यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् चट्टान
व्यवस्था 8 : 15
15 उहाँले तिमीहरूलाई विषालु सर्प र बिच्छीहरू भएको, निर्जल र रूखो भूमि भएको विशाल र भयानक उजाड़-स्थानको बीचमा डोर्याउनुभयो। उहाँले तिमीहरूका निम्ति चट्टानबाट पानी निकाल्नुभयो।
भजनसंग्रह 78 : 16
16 उहाँले चट्टानबाट पानीको धारा निकाल्नुभयो, र पानी नदीझैँ बगाउनुभयो।
भजनसंग्रह 78 : 20
20 जब उहाँले चट्टानलाई हिर्काउनुभयो, तब पानी फुटिनिस्क्यो, र खोलाहरू प्रशस्त भई बगे। तर के उहाँले हामीलाई भोजन पनि दिन सक्नुहुन्छ र? के उहाँले आफ्ना मानिसहरूका निम्ति मासु जुटाउन सक्नुहुन्छ र?”
यर्मिया 49 : 16
16 तैंले प्रेरणा दिएको त्रास र तेरो हृदयको घमण्डले तँलाई धोका दिएको छ। हे चट्टानका चिराहरूमा बस्ने, हे डाँड़ाका टाकुराहरू ओगटेर बस्ने, तैंले आफ्नो गुँड़ गरुडको झैँ अल्गोमा बनाए तापनि म तँलाई त्यहाँबाट तल झार्नेछु,” परमप्रभु भन्नुहुन्छ।
ओबदिया 1 : 3
3 तेरो हृदयको घमण्डले तँलाई धोका दिएको छ। तँ चट्टानका ध्वान्द्राहरू र अल्गा-अल्गा ठाउँमा बस्ने, ‘मलाई तल जमिनमा खसाल्न कसले सक्छ?’ भनी तँ आफ्नो मनमा भन्छस्।
मत्ती 7 : 25
25 अनि पानी पर्यो, र बाढ़ी आयो, अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो, र पनि त्यो घर ढलेन। किनकि त्यो चट्टानमाथि बसालिएको थियो।
अय्यूब 29 : 6
6 जब मेरो बाटोमा दूध बग्थ्यो, र चट्टानहरूबाट जैतूनको तेल बग्थ्यो।
व्यवस्था 32 : 13
13 उहाँले तिनलाई पृथ्वीका अग्ला ठाउँहरूमाथि सवार गराउनुभयो, अनि तिनलाई खेतको उब्जनी खुवाउनुभयो। उहाँले तिनलाई पहराको मह र दर्शनढुङ्गाको भीरबाट तेल खुवाउनुभयो।
व्यवस्था 32 : 4
4 उहाँ नै चट्टान हुनुहुन्छ। उहाँका काम सिद्ध छन्, र उहाँका सबै चाल न्यायोचित छन्। एउटा विश्वासयोग्य परमेश्वर जसले भूल गर्नुहुन्न, न्यायी र सत्य उहाँ हुनुहुन्छ।
२ शमूएल 22 : 32
32 किनकि परमप्रभुबाहेक अरू को परमेश्वर छ र? हाम्रा परमेश्वरबाहेक अरू चट्टान को छ र?
२ शमूएल 22 : 47
47 “परमप्रभु जीवित हुनुहुन्छ! मेरो चट्टानको स्तुति-प्रशंसा होस्! परमेश्वर मेरा चट्टान, मेरा उद्धारक उच्च होऊन्।
२ शमूएल 23 : 3
3 इस्राएलका परमेश्वर बोल्नुभयो, इस्राएलका चट्टानले मलाई भन्नुभयो: ‘जसले न्यायसित मानिसहरूलाई शासन गर्छ, जसले परमेश्वरको भय राखीकन शासन गर्छ,
भजनसंग्रह 18 : 2
2 परमप्रभु मेरो चट्टान, मेरो किल्ला र मेरा उद्धारक हुनुहुन्छ। मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु। उहाँ मेरो ढाल, र मेरा शक्तिशाली उद्धारक हुनुहुन्छ, मेरो गढ़।
भजनसंग्रह 31 : 2
2 मेरो पुकारा सुनिदिनुहोस्, मलाई झट्टै छुटाउनुहोस्। तपाईं मेरो निम्ति शरणको चट्टान हुनुहोस्, मलाई बचाउने एउटा बलियो गढ़ हुनुहोस्।
भजनसंग्रह 40 : 2
2 उहाँले मलाई सर्वनाशको खाड़ल र हिले धापबाट निकाल्नुभयो। उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्नुभयो, र मलाई उभिन दृढ़ स्थान दिनुभयो।
यशैया 17 : 10
10 तैंले तेरो उद्धार गर्ने परमेश्वरलाई बिर्सेको छस्, र चट्टान, अर्थात् तेरो किल्लालाई तैंले सम्झिनस्। यसैकारण, यद्यपि तैंले अति सुन्दर बोटहरू रोपिस् र विदेशबाट ल्याएका दाखका बोटहरू लगाइस्,
यशैया 32 : 2
2 प्रत्येक मानिस बतासबाट शरणस्थान, र आँधीबेहरीबाट आश्रय लिने ठाउँ, मरुभूमिमा पानी भएका खोलाहरू, र सुक्खा भूमिमा ठूलो चट्टानको छायाजस्तै हुनेछ।
मत्ती 16 : 18
18 म तिमीलाई भन्दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्डली [1] यस चट्टानमाथि स्थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथि विजयी हुनेछैनन्।
१ कोरिन्थी 10 : 4
4 सबैले आत्मिक पानी पिए, किनकि तिनीहरूका साथसाथै हिँड्ने आत्मिक चट्टानको पानी तिनीहरूले पिए र त्यो चट्टानचाहिँ ख्रीष्ट नै हुनुहुन्थ्यो।
Leave a Reply