घबराहट

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् घबराहट

१ पत्रुस 5 : 7
7 तिमीहरूका सारा फिक्री उहाँलाई सुम्‍पिदेओ, किनकि उहाँले तिमीहरूको वास्‍ता गर्नुहुन्‍छ।

फिलिप्पी 4 : 6 – 7
6 कुनै कुरामा चिन्‍तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्‍यवादसहित तिमीहरूका बिन्‍ती परमेश्‍वरमा जाहेर होऊन्,
7 र समझले नै भियाउन नसकिने परमेश्‍वरको शान्‍तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।

यशैया 55 : 8 – 9
8 “किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन्, र तिमीहरूका चाल मेरा चाल होइनन्,” परमप्रभु भन्‍नुहुन्‍छ।
9 जसरी आकाश पृथ्‍वीभन्‍दा अल्‍गो छ, त्‍यसरी नै मेरा चाल तिमीहरूका चालभन्‍दा र मेरा विचार तिमीहरूका विचारभन्‍दा अल्‍गा छन्‌।

गलाती 6 : 17
17 अबदेखि उसो कसैले मलाई कष्‍ट नदेओस्, किनभने म आफ्‍नो शरीरमा येशूका डामहरू धारण गर्दछु।

फिलिप्पी 4 : 13
13 जसले मलाई शक्ति दिनुहुन्‍छ, उहाँमा नै म सब कुरा गर्न सक्‍छु।

२ पत्रुस 1 : 4
4 यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान्‌ प्रतिज्ञाहरू दिनुभएको छ, कि यस संसारका कुइच्‍छाबाट आउने भ्रष्‍टताबाट उम्‍केर तिमीहरू ईश्‍वरीय स्‍वभावका सहभागी होओ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *