चर्चमा पास्टरहरूको अधिकार

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् चर्चमा पास्टरहरूको अधिकार

१ तिमोथी 3 : 1 – 7
1 यो भनाइ विश्‍वासयोग्‍य छ, यदि कुनै मानिसले बिशपको काम गर्ने चाहना गर्छ भने त्‍यसले असलै कामको इच्‍छा गर्छ।
2 यसकारण बिशपचाहिँ कसैले दोष लगाउन नसक्‍ने, एउटै पत्‍नीका पति, संयमी, समझदार, सम्‍मानित, अतिथिसत्‍कार गर्ने, सुयोग्‍य शिक्षक होऊन्,
3 मतवाला र रिसाहा होइन तर तिनी विनम्र, झगड़ा नगर्ने, धनको लोभ नगर्ने,
4 आफ्‍नो घर राम्ररी चलाउन सक्‍ने र आफ्‍ना छोरा-छोरीहरूलाई आदरपूर्वक आज्ञापालन गर्ने बनाऊन्‌।
5 यदि कुनै मानिसले आफ्‍ना घरकाहरूलाई तह लगाउन जान्‍दैन भने, तिनले परमेश्‍वरका मण्‍डलीको रेखदेख कसरी गर्न सक्‍छ र?
6 तिनी नयाँ विश्‍वासी नहोऊन्, नत्रता घमण्‍डले फुलेर तिनी दियाबलसले पाउने दण्‍डमा पर्नेछन्‌।
7 फेरि, बाहिरकाहरूका दृष्‍टिमा पनि तिनी असल ठहरिनुपर्छ, नत्रता तिनी निन्‍दा र दियाबलसको पासोमा पर्नेछन्‌।

१ थेसलोनिकी 5 : 12
12 तर भाइ हो, हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्दछौं, कि तिमीहरूका माझमा परिश्रम गर्नेहरू, जो प्रभुमा अगुवाहरू हुन्‌ र तिमीहरूलाई चेताउनी दिन्‍छन्, तिनको आदर गर,

प्रेरित 20 : 28
28 तपाईंहरू आफ्‍ना निम्‍ति र आफ्‍नो समस्‍त बगालको निम्‍ति सावधान रहनुहोस्‌। पवित्र आत्‍माले तपाईंहरूलाई बगालका जिम्‍मावाल बनाउनुभएको हुनाले उहाँले आफ्‍नै रगतले किन्‍नुभएको परमेश्‍वरका मण्‍डलीको हेरचाह तपाईंहरू गर्नुहोस्‌।

तीतस 1 : 6 – 9
6 एल्‍डर एउटै स्‍त्रीको पति र दोषरहित र यस्‍तो व्‍यक्ति होस्, जसका छोरा-छोरीहरू विश्‍वासी होऊन्, र चरित्रहीन र अनाज्ञाकारी नहोऊन्‌।
7 किनभने परमेश्‍वरको कारिन्‍दा हुनुपर्ने हुनाले बिशपचाहिँ दोषरहित हुनुपर्छ। तिनी हठी वा झट्टै रीस गर्ने, वा मतवाला, वा झगड़ालु वा धनको लोभी हुनुहुँदैन,
8 तर अतिथिसत्‍कार गर्ने, भलाइ प्रेमी, आफूलाई वशमा राख्‍ने, ईमानदार, पवित्र र संयमी हुनुपर्दछ।
9 तिनलाई सिकाइएको विश्‍वासयोग्‍य वचनमा तिनी दह्रिलो बस्‍नुपर्छ, ताकि तिनले पक्‍का सिद्धान्‍तअनुसार शिक्षा दिन सकून्, र ती कुराहरूको खण्‍डन गर्नेहरूलाई झूटा साबित गर्न सकून्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *