यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् घुस
प्रस्थान 23 : 8
8 “घूस नखाओ, किनकि घूसले मानिसलाई अन्धा तुल्याउँछ, र धार्मिकताको कुरालाई उल्टाइदिन्छ।”
हितोपदेश 15 : 27
27 लोभी मानिसले आफ्नो परिवारमा सङ्कष्ट ल्याउँछ, तर जसले घूसलाई घृणा गर्छ त्यो जिउनेछ।
हिब्रू 13 : 5 – 6
5 तिमीहरूका जीवन रुपियाँपैसाको मोहबाट अलग्ग राख। तिमीहरूसँग भएका कुरामा सन्तुष्ट बस, किनकि उहाँले भन्नुभएको छ, “म तिमीहरूलाई कुनै रीतिले छोड्नेछैनँ, म तिमीहरूलाई त्याग्नेछैनँ।”
6 यसकारण निर्धक्क भएर हामी भन्दछौं, “प्रभु मेरा सहायक हुनुहुन्छ, म डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्छ?”
हितोपदेश 21 : 14
14 गुप्तमा दिइएको उपहारले रीस मारिदिन्छ, र खास्टोभित्र लुकाएर दिएको घूसले ठूलो क्रोध शान्त गराउँछ।
याकूब 3 : 16
16 किनकि जहाँ डाह र स्वार्थपूर्ण अभिलाषा हुन्छ, त्यहाँ भाँड़भैलो र हरेक किसिमको भ्रष्ट काम हुन्छ।
आमोस 5 : 12
12 किनकि म जान्दछु, तिमीहरूका दोषहरू कति धेरै छन्, र तिमीहरूका पाप कति ठूला छन्। तिमीहरू धर्मात्माहरूलाई सताउँदछौ र घूस लिन्छौ। न्यायालयमा गरीबहरूलाई न्यायदेखि वञ्चित गर्छौ।
Leave a Reply