो, त्यहाँ कसरी चल्नुपर्छ सो तिमीले जानिराख।
16 हामी स्वीकार गर्दछौं, कि हाम्रो विश्वासको रहस्य अति महान् छ: उहाँ स्वयम् शरीरमा प्रकट हुनुभयो, पवित्र आत्माद्वारा धर्मी ठहरिनुभयो, स्वर्गदूतहरूबाट देखिनुभयो, जाति-जातिहरूका माझमा प्रचारिनुभयो, संसारमा विश्वास गरिनुभयो, महिमामा माथि उचालिनुभयो।
एफिसी 4 : 11 – 16
11 अनि उहाँका वरदानहरूचाहिँ यी नै थिए, कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू र कोही शिक्षकहरू बनून्,
12 कि ख्रीष्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित होऊन्,
13 जबसम्म हामी सबैले विश्वासको र परमेश्वरका पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौं, र परिपक्व मानिस बनी ख्रीष्टका पूर्णताको नापसम्म पुग्दैनौं।
14 यसरी हामी छालले अगि-पछि हुत्त्याइएका, धार्मिक-सिद्धान्तको प्रत्येक बतासले र मानिसहरूका जालझेल, धूर्तता र फट्याइँले यताउता उड़ाइएका बालकहरूजस्ता नहोऔं।
15 बरु प्रेमसित सत्य बोल्दै हरेक कुरामा हामी उहाँसम्मै, अर्थात् ख्रीष्टसम्मै बढ्दैजाऔं, जो शिर हुनुहुन्छ।
16 उहाँबाट नै सारा शरीर प्रत्येक जोर्नीद्वारा जोडिएको र बाँधिएको भई प्रत्येक भागले ठीक-ठीक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदैजानेछ।
२ तिमोथी 2 : 15
15 शर्माउन नपर्ने र सत्यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्तै आफूले आफूलाई परमेश्वरमा ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर।
१ तिमोथी 2 : 1 – 15
1 सर्वप्रथम म आग्रह गर्दछु, कि सबै मानिसहरूका निम्ति नम्र-निवेदन, प्रार्थना र मध्यस्थ-बिन्ती र धन्यवाद चढ़ाइऊन्,
2 राजाहरू र सबै उच्च पदमा भएकाहरूका निम्ति पनि, ताकि हामी निर्धक्क र शान्तिपूर्ण भएर हरप्रकारले धार्मिक र आदरणीय जीवन बिताउन सकौं।
3 हाम्रा मुक्तिदाता परमेश्वरको दृष्टिमा यो असल र ग्रहणयोग्य छ।
4 सबै मानिसहरूले मुक्ति पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ।
5 किनकि परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसहरूका बीचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ— मानिस, ख्रीष्ट येशू।
6 उहाँले सबैका छुटकाराका मोलको निम्ति आफैलाई सुम्पिदिनुभयो, जुन कुराको गवाही ठीक समयमा दिइयो।
7 यसको खातिर म प्रचारक र प्रेरित नियुक्त भएँ, र विश्वास र सत्यतामा अन्यजातिहरूका निम्ति चाहिँ शिक्षक। म साँचो भन्दछु, म ढाँट्दिनँ।
8 यसकारण सबै ठाउँमा पुरुषहरूले पवित्र हात उठाएर विनाक्रोध र विनाविवाद प्रार्थना गरून् भन्ने म चाहन्छु।
9 यसै गरी म चाहन्छु, कि स्त्रीहरूले सरलता र भद्रतासाथ सुहाउँदो वस्त्र पहिरून्, केशको बढ़ी सिङ्गार गरेर, सुन, मोती र बहुमूल्य वस्त्रहरू पहिरेर होइन,
10 तर असल कामद्वारा सुसज्जित होऊन्, जो परमेश्वरको भक्ति गर्ने स्त्रीहरूलाई सुहाउँछ।
11 स्त्रीले पूर्ण दीनतासाथ चूपचाप बसेर सिकून्।
12 तर स्त्रीले पुरुषलाई सिकाउने र पुरुषमाथि अधिकार जमाउने काममा म अनुमति दिन्नँ, तर तिनी चूपचापै रहून्।
13 किनभने आदम नै पहिले सृजिएका हुन्, त्यसपछि हव्वा।
14 आदम छलिएका होइनन्, तर स्त्रीचाहिँ छलिएर अपराधमा फसेकी हुन्।
15 तरै पनि, यदि तिनी सुशीलतासाथ विश्वास, प्रेम र पवित्रतामा रहिन् भने, बालक जन्ममा तिनी बचाइनेछिन्।
Leave a Reply