यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् घरबारविहीनता
हितोपदेश 19 : 17
17 गरीबप्रति दयालु हुनु परमप्रभुलाई सापट दिनु हो, र त्यसले जे गरेको छ, त्यसको इनाम उहाँले त्यसलाई दिनुहुनेछ।
मत्ती 8 : 20
20 येशूले तिनलाई भन्नुभयो, “स्यालका दुला र आकाशका चराचुरुङ्गीहरूका गुँड़ हुन्छन्, तर मानिसको पुत्रको लागि त शिर ढल्काउने ठाउँ पनि छैन।”
मत्ती 25 : 40 – 45
40 “तब राजाले तिनीहरूलाई जवाफ दिएर भन्नेछन्, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानामा एक जनालाई जे-जति गर्यौ, त्यो तिमीहरूले मलाई नै गर्यौ।’
41 “त्यसपछि उनले देब्रेपट्टिका मानिसहरूलाई भन्नेछन्, ‘श्रापित मानिस हो! मबाट दूर होओ, र दियाबलस र त्यसका दूतहरूका लागि तयार गरिएको अनन्तको आगोमा जाओ।
42 किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दिएनौ। तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दिएनौ।
43 म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दिएनौ। नाङ्गो थिएँ, र तिमीहरूले मलाई वस्त्र लगाइदिएनौ, बिरामी र झ्यालखानमा थिएँ, र तिमीहरू मलाई हेर्न आएनौ।’
44 “तिनीहरूले पनि यसो भनेर जवाफ दिनेछन्, ‘प्रभु, कहिले हामीहरूले तपाईंलाई भोकाएको वा तिर्खाएको देख्यौं, परदेशी वा नाङ्गो वा बिरामी देख्यौं, वा झ्यालखानमा देख्यौं, र तपाईंको सेवा गरेनौं?’
45 “तब उनले तिनीहरूलाई जवाफ दिनेछन्, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, यी सबैभन्दा सानाहरूमध्ये एक जनालाई जे-जति गरेनौ, त्यो तिमीहरूले मेरो निम्ति गरेनौ।’
लूका 3 : 10 – 11
10 मानिसहरूले यूहन्नालाई सोधे, “त्यसो भए हामीले के गर्ने?”
11 तिनले उनीहरूलाई जवाफ दिए, “जससँग दुई जोर दौरा छन्, त्यसले नहुनेलाई एउटा दिइहालोस्, र जससँग खानेकुरा छ, त्यसले पनि त्यसै गरोस्।”
मत्ती 25 : 35
35 किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दियौ। म तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दियौ। म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दियौ।
भजनसंग्रह 107 : 8 – 12
8 तिनीहरूले परमेश्वरको अचूक प्रेमको निम्ति, र मानिसहरूप्रति उहाँका आश्चर्य कामका निम्ति उहाँलाई धन्यवाद चढ़ाऊन्।
9 किनभने उहाँले तिर्खाएकाहरूलाई तृप्त पार्नुहुन्छ, र भोकालाई उहाँले उत्तम पदार्थले सन्तुष्ट पार्नुहुन्छ।
10 कोही-कोही घोर अन्धकारमा बसे, कैदीहरू जो फलामका साङ्लाले बाँधिएर पीडामा थिए,
11 किनभने तिनीहरूले परमेश्वरका वचनको विद्रोह गरेका थिए, र सर्वोच्चका सल्लाहको अवहेलना गरेका थिए।
12 यसकारण उहाँले तिनीहरूलाई कठोर परिश्रममा पर्न दिनुभयो। तिनीहरू लोटे, तर तिनीहरूलाई गुहार गर्ने कोही भएन।
फिलिप्पी 4 : 19
19 मेरा परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्तिअनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ।
मत्ती 25 : 35 – 36
35 किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दियौ। म तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दियौ। म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दियौ।
36 नाङ्गै थिएँ, तिमीहरूले मलाई वस्त्र लगाइदियौ। बिरामी थिएँ, तिमीहरू मलाई हेर्न आयौ। झ्यालखानमा थिएँ, तिमीहरू मकहाँ आयौ।’
भजनसंग्रह 34 : 17 – 20
17 जब धार्मिक जनहरूले पुकारा गर्छन्, तब परमप्रभुले सुन्नुहुन्छ, र तिनीहरूका सबै सङ्कष्टबाट तिनीहरूलाई उद्धार दिनुहुन्छ।
18 चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्छ, र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ।
19 धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्छन्, तर परमप्रभुले त्यसलाई ती सबैबाट उद्धार दिनुहुन्छ।
20 परमप्रभुले त्यसका सबै हाड़हरूको रक्षा गर्नुहुन्छ। तिनमा एउटै पनि भाँचिँदैन।
लूका 6 : 20 – 21
20 तब उहाँले आफ्ना चेलाहरूमाथि नजर उचालेर भन्नुभयो: “धन्य तिमी, दीन हुनेहरू, किनभने परमेश्वरको राज्य तिमीहरूकै हो।
21 धन्य तिमी, अहिले भोकाउनेहरू, किनभने तिमीहरू तृप्त हुनेछौ। धन्य तिमी, अहिले रुनेहरू, किनभने तिमीहरू हाँस्नेछौ।
Leave a Reply