ग्रहण

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ग्रहण

यशैया 13 : 10
10 आकाशका ताराहरू र तिनका तारापुञ्‍जले आफ्‍नो चमक दिनेछैनन्‌। सूर्य पनि उदय हुँदाहुँदै अँध्‍यारो हुनेछ, र चन्‍द्रमाले ज्‍योति दिनेछैन।

इजकिएल 32 : 8
8 आकाशका सबै चम्‍कने ज्‍योतिहरूलाई म तँमाथि अँध्‍यारो पारिदिनेछु, र तेरो देशमा म अन्‍धकार ल्‍याउनेछु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।

योएल 2 : 10
10 पृथ्‍वी तिनीहरूका सामुन्‍ने काम्‍छ, आकाश थरथराउँछ। सूर्य र चन्‍द्र अँध्‍यारा हुन्‍छन्‌ र ताराहरूले आफ्‍नो चमक दिँदैनन्‌।

योएल 2 : 31
31 परमप्रभुको त्‍यो महान्‌ र भयङ्कर दिन आउनुभन्‍दा अघि सूर्य अँध्‍यारोमा र चन्‍द्र रक्तमा परिवर्तन हुनेछन्‌।

योएल 3 : 15
15 सूर्य र चन्‍द्र अँध्‍यारा हुनेछन्‌ र ताराहरूले आफ्‍नो चमक दिनेछैनन्‌।

आमोस 8 : 9
9 परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, “त्‍यस दिन म सूर्यलाई मध्‍यदिनमा अस्‍ताइदिनेछु, र उज्‍यालो हुँदै पृथ्‍वीलाई अँध्‍यारो पारिदिनेछु।

मीका 3 : 6
6 यसकारण तिमीहरूमाथि दर्शनरहितको रात आइपर्नेछ। अन्‍धकार हुनेछ, तर तिमीहरूले जोखना हेर्न पाउनेछैनौ। अगमवक्ताहरूका निम्‍ति सूर्य अस्‍ताउनेछ, र दिनचाहिँ तिनीहरूका निम्‍ति अँध्‍यारो हुनेछ।

मत्ती 24 : 29
29 “ती सङ्कष्‍टका दिनको तुरुन्‍तै पछि, सूर्य अँध्‍यारो हुनेछ, र चन्‍द्रमाले आफ्‍नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्‍नेछन्, तथा आकाशका शक्तिहरू हल्‍लाइनेछन्‌।

मर्कूस 13 : 24
24 “तर ती दिनमा त्‍यस महासङ्कष्‍टपछि सूर्य अँध्‍यारो हुनेछ, र चन्‍द्रमाले आफ्‍नो चमक दिनेछैन,

प्रेरित 2 : 20
20 परमप्रभुको महान्‌ र गौरवमय दिन आउन अगाडि सूर्य अन्‍धकारमा र चन्‍द्र रक्तमा परिवर्तन हुनेछन्‌।

प्रकाश 6 : 13
13 अनि अञ्‍जीरको रूखलाई बतासले हल्‍लाउँदा नपाकेका फलहरू झरेझैँ आकाशका ताराहरू पृथ्‍वीमा खसे।

यशैया 60 : 19
19 दिनमा सूर्यले फेरि कहिल्‍यै तँलाई ज्‍योति दिनेछैन, न त चन्‍द्रमाको उज्‍यालो तँमाथि चम्‍कनेछ, किनकि परमप्रभु नै तेरो सदाको ज्‍योति, र तेरा परमेश्‍वरचाहिँ तेरो महिमा हुनुहुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *