यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् चमत्कारहरू
उत्पत्ति 11 : 9
9 यसकारण त्यसको नाउँ बाबेल [1] राखियो, किनभने परमप्रभुले त्यहीँ नै सारा पृथ्वीभरिका भाषा खलबल पारिदिनुभएको थियो। त्यहीँबाटै परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीभरि तितरबितर पारिदिनुभयो।
उत्पत्ति 15 : 17
17 सूर्य अस्ताएपछि जब अँध्यारो भयो तब मासुका टुक्राहरूका बीचबाट धूवाँ आइरहेको आगोको एउटा मकल र बलिरहेको एउटा राँको छिरिगयो।
उत्पत्ति 17 : 17
17 तब अब्राहाम घोप्टो परी मनमनै हाँसेर भने, “के सय वर्ष पुगिसकेकोलाई सन्तान होला? नब्बे वर्ष पुगेकी साराले बालक जन्माउलिन् र?”
उत्पत्ति 18 : 12
12 यसकारण सारा मनमनै यसो भन्दै हाँसिन्, “म वृद्ध भइसकेकी छु, र मेरा पति पनि वृद्ध भइसक्नुभएको छ, र के मलाई यो सुख हुन्छ र?”
उत्पत्ति 21 : 2
2 सारा गर्भवती भइन्, र अब्राहामको वृद्धावस्थामा, परमेश्वरले अब्राहामलाई भन्नुभएको समयमा तिनले एक जना छोरा जन्माइन्।
उत्पत्ति 19 : 26
26 तर लोतकी पत्नीले पछाड़ि फर्केर हेरिन्, र तिनी नूनको थाम भइहालिन्।
उत्पत्ति 20 : 18
18 किनभने अब्राहामकी पत्नी साराको कारणले गर्दा परमेश्वरले अबीमेलेकको घरका जम्मैको कोख बन्द गरिदिनुभएको थियो।
उत्पत्ति 21 : 19
19 तब परमेश्वरले तिनका आँखा खोलिदिनुभयो, र तिनले एउटा पानीको कूवा देखी, र गएर मशकमा पानी भरेर बालकलाई पिउन दिई।
उत्पत्ति 25 : 21
21 तिनी बाँझी भएकी हुनाले इसहाकले आफ्नी पत्नीको निम्ति परमप्रभुसँग प्रार्थना गरे। तब परमप्रभुले उनको प्रार्थना सुन्नुभयो, र रिबेका गर्भवती भइन्।
उत्पत्ति 30 : 22
22 तब परमेश्वरले राहेललाई सम्झनुभयो, र तिनको बिन्ती सुनेर उहाँले तिनको गर्भ खोलिदिनुभयो।
प्रस्थान 3 : 2
2 त्यहाँ एउटा जलिरहेको पोथ्राको ज्वालामा परमप्रभुका दूत तिनीकहाँ प्रकट भए, र तिनले पोथ्रालाई हेरे। त्यो पोथ्रा जलिरहेको थियो— तापनि भस्म हुँदैनथ्यो।
प्रस्थान 4 : 4
4 तब परमेश्वरले मोशालाई भन्नुभयो, “तेरो हात लम्काएर त्यसको पुच्छरमा समात्।” अनि मोशाले हात लम्काएर समाते, र त्यो तिनको हातमा फेरि लट्ठी नै भइहाल्यो।
Leave a Reply