घाटा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् घाटा

भजनसंग्रह 34 : 17 – 20
17 जब धार्मिक जनहरूले पुकारा गर्छन्‌, तब परमप्रभुले सुन्‍नुहुन्‍छ, र तिनीहरूका सबै सङ्कष्‍टबाट तिनीहरूलाई उद्धार दिनुहुन्‍छ।
18 चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्‍छ, र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्‍छ।
19 धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्‍छन्‌, तर परमप्रभुले त्‍यसलाई ती सबैबाट उद्धार दिनुहुन्‍छ।
20 परमप्रभुले त्‍यसका सबै हाड़हरूको रक्षा गर्नुहुन्‍छ। तिनमा एउटै पनि भाँचिँदैन।

२ कोरिन्थी 12 : 9
9 तर मलाई उहाँले भन्‍नुभयो, “मेरो अनुग्रह तेरो निम्‍ति पर्याप्‍त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्‍छ।” यसकारण ख्रीष्‍टको शक्ति ममा वास गरोस्‌ भनेर म बरु मेरो दुर्बलतामा बढ़ी खुशीसाथ गर्व गर्नेछु।

फिलिप्पी 4 : 19
19 मेरा परमेश्‍वरले आफ्‍नो महिमामा उहाँको सम्‍पत्तिअनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्‍ट येशूमा पूरा गरिदिनुहुनेछ।

यशैया 40 : 1 – 31
1 तिमीहरूका परमेश्‍वर भन्‍नुहुन्‍छ, मेरो प्रजालाई सान्‍त्‍वना, सान्‍त्‍वना।
2 विनम्र भएर यरूशलेमलाई भन। त्‍यसका दासत्‍वको सेवा पूरा भएको छ, त्‍यसका पापहरू क्षमा गरिएको छ अनि त्‍यसले परमप्रभुको हातबाट आफ्‍ना सबै पापका निम्‍ति दोबर पाएको छ भनी त्‍यसलाई घोषणा गर।
3 कसैले बोलाइरहेको एउटा आवाज सुनिन्‍छ: “मरुभूमिमा परमप्रभुको निम्‍ति बाटो तयार गर। उजाड़-स्‍थानमा हाम्रा परमेश्‍वरको निम्‍ति मूलबाटो समतल बनाऊ।
4 हरेक उपत्‍यका अल्‍गो बनाइनेछ, हरेक पर्वत र डाँड़ा होच्‍याइनेछ। बाङ्गो-टेढ़ो जग्‍गा सीधा बनाइनेछ, र खाल्‍टाखुल्‍टी समतल बनाइनेछ।
5 अनि परमप्रभुको महिमा प्रकट गरिनेछ, र सारा मानव-जातिले त्‍यो एकैसाथ देख्‍नेछन्, किनकि परमप्रभुको मुखले नै भनेको छ।”
6 एउटा आवाजले भन्‍छ, “करा।” अनि मैले भने, “म के भनेर कराऊँ?” “सबै प्राणी घाँसजस्‍तै हुन्, र तिनका सबै गौरव घाँसको फूलजस्‍ता।
7 घाँस ओइलाउँछ, फूल झरिहाल्‍छ, किनभने परमप्रभुको सास तीमाथि फुकिन्‍छ। निश्‍चय नै मानिसहरू घाँस नै हुन्‌।
8 घाँस ओइलाउँछ, फूलहरू झरिहाल्‍छ, तर हाम्रा परमेश्‍वरको वचन सधैँभरि अटल रहनेछ।”
9 सियोनलाई शुभ समाचार सुनाउने हो, तिमी अग्‍लो पर्वतमा जाऊ। यरूशलेमलाई शुभ समाचार सुनाउने हो, जोडसँग तिम्रो सोर उचाल, सोर उचाल, नडराऊ। यहूदाका नगरहरूलाई भन, “हेर, तिमीहरूका परमेश्‍वर यहीँ हुनुहुन्‍छ!”
10 हेर, परमप्रभु परमेश्‍वर पराक्रमसाथ आउँदैहुनुहुन्‍छ, र उहाँको हातले शासन गर्नुहुन्‍छ। हेर, उहाँको इनाम उहाँसितै छ, र उहाँको प्रतिफल उहाँकै साथमा छ।
11 उहाँले आफ्‍नो बगाललाई गोठालाले झैँ चराउनुहुन्‍छ। उहाँले थुमाहरूलाई आफ्‍नै अँगालोमा लिनुहुन्‍छ, र तिनीहरूलाई आफ्‍नै हृदयको नजिक बोक्‍नुहुन्‍छ। उहाँले ससाना बच्‍चा भएकालाई चाहिँ बिस्‍तार-बिस्‍तार डोर्‍याउनुहुन्‍छ।
12 कसले पानीलाई आफ्‍नो अँजुलीमा अथवा आफ्‍नो बित्ताले आकाशलाई नापेको छ? कसले पृथ्‍वीको माटो डालोमा भरेको छ अथवा पर्वतहरू तराजूमा र डाँड़ाहरूलाई काँटामा जोखेको छ?
13 कसले परमप्रभुको मन बुझेको छ, अथवा उहाँको सल्‍लाहकार भएर उहाँलाई शिक्षा दिएको छ?
14 बुद्धिको प्रकाशको निम्‍ति परमप्रभुले कससित सल्‍लाह लिनुभयो र कसले उहाँलाई ठीक बाटो सिकायो? कसले उहाँलाई ज्ञान सिकायो, अथवा समझको मार्ग देखायो?
15 जाति-जाति त बाल्‍टीको एक थोपो पानीजस्‍तै छन्‌। तिनीहरू तराजूमा टाँसिएका धूलोजस्‍तै छन्‌। उहाँले त टापूहरूलाई मसिनो धूलोजस्‍तै जोख्‍नुहुन्‍छ।
16 वेदीका दाउराको निम्‍ति लेबनान प्रशस्‍त हुँदैन, न त त्‍यसमा भएका पशुहरू होमबलिको निम्‍ति प्रशस्‍त हुन्‍छन्‌।
17 सारा जातिहरू उहाँको सामुन्‍ने केही पनि होइनन्‌। उहाँले तिनीहरूलाई बेकामका र केही न केहीका ठान्‍नुहुन्‍छ।
18 तब तिमीहरू परमेश्‍वरलाई कससित तुलना गर्नेछौ? अथवा केको प्रतिरूपसित उहाँको तुलना गर्नेछौ?
19 मूर्ति त कारीगरले ढालेर बनाउँछ। सुनारले त्‍यसमा सुनको जलप लगाउँछ र त्‍यसको निम्‍ति चाँदीका सिक्रीहरू बनाउँछ।
20 यस्‍तो भेटी चढ़ाउन नसक्‍ने साह्रै गरीबले चाहिँ नकुहुने काठ छान्‍छ। उसले आफ्‍नो निम्‍ति खोपेको मूर्ति नहल्‍लिने गरी बसाल्‍नलाई कुनै एक निपुण कारीगरलाई खोज्‍छ।
21 के तिमीहरूले जानेका छैनौ? के तिमीहरूले सुनेका छैनौ? के यो कुरो तिमीहरूलाई सुरुदेखि नै भनिएको छैन? के पृथ्‍वीको जग बसालेको बेलादेखि नै तिमीहरूले बुझेका छैनौ?
22 उहाँ पृथ्‍वीको परिधिभन्‍दा माथि विराजमान हुनुहुन्‍छ, र पृथ्‍वीका मानिसहरूचाहिँ फटेङ्‌ग्राजस्‍तै छन्‌। उहाँले आकाशलाई पर्दाझैँ फिँजाउनुहुन्‍छ, अनि त्‍यसमा वास गर्नलाई पालझैँ त्‍यो फैलाउनुहुन्‍छ।
23 उहाँले राजकुमारहरूलाई बेकामका बनाइदिनुहुन्‍छ, र पृथ्‍वीका शासकहरूलाई रद्द तुल्‍याउनुहुन्‍छ।
24 तिनीहरू रोपिनासाथै, छरिनासाथै, तिनीहरूले जमिनमा जरा हाल्‍नासाथै, उहाँले तिनीहरूलाई फुकिदिनुहुन्‍छ र तिनीहरू ओइलाइहाल्‍छन्, र आँधीले तिनीहरूलाई भुसजस्‍तै उड़ाएर लैजान्‍छ।
25 “तिमीहरू मलाई कोसित तुलना गर्नेछौ? अथवा को मसमान छ?” परमपवित्र भन्‍नुहुन्‍छ।
26 तिमीहरूका आँखा माथि उठाएर आकाशलाई हेर, यी सबै कसले बनाएका हुन्‌? उहाँले नै होइन र, जसले पुञ्‍जलाई एक-एक गरी ल्‍याउनुहुन्‍छ र प्रत्‍येकलाई नाउँ काढ़ी बोलाउनुहुन्‍छ। उहाँको ठूलो शक्ति र शक्तिशाली सामर्थ्‍यको कारण तिनीहरूमध्‍ये एउटै पनि हराउँदैन।
27 हे याकूब, तँ किन भन्‍छस्‌? हे इस्राएल, तँ किन यस्‍तो गुनासो पोखाउँछस्‌? “मेरो बाटो परमप्रभुदेखि लुकेको छ, परमेश्‍वरले मेरो वास्‍ता गर्नुभएको छैन।”
28 के तँलाई थाहा छैन? के तैंले सुनेको छैनस्‌? परमप्रभु सदासर्वदा परमेश्‍वर हुनुहुन्‍छ, पृथ्‍वीको पल्‍लो छेउसम्‍मका सृष्‍टिकर्ता हुनुहुन्‍छ। उहाँ न त थकित न हैरान हुनुहुन्‍छ, र कसैले पनि उहाँको समझलाई नाप्‍न सक्‍दैन?
29 उहाँले थकितहरूलाई बल दिनुहुन्‍छ, र कमजोरहरूको शक्ति बढ़ाइदिनुहुन्‍छ।
30 युवक पनि दुर्बल र थकित हुन्‍छन्, र जवान मानिसहरू थाकेर लोट्‌छन्‌।
31 तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्‌नेछन्, र दगुरेर पनि तिनीहरू थाक्‍नेछैनन्‌। तिनीहरू हिँड्‌नेछन्‌ तापनि मूर्च्‍छा पर्नेछैनन्‌।

१ कोरिन्थी 6 : 19 – 20
19 तिमीहरूको शरीर पवित्र आत्‍माको मन्‍दिर हो, जुन पवित्र आत्‍मा तिमीहरूले परमेश्‍वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्‍वयम्‌ आफ्‍नै होइनौ।
20 तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्‍वरको महिमा गर।

यूहन्‍ना 1 : 1 – 51
1 आदिमा वचन हुनुहुन्‍थ्‍यो, वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो, अनि वचन परमेश्‍वर हुनुहुन्‍थ्‍यो।
2 उहाँ आदिमा परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो।
3 सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन।
4 उहाँमा जीवन थियो, र त्‍यो जीवन मानिसहरूको ज्‍योति थियो।
5 त्‍यो ज्‍योति अन्‍धकारमा चम्‍कन्‍छ, र अन्‍धकार त्‍यसमाथि विजयी भएको छैन।
6 परमेश्‍वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्‍ना थियो।
7 उनीद्वारा सबैले विश्‍वास गरून्‌ भनेर त्‍यस ज्‍योतिको गवाही दिन उनी साक्षी भई आए।
8 उनी आफै त्‍यो ज्‍योति थिएनन्, तर त्‍यस ज्‍योतिको गवाही दिन आए।
9 हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्‍योति संसारमा आउँदैहुनुहुन्‍थ्‍यो।
10 उहाँ संसारमा हुनुहुन्‍थ्‍यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन।
11 उहाँ आफ्‍नै मानिसहरूकहाँ आउनुभयो, तर उहाँका आफ्‍ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्‌।
12 तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्‍वास गरे, उहाँले तिनीहरूलाई परमेश्‍वरका सन्‍तान हुने अधिकार दिनुभयो।
13 तिनीहरू रगतद्वारा, शारीरिक इच्‍छाद्वारा, र कुनै मान्‍छेको इच्‍छाद्वारा होइन तर परमेश्‍वरबाट जन्‍मिएका हुन्‍छन्‌।
14 अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्‍यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्‍यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्‍तो थियो।
15 यूहन्‍नाले उहाँको विषयमा गवाही दिँदै उच्‍च स्‍वरले भने, “उहाँ त्‍यही व्‍यक्ति हुनुहुन्‍छ, जसको विषयमा मैले भनें, ‘मपछि आउनुहुने मभन्‍दा उच्‍च हुनुहुन्‍छ, किनभने उहाँ मभन्‍दा अघिबाटै हुनुहुन्‍थ्‍यो’।”
16 उहाँका अनुग्रहको पूर्णताबाट हामीले एउटा अनुग्रहमाथि अर्को अनुग्रह पाएका छौं।
17 किनभने व्‍यवस्‍था मोशाद्वारा दिइयो, अनुग्रह र सत्‍यताचाहिँ येशू ख्रीष्‍टद्वारा आए।
18 परमेश्‍वरलाई कसैले कहिल्‍यै देखेको छैन। पिताको साथमा हुनुहुने एक मात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ।
19 जब यरूशलेमबाट यहूदीहरूले पूजाहारीहरू र लेवीहरूलाई उनीकहाँ “तिमी को हौ?” भन्‍ने कुरा सोध्‍न पठाए, तब यूहन्‍नाको गवाही यो थियो।
20 उनले स्‍वीकार गरे, अनि इन्‍कार गरेनन्, र “म ख्रीष्‍ट होइनँ” भनी स्‍वीकार गरे।
21 तब तिनीहरूले उनलाई सोधे, “तब के? तिमी एलिया हौ?” उनले भने “म होइनँ।” “के तिमी त्‍यो अगमवक्ता हौ?” उनले जवाफ दिए, “होइन।”
22 तिनीहरूले उनलाई भने, “तिमी को हौ? हामीलाई भन, र हामीलाई पठाउनेहरूलाई हामी जवाफ दिन सकौं। तिमी आफ्‍नो विषयमा के भन्‍छौ?”
23 उनले भने “यशैया अगमवक्ताले भनेझैँ, ‘परमप्रभुको मार्ग तयार पार’ भनी उजाड-स्‍थानमा कराउने एक व्‍यक्तिको म आवाज हुँ।”
24 तिनीहरूलाई फरिसीहरूले पठाएका थिए।
25 अनि तिनीहरूले उनलाई सोधे “तिमी ख्रीष्‍ट पनि होइनौ, एलिया पनि होइनौ, त्‍यो अगमवक्ता पनि होइनौ भने, किन बप्‍तिस्‍मा दिन्‍छौ?”
26 यूहन्‍नाले तिनीहरूलाई जवाफ दिए, “म त पानीले बप्‍तिस्‍मा दिन्‍छु, तर तिमीहरूका माझमा एक जना खड़ा हुनुहुन्‍छ, जसलाई तिमीहरू चिन्‍दैनौ।
27 मपछि आउनुहुने उहाँ नै हुनुहुन्‍छ। उहाँका जुत्ताको फित्ता खोल्‍ने योग्‍यको म छैनँ।”
28 यी कुरा यर्दन नदी पारि बेथानियामा भएका थिए, जहाँ यूहन्‍नाले बप्‍तिस्‍मा दिइरहेका थिए।
29 भोलिपल्‍ट उनले येशूलाई आफूतिर आइरहनुभएको देखेर भने, “हेर, संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा!
30 उनी उहाँ नै हुनुहुन्‍छ, जसको विषयमा मैले भनेको थिएँ, ‘मपछि एक जना मानिस आउनुहुन्‍छ, जो मभन्‍दा उच्‍च हुनुहुन्‍छ, किनभने उहाँ मभन्‍दा अघिबाटै हुनुहुन्‍थ्‍यो।’
31 म आफैले उहाँलाई चिनेको थिइनँ, तर उहाँ इस्राएलमा प्रकट होऊन्‌ भनेर नै पानीले बप्‍तिस्‍मा दिँदै म आएँ।”
32 यूहन्‍नाले यसो भन्‍दै गवाही दिए, “मैले पवित्र आत्‍मालाई ढुकुरको रूपमा स्‍वर्गबाट ओर्लेर आई उहाँमाथि बस्‍नुभएको देखें।
33 मैले उहाँलाई चिनेको थिइनँ, तर जसले मलाई पानीले बप्‍तिस्‍मा दिनू भनी पठाउनुभयो, उहाँले नै मलाई भन्‍नुभयो, ‘जसमाथि तिमी पवित्र आत्‍मालाई ओर्लंदै र बस्‍दैगर्नुभएको देख्‍छौ, पवित्र आत्‍माले बप्‍तिस्‍मा दिनुहुने उहाँ नै हुनुहुन्‍छ।’
34 मैले देखेको छु, र गवाही दिएको छु, कि परमेश्‍वरका पुत्र उहाँ नै हुनुहुन्‍छ।”
35 फेरि अर्को दिन यूहन्‍ना उनका चेलाहरूमध्‍ये दुई जनासँग उभिरहेका थिए।
36 उनले येशूलाई गइरहनुभएको देखेर भने, “हेर, परमेश्‍वरका थुमा!”
37 उनले भनेका यो कुरा सुनेर ती दुई चेलाहरू येशूको पछि लागे।
38 येशूले फर्केर हेर्नुभयो, र तिनीहरूलाई पछिपछि आइरहेका देखेर तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरू के खोज्‍दैछौ?” तिनीहरूले उहाँलाई भने, “रब्‍बी (जसको अर्थ हो, गुरुज्‍यू), तपाईं कहाँ बस्‍नुहुन्‍छ?”
39 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आओ, र तिमीहरूले देख्‍नेछौ।” तिनीहरू गए, र उहाँ बस्‍नुभएको स्‍थान देखे। तिनीहरू त्‍यो दिन उहाँसँग वास बसे, किनभने प्राय: चार बजिसकेको थियो।
40 यूहन्‍नाले भनेका कुरा सुन्‍ने र येशूलाई पछ्याउने ती दुई जनामध्‍ये एक जना सिमोन पत्रुसका भाइ अन्‍द्रियास थिए।
41 तिनले पहिले आफ्‍ना भाइ सिमोनलाई भेट्टाए, र उनलाई भने “हामीले मसीहलाई (जसको अर्थ हो, ख्रीष्‍ट) भेट्टाएका छौं।”
42 तिनले सिमोनलाई येशूकहाँ ल्‍याए। येशूले उनलाई हेर्नुभयो र भन्‍नुभयो, “तिमी योआनेसको छोरा सिमोन हौ, तिमी केफास (जसको अर्थ हो, चट्टान) भनिनेछौ।”
43 भोलिपल्‍ट उहाँले गालीलमा जाने निश्‍चय गर्नुभयो। र फिलिपलाई भेट्टाएर उहाँले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।”
44 अन्‍द्रियास र पत्रुसजस्‍तै फिलिप पनि बेथसेदा सहरका नै थिए।
45 फिलिपले नथानेललाई भेट्टाएर भने, “जसको विषयमा मोशाले व्‍यवस्‍थामा र अगमवक्ताहरूले पनि लेखेका थिए, योसेफका पुत्र नासरतका येशूलाई हामीले भेट्टाएका छौं।”
46 नथानेलले तिनलाई भने, “के नासरतबाट केही असल कुरा आउन सक्‍छ र?” फिलिपले तिनलाई जवाफ दिए, “आएर हेर।”
47 येशूले नथानेललाई आफूकहाँ आइरहेका देखेर तिनको विषयमा भन्‍नुभयो, “एक जना पक्‍का इस्राएलीलाई हेर, जसमा कुनै छल छैन।”
48 नथानेलले सोधे, “तपाईंले मलाई कसरी चिन्‍नुभयो?” येशूले तिनलाई जवाफ दिई भन्‍नुभयो, “फिलिपले तिमीलाई बोलाउन अघि, अञ्‍जीरको रूखमुनि मैले तिमीलाई देखेको थिएँ।”
49 नथानेलले उहाँलाई भने, “रब्‍बी, तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ, तपाईं इस्राएलका राजा हुनुहुन्‍छ।”
50 येशूले तिनलाई जवाफ दिई भन्‍नुभयो “मैले तिमीलाई अञ्‍जीरको रूखमुनि देखें भनेकोले नै तिमी विश्‍वास गर्दछौ? तिमीले यीभन्‍दा अझ ठूला कुराहरू देख्‍नेछौ।”
51 अनि उहाँले तिनलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीलाई भन्‍दछु, तिमीहरूले स्‍वर्ग उघ्रिएको र परमेश्‍वरका दूतहरूलाई मानिसको पुत्रमाथि उक्‍लँदै र ओर्लंदैगरेका देख्‍नेछौ।”

२ पत्रुस 2 : 9
9 यसरी भक्तलाई परीक्षाबाट बचाउन र भक्तिहीनहरूलाई न्‍यायको दिनसम्‍म दण्‍डमा जकड़िराख्‍न प्रभु जान्‍नुहुन्‍छ,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *