यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् घाउ, उपचार
हितोपदेश 20 : 30
30 मुक्का र चोटहरूले खराबी हटाउँछन्, र पिटाइले भित्री मनुष्यत्व खारिन्छ।
यशैया 1 : 6
6 पैतालादेखि टुपीसम्मै चोट नभएको कहीँ छैन। चोटैचोट, डामहरू र खुल्ला घाउहरू मात्र छन्। ती न त सफा गरिएका न बाँधिएका, न तेलले नरम बनाइएका छन्।
लूका 10 : 34
34 र त्यसकहाँ गएर तेल र दाखमद्य लगाएर त्यसका घाउहरूमा पट्टी बाँधिदियो, र आफ्नै गधामाथि चढ़ाएर त्यसलाई एउटा पौवामा ल्याई त्यसको हेरचाह गर्यो।
Leave a Reply