यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ग्रोभ्स
व्यवस्था 16 : 21
21 तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको निम्ति बनाएको वेदीको छेउमा अशेरा देवीको काठको खम्बा खड़ा नगर्नू।
यशैया 1 : 29
29 “तिमीहरूले अति प्रसन्न गरेका पवित्र फलाँटका रूखहरूको कारण तिमीहरू शर्ममा पर्नेछौ, र तिमीहरूले चुनेका बगैँचाहरूको कारण तिमीहरू लज्जित हुनेछौ।
यशैया 17 : 8
8 तिनीहरूले आफ्ना हातले बनाएका वेदीतिर हेर्नेछैनन्, न त तिनीहरूले आफ्ना औँलाले बनाएका वेदीहरू र अशेरा देवीका खम्बाहरूलाई आदर गर्नेछन्।
यशैया 27 : 9
9 यसैद्वारा याकूबको अधर्मको प्रायश्चित गरिनेछ, र त्यसको पाप दूर गरिएको सारा फल यही हुनेछ। जब त्यसले वेदीका सबै ढुङ्गाहरू खरी-ढुँगाझैँ चकनाचूर पार्छ, तब अशेरा देवीका खम्बा र धूप बाल्ने वेदीहरू फेरि खड़ा हुनेछैनन्।
मीका 5 : 14
14 म तिमीहरूका बीचबाट अशेरा देवीका मूर्तिहरू उखेलेर फ्याँकिदिनेछु, र तिमीहरूका सहरहरूलाई भत्काइदिनेछु।
न्यायकर्ताहरू 3 : 7
7 जुन कुरा परमप्रभुको दृष्टिमा खराब थियो इस्राएलीहरूले त्यही गरे। तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्से र बाल देवताहरू र अशेरा देवीहरूलाई पुज्न लागे।
१ राजाहरू 14 : 15
15 पानीमा निगालो यताउता हल्लेझैँ परमप्रभुले इस्राएललाई त्यस्तै हल्लने गरी हिर्काउनुहुनेछ। तिनीहरूका पिता-पुर्खाहरूलाई दिनुभएको यस असल देशबाट उहाँले इस्राएललाई जरैसमेत उखेल्नुहुनेछ, र तिनीहरूलाई यूफ्रेटिस नदी पारि तितरबितर पार्नुहुनेछ, किनभने तिनीहरूले अशेराका मूर्तिहरू बनाएर परमप्रभुलाई रीस उठाए।
१ राजाहरू 14 : 23
23 तिनीहरूले आफ्ना निम्ति पूजा गर्नलाई डाँड़ाका थानहरू, चोखा ढुङ्गाहरू र अशेरा देवीका मूर्तिहरू हरेक अल्गो डाँड़ामा र झ्याम्म परेको हरेक रूखमुनि खड़ा गरे।
१ राजाहरू 15 : 13
13 तिनले आफ्नै हजूरआमा माकालाई राजमाताको पदबाट हटाइदिए, किनभने तिनले अशेरा देवीको एउटा घिनलाग्दो मूर्ति बनाएकी थिइन्। आसाले त्यो काटेर ढालिदिए, र किद्रोन खोल्सामा त्यो जलाइदिए।
१ राजाहरू 18 : 19
19 अब तपाईंले मलाई कर्मेल डाँड़ामा भेट गर्न इस्राएलबाट सारा मानिसहरूलाई बोलाउनुहोस्। अनि बालका ती चार सय पचास अगमवक्ता र अशेराका चार सय अगमवक्ता, जसले ईजेबेलको टेबिलमा बसेर खाने गर्दछन्, ती पनि ल्याएर आउनुहोस्।”
२ राजाहरू 13 : 6
6 तर तिनीहरूले इस्राएललाई गर्न लाएका यारोबामको घरानाका पापहरूलाई त्यागेनन्, तर तिनीहरू तिनमा नै लागिरहे। अशेरा देवीको खम्बा पनि सामरियामा रहिरह्यो।
२ राजाहरू 17 : 10
10 हरेक अल्गो डाँड़ामा र हरेक झ्याम्म परेको रूखमुनि तिनीहरूले चोखा ढुङ्गा र अशेरा देवीका खम्बाहरू खड़ा गरे।
२ राजाहरू 17 : 16
16 तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्वरका सबै आज्ञाहरू त्यागे, र आफ्ना निम्ति बाछाको आकारमा ढालेर बनाइएका दुई वटा मूर्तिहरू र एउटा अशेरा देवीको खम्बा बनाए। तिनीहरू आकाशका सबै तारामण्डलको सामुन्ने घोप्टो परे, र बालको पूजा गरे।
२ राजाहरू 21 : 7
7 आफूले खोपेर बनाएको अशेरा देवीको मूर्ति तिनले त्यस मन्दिरमा राखे, जसको विषयमा परमप्रभुले दाऊद र तिनका छोरा सोलोमनलाई भन्नुभएको थियो, “यस मन्दिरमा र मैले इस्राएलका सबै कुलहरूमध्ये चुनेको यरूशलेममा सदासर्वदा म मेरो नाउँ राख्नेछु।
२ इतिहास 24 : 18
18 तिनीहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरको मन्दिर त्यागेर अशेरा देवीका खम्बाहरू र अरू मूर्तिहरूलाई पुजे। यस दोषले गर्दा यहूदा र यरूशलेममाथि परमेश्वरको क्रोध आइपर्यो।
यर्मिया 17 : 2
2 झ्याम्म परेका रूखहरूनेर र अल्गा डाँड़ाहरूमा भएका आफ्ना वेदीहरू र अशेराका खम्बाहरू तिनीहरूका छोराछोरीहरूले पनि स्मरण गर्छन्।
न्यायकर्ताहरू 6 : 28
28 जब नगरवासीहरू बिहानै उठे तब उनीहरूले बाल देवताको वेदी भत्काइएको र त्यसको छेउमा भएको अशेरा देवीको मूर्ति पनि ढालिएको र गिदोनले बनाएको वेदीमा त्यो दोस्रोचाहिँ साँढ़े होमबलि चढ़ाइएको देखे।
२ राजाहरू 18 : 4
4 तिनले अल्गा-अल्गा ठाउँहरू हटाइदिए, चोखा ढुङ्गाहरू भत्काइदिए, र अशेराका खम्बाहरू ढालिदिए। मोशाले बनाएको काँसाको साँपलाई तिनले टुक्रा-टुक्रा पारिदिए, किनकि त्यस बेलासम्म इस्राएलीहरूले त्यसको निम्ति धूप बालेका थिए। तिनीहरूले त्यसलाई नहूश्तान भन्थे।
२ राजाहरू 23 : 14
14 योशियाहले चोखा ढुङ्गाहरू चूरचूर पारिदिए, र अशेराका खम्बाहरू काटिदिए र ती ठाउँहरूलाई मरेका मानिसहरूका हड्डीहरूले भरिदिए।
२ इतिहास 34 : 4
4 बाल देवताहरूका वेदीहरू तिनले भत्काउन लाए, र तिनीहरूका माथि भएका धूप-वेदीहरू टुक्रै-टुक्रा पारे। तिनले अशेरा देवीका खम्बाहरू र अरू सबै मूर्ति र प्रतिमाहरू टुक्रै-टुक्रा पारेर धूलोपीठो बनाए, र तिनलाई बलिदान चढ़ाउने मानिसहरूका चिहानहरूमा ती छरिदिए।
Leave a Reply