यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् चर्च जाँदै
हिब्रू 10 : 24 – 25
24 हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथि विचार गरौं।
25 कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन् प्रोत्साहन देओ।
भजनसंग्रह 150 : 1 – 6
1 हल्लेलूयाह! [1] परमप्रभुलाई उहाँको पवित्रस्थानमा प्रशंसा गर, उहाँको महिमामय आकाशमा उहाँको प्रशंसा गर!
2 उहाँका शक्तिशाली कार्यहरूका निम्ति उहाँको प्रशंसा गर! उहाँको उत्कृष्ट महानताको निम्ति उहाँको प्रशंसा गर!
3 तुरही बजाएर उहाँको प्रशंसा गर। वीणा र सारङ्गी बजाएर उहाँको प्रशंसा गर!
4 खैँजड़ी र नाचका साथ उहाँको प्रशंसा गर। तार-वाद्य र बाँसुरी बजाएर उहाँको प्रशंसा गर!
5 झ्यालीका झङ्कारका साथ उहाँको प्रशंसा गर। गुञ्जायमान पार्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर!
6 सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्! हल्लेलूयाह!
कलस्सी 3 : 16
16 ख्रीष्टको वचन तिमीहरूमा प्रशस्ततासँग वास गरोस्। पूरा बुद्धिमानीसाथ एउटाले अर्कालाई सिकाओ र अर्ती देओ, र परमेश्वरप्रति आफ्नो हृदयमा रहेको कृतज्ञतासाथ भजन, स्तुति र आत्मिक गान गाओ।
१ तिमोथी 3 : 14 – 15
14 तिमीकहाँ चाँड़ै आउने आशा राखेको छु, तर म यो तिमीलाई लेख्तछु,
15 ताकि कतै म ढिलाएँ भने पनि परमेश्वरको घराना, जो जीवित परमेश्वरको मण्डली हो र सत्यको खामो र आड़ हो, त्यहाँ कसरी चल्नुपर्छ सो तिमीले जानिराख।
भजनसंग्रह 122 : 1 – 9
1 यात्राको निम्ति दाऊदको गीत [1] जब तिनीहरूले मलाई भने, “परमप्रभुको भवनमा हामी जाऔं,” तब म आनन्दित भएँ।
2 ए यरूशलेम, हाम्रा खुट्टाहरू, तेरा ढोकाहरूमा खड़ा भएका छन्।
3 यरूशलेम सुदृढ़ रूपले एकसाथ बाँधिएर निर्माण भएको सहरजस्तै छ।
4 इस्राएललाई दिइएका कानूनअनुसार, परमप्रभुका कुलहरू परमप्रभुका नाउँको प्रशंसा गर्न त्यहाँ जान्छन्।
5 त्यहाँ न्यायका सिंहासनहरू छन्, दाऊदको वंशका सिंहासनहरू त्यहाँ छन्।
6 यरूशलेमका शान्तिको निम्ति प्रार्थना गर, “तँलाई माया गर्नेहरू सुरक्षित रहून्,
7 तेरा पर्खालभित्र शान्ति होस्, र तेरा किल्लाहरूभित्र सुरक्षा।”
8 मेरा दाजुभाइहरू र मेरा मित्रहरूका निम्ति म भन्नेछु, “तिमीहरूमा शान्ति होस्।”
9 परमप्रभु हाम्रा परमेश्वरका भवनको खातिर म तेरो भलाइ नै खोज्नेछु।
२ तिमोथी 2 : 15
15 शर्माउन नपर्ने र सत्यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्तै आफूले आफूलाई परमेश्वरमा ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर।
प्रेरित 2 : 47
47 र परमेश्वरको प्रशंसा गर्दै, र सबै मानिसहरूबाट शुभेच्छा पाउँदै बस्थे। उद्धार पाउनेहरूलाई प्रभुले दिनदिनै तिनीहरूको संख्यामा थपिदिनुहुन्थ्यो।
मत्ती 6 : 5
5 “जब तिमी प्रार्थना गर्दछौ तब ढोंगीहरूजस्ता नहोओ, किनकि तिनीहरू सभाघरहरूमा र सड़कहरूका कुनामा मानिसहरूले देखून् भनी खड़ा भएर प्रार्थना गर्न मन गर्दछन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्।
Leave a Reply