घण्टा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् घण्टा

यूहन्‍ना 11 : 9
9 येशूले जवाफ दिनुभयो, “के दिनमा बाह्र घण्‍टा हुँदैनन्‌ र? दिनमा हिँड्‌डुल गर्नेलाई ठेस लाग्‍दैन, किनभने तिनले यस संसारको ज्‍योति देख्‍तछन्,

मत्ती 20 : 12
12 तिनीहरू भन्‍न लागे, ‘यी पछिल्‍लाहरूले एक घण्‍टा मात्र काम गरे, तर तपाईंले तिनीहरूलाई हामी दिनभरिको भार बोक्‍नेहरू र चर्को गर्मी सहनेहरूसरह तुल्‍याउनुभएको छ।’

मत्ती 27 : 46
46 तीन बजेतिर येशू यसो भनेर ठूलो सोरले कराउनुभयो, “इलोई, इलोई, लामा सबखथनी?” अर्थात्, “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्‍याग्‍नुभएको छ?”

प्रेरित 23 : 23
23 त्‍यसपछि तिनले कप्‍तानहरूमध्‍ये दुई जनालाई बोलाई भने, “आज राती नौ बजेतिर दुई सय सिपाहीहरू, सत्तरी जना घोड़चढ़ी र दुई सय भालावालहरूलाई कैसरियासम्‍म जान तयार पारी राख।

प्रकाश 8 : 1
1 जब थुमाले सातौँ मोहोर तोड्‌नुभयो, तब प्राय: आधा घण्‍टासम्‍म स्‍वर्गमा सन्‍नाटा छायो।

प्रकाश 9 : 15
15 अनि ती चार दूतहरू छोडिए, जुनहरू मानिसजातिको एक तिहाइ मार्नलाई त्‍यस घड़ी, त्‍यस दिन, त्‍यस महिना र त्‍यस वर्षको निम्‍ति तयार पारिराखिएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *