चर्च परिवार

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् चर्च परिवार

हिब्रू 10 : 24 – 25
24 हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्‍ति कसरी उत्‍साहित गराउने त्‍यस कुरामाथि विचार गरौं।
25 कति जनाको सङ्गतिमा नजाने बानी हुन्‍छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन्‌ प्रोत्‍साहन देओ।

रोमी 12 : 10 – 13
10 भातृ-प्रेमसँग एकअर्कालाई प्रेम गर। आफूलाई भन्‍दा बढ़ी अरूलाई आदर गर।
11 जोशमा पछि नहट। पवित्र आत्‍मामा प्रज्‍वलित होओ, प्रभुको सेवा गर्दैरहो।
12 आफ्‍नो आशामा आनन्‍द गर, सङ्कष्‍टमा धैर्य धारण गर, प्रार्थनामा निरन्‍तर लागिरहो।
13 सन्‍तहरूको खाँचोमा सहायता देओ, अतिथिसत्‍कार कायम राख।

कलस्सी 3 : 16
16 ख्रीष्‍टको वचन तिमीहरूमा प्रशस्‍ततासँग वास गरोस्‌। पूरा बुद्धिमानीसाथ एउटाले अर्कालाई सिकाओ र अर्ती देओ, र परमेश्‍वरप्रति आफ्‍नो हृदयमा रहेको कृतज्ञतासाथ भजन, स्‍तुति र आत्‍मिक गान गाओ।

मत्ती 12 : 49 – 50
49 अनि उहाँले आफ्‍नो हातले चेलाहरूलाई देखाउँदै भन्‍नुभयो, “हेर मेरी आमा र मेरा भाइहरू।
50 किनभने जसले स्‍वर्गमा हुनुहुने मेरा पिताको इच्‍छा पालन गर्दछ, त्‍यही नै मेरो भाइ, र मेरी बहिनी, र मेरी आमा हुन्‌।”

प्रेरित 2 : 42 – 47
42 तिनीहरू प्रेरितहरूका शिक्षा, सङ्गति र रोटी भाँच्‍न र प्रार्थनामा भक्तिसाथ लागिरहन्‍थे।
43 हरेकको हृदयमा भय उत्‍पन्‍न भयो, र प्रेरितहरूद्वारा धेरै अचम्‍मका काम र चिन्‍हहरू भए।
44 विश्‍वास गर्नेहरू जति सबै एकसाथ बस्‍थे, र तिनीहरूका सबै थोक साझा थिए।
45 तिनीहरूले आफ्‍ना सम्‍पत्ति र मालमत्ता बेचिकन जस-जसलाई जे-जे कुराको खाँचो पर्थ्‍यो सबैलाई ती बाँड़िदिन्‍थे।
46 तिनीहरू एकै मनका भई मन्‍दिरमा एकसाथ उपस्‍थित हुन्‍थे, र घर-घरमा रोटी भाँच्‍थे, र तिनीहरू खुशी र शुद्ध हृदयले मिलीजुली खान्‍थे,
47 र परमेश्‍वरको प्रशंसा गर्दै, र सबै मानिसहरूबाट शुभेच्‍छा पाउँदै बस्‍थे। उद्धार पाउनेहरूलाई प्रभुले दिनदिनै तिनीहरूको संख्‍यामा थपिदिनुहुन्‍थ्‍यो।

१ यूहन्‍ना 3 : 1 – 24
1 हेर, पिताले हामीलाई कस्‍तो किसिमले प्रेम गर्नुभएको छ, कि हामी परमेश्‍वरका सन्‍तान भनी कहलिएकाहरू हौं, र साँच्‍चै हौं पनि। यसैकारणले त संसारले हामीलाई चिन्‍दैन, किनभने त्‍यसले उहाँलाई चिनेन।
2 प्रिय हो, अहिले हामी परमेश्‍वरका सन्‍तान हौं, र हामी के होऔंला, सो अहिलेसम्‍म प्रकट भएको छैन। यति जान्‍दछौं, कि जब उहाँ प्रकट हुनुहुन्‍छ, तब हामी उहाँजस्‍तै हुनेछौं। किनकि उहाँ जस्‍तो हुनुहुन्‍छ हामी उहाँलाई त्‍यस्‍तै देख्‍नेछौं।
3 अनि जस्‍तो उहाँ पवित्र हुनुहुन्‍छ, उहाँमाथि यो आशा राख्‍ने हरेक मानिसले आफूलाई पवित्र पार्छ।
4 पाप गर्ने हरेकले व्‍यवस्‍था भङ्ग गर्दछ। पाप नै व्‍यवस्‍था भङ्ग हो।
5 पाप हरण गर्नलाई नै उहाँ प्रकट हुनुभएको हो भन्‍ने कुरा तिमीहरू जान्‍दछौ। र उहाँमा कुनै पाप छैन।
6 उहाँमा रहने कसैले पाप गरिरहँदैन। पाप गरिरहने कसैले उहाँलाई न देखेको छ न त चिनेको नै छ।
7 साना बालकहरू, कुनै मानिसले तिमीहरूलाई छल्‍न नपाओस्‌। जो धार्मिकतामा चल्छ, ऊ धर्मी हो, जस्‍तो उहाँ धर्मी हुनुहुन्‍छ।
8 जसले पाप गर्छ त्‍यो दियाबलसको [1] हो। किनकि दियाबलसले त सुरुदेखि नै पाप गर्दैआएको छ। दियाबलसका कामहरू नष्‍ट पार्नलाई नै परमेश्‍वरका पुत्र प्रकट हुनुभएको हो।
9 परमेश्‍वरबाट जन्‍मेको कसैले पनि पाप गरिरहँदैन, किनकि उहाँको स्‍वभाव त्‍यसमा रहन्‍छ, र त्‍यसले पाप गरिरहन सक्‍दैन, किनभने त्‍यो परमेश्‍वरबाट जन्‍मेको हो।
10 परमेश्‍वरको सन्‍तान को हो र दियाबलसको सन्‍तान को हो, यसैबाट प्रष्‍ट हुन्‍छ— जो धार्मिकतामा चल्दैन ऊ परमेश्‍वरको सन्‍तान होइन, र त्‍यो व्‍यक्ति पनि होइन, जसले आफ्‍नो दाजुभाइलाई प्रेम गर्दैन।
11 तिमीहरूले सुरुदेखि नै सुनेको सन्‍देश यही हो, “हामीले एक-अर्कालाई प्रेम गर्नुपर्छ।”
12 कयिनजस्‍तो नहोओ, जो दुष्ट थियो। उसले आफ्‍नो भाइको हत्‍या गर्‍यो। उसले आफ्‍नो भाइको हत्‍या किन गर्‍यो? किनकि उसका आफ्‍ना कामहरू दुष्‍ट थिए, अनि उसको भाइका कामहरूचाहिँ धार्मिक थिए।
13 भाइ हो, संसारले तिमीहरूलाई घृणा गर्दा अचम्‍म नमान।
14 हामी जान्‍दछौं, कि हामी त मृत्‍युबाट पार भएर जीवनमा सरिसकेका छौं, किनभने हामी आफ्‍ना दाजुभाइहरूलाई प्रेम गर्छौं। जसले प्रेम गर्दैन, त्‍यो मृत्‍युमा रहिरहन्‍छ।
15 आफ्‍नो दाजुभाइलाई घृणा गर्ने हरेक हत्‍यारा हो, र कुनै हत्‍यारासँग अनन्‍त जीवन रहँदैन भन्‍ने तिमीहरूलाई थाहै छ।
16 प्रेम के हो भनी हामी यसैबाट थाहा पाउँछौं, कि उहाँले हाम्रा निम्‍ति आफ्‍नो प्राण दिनुभयो र हामीले पनि आफ्‍ना दाजुभाइहरूका निम्‍ति आफ्‍नो प्राण दिनुपर्छ।
17 कसैसित संसारको धन-सम्‍पत्ति छ, र पनि आफ्‍ना दाजुभाइलाई खाँचोमा परेको देख्‍दा उनीहरूप्रति आफ्‍नो मन कठोर पार्छ भने, परमेश्‍वरको प्रेमले कसरी त्‍यसमा वास गर्छ?
18 मेरा साना बालकहरू, वचन वा मुखले मात्र हामी प्रेम नगरौं, तर काम र सत्‍यताले प्रेम गरौं।
19 यसैबाट हामी जान्‍न सक्‍छौं कि हामी सत्‍यका हौं, र यसरी उहाँको सामुन्‍ने हाम्रा हृदयलाई ढाड़स दिन सक्‍छौं।
20 जब हाम्रो हृदयले हामीलाई दोष दिन्‍छ, हामी जान्‍दछौं परमेश्‍वर हाम्रो हृदयभन्‍दा महान्‌ हुनुहुन्‍छ, र उहाँले सब कुरा जान्‍नुहुन्‍छ।
21 प्रिय हो, हाम्रो हृदयले हामीलाई दोष दिदैंन भने परमेश्‍वरको सामुन्‍ने हामीलाई साहस हुन्‍छ।
22 अनि हामी जे माग्‍छौं, सो उहाँबाट पाउँछौं, किनभने हामी उहाँका आज्ञा पालन गर्छौं, र उहाँलाई मन पर्ने कामहरू गर्छौं।
23 अनि उहाँको आज्ञा यही हो, कि हामीले उहाँका पुत्र येशू ख्रीष्‍टको नाउँमा विश्‍वास गर्नुपर्छ, र उहाँले हामीलाई आज्ञा दिनुभएबमोजिम हामीले एक अर्कोलाई प्रेम गर्नुपर्छ।
24 उहाँका आज्ञा पालन गर्नेहरू सबै उहाँमा रहन्‍छन्, र उहाँ तिनीहरूमा रहनुहुन्‍छ। उहाँले हामीलाई दिनुभएको पवित्र आत्‍माद्वारा हामी जान्‍दछौं, कि उहाँ हामीमा वास गर्नुहुन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *