घुसखोरी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् घुसखोरी

प्रस्‍थान 23 : 8
8 “घूस नखाओ, किनकि घूसले मानिसलाई अन्‍धा तुल्‍याउँछ, र धार्मिकताको कुरालाई उल्‍टाइदिन्‍छ।”

हितोपदेश 15 : 27
27 लोभी मानिसले आफ्‍नो परिवारमा सङ्कष्‍ट ल्‍याउँछ, तर जसले घूसलाई घृणा गर्छ त्‍यो जिउनेछ।

हितोपदेश 17 : 23
23 दुष्‍ट मानिसले न्‍याय बिगार्न गुप्‍तमा घूस स्‍वीकार गर्छ।

हितोपदेश 17 : 8
8 जसले घूस दिन्‍छ त्‍यसको लागि त्‍यो टुनाजस्‍तै हो, जहाँ गए पनि त्‍यो सफल हुन्‍छ।

१ तिमोथी 6 : 10
10 किनभने रुपियाँपैसाको मोह नै सबै किसिमका खराबीको जड़ हो। पैसाको लोभमा परेर कोही-कोही विश्‍वासबाट कुमार्गतिर लागेका छन्, र धेरै पीडाले तिनीहरूका हृदय घोचेका छन्‌।

आमोस 5 : 12
12 किनकि म जान्‍दछु, तिमीहरूका दोषहरू कति धेरै छन्, र तिमीहरूका पाप कति ठूला छन्‌। तिमीहरू धर्मात्‍माहरूलाई सताउँदछौ र घूस लिन्‍छौ। न्‍यायालयमा गरीबहरूलाई न्‍यायदेखि वञ्‍चित गर्छौ।

उपदेशक 7 : 7
7 करकापले बुद्धिमान्‌ मानिसलाई पनि मूर्ख बनाउँछ, र घूसले हृदयलाई भ्रष्‍ट पार्छ।

हितोपदेश 21 : 14
14 गुप्‍तमा दिइएको उपहारले रीस मारिदिन्‍छ, र खास्‍टोभित्र लुकाएर दिएको घूसले ठूलो क्रोध शान्‍त गराउँछ।

यशैया 5 : 23
23 जसले घूस लिएर दोषीहरूलाई छोड़िदिन्‍छन्, र निर्दोषहरूको ठीक न्‍याय गर्दैनन्‌।

भजनसंग्रह 26 : 10
10 जसका हात दुष्‍ट योजनाले भरिएका छन्‌, र जसका दाहिने हात घूसले भरिएका छन्‌।

मत्ती 28 : 12 – 15
12 जब मुख्‍य पूजाहारीहरू धर्म-गुरुहरूसँग भेला भए, तिनीहरूले सल्‍लाह गरे, र सिपाहीहरूलाई यसो भनेर धेरै पैसा दिए,
13 “तिमीहरूले भन्‍नू, कि ‘हामी सुतिरहेको बेला त्‍यसका चेलाहरू आएर त्‍यसलाई चोरेर लगेछन्‌।’
14 कतै हाकिमको कानमा यो कुरा पुगिहाल्‍यो भने, हामी उहाँलाई मनाएर तिमीहरूलाई जोगाइदिनेछौं।”
15 तब तिनीहरूले सो पैसा लिए, र सिकाएबमोजिम गरे, र यहूदीहरूमा आजको दिनसम्‍म यही कुरा फैलिएको छ।

यशैया 1 : 23
23 तेरा शासकहरू अटेरी, र चोरहरूका साथी भएका छन्‌। तिनीहरू सबैलाई घूस मन पर्छ, र उपहारको पछि दौड़न्‍छन्‌। तिनीहरू टुहुरा-टुहरीहरूको पक्ष लिँदैनन्‌। विधवाहरूको उजूर तिनीहरूकहाँ पुग्‍दैन।

अय्‍यूब 15 : 34
34 किनभने ईश्‍वरहीनहरूको समूह सबै बाँझो हुनेछ, घूस मन पराउनेहरूका पालहरू आगोले नष्‍ट हुनेछन्‌।

हितोपदेश 11 : 1
1 छलको तराजूलाई परमप्रभु घृणा गर्नुहुन्‍छ, तर ठीक तौलदेखि उहाँ प्रसन्‍न हुनुहुन्‍छ।

हितोपदेश 10 : 2
2 अन्‍यायसँग कमाएको धनको केही मूल्‍य हुँदैन, तर धार्मिकताले मृत्‍युबाट छुटाउँछ।

हितोपदेश 29 : 4
4 न्‍याय कायम गरेर राजाले देशलाई स्‍थायित्‍व दिन्‍छ, तर घूसको लोभ गर्नेले मुलुकलाई सर्वनाश गर्छ।

न्यायकर्ताहरू 16 : 5
5 पलिश्‍तीहरूका मुखियाहरू त्‍यस स्‍त्रीलाई भेट गर्नलाई गए र त्‍यसलाई भने, “तिनलाई फकाएर सोध कि केले तिनलाई त्‍यो ठूलो बल दिन्‍छ, र कसरी हामी तिनलाई काबूमा पारेर बाँधी तिनलाई कैद गर्न सक्‍छौं। हामी हरेकबाट तिमीले चाँदीका एघार-एघार सय सिक्‍का पाउनेछ्यौ।”

हितोपदेश 28 : 21
21 पक्षपात गर्नु राम्रो होइन, तापनि एक टुक्रा रोटीको खातिर मानिसले कुकर्म गर्छ।

याकूब 2 : 7
7 के तिनीहरूले त्‍यही आदरणीय नाउँको अपवाद गर्दैनन्‌ र, जुन नाउँद्वारा तिमीहरूलाई बोलावट भएको छ?

व्यवस्था 16 : 19
19 न्‍याय भ्रष्‍ट नगर, पक्षपात नगर। घूस नलेओ, किनकि घूसखोरीले समझदारका आँखा बन्‍द गरिदिन्‍छ र धर्मी जनको वचन बङ्‌ग्‍याइदिन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *