गोमेद

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गोमेद

अय्‍यूब 28 : 16
16 ओपीरको सुनले त्‍यो किन्‍न सकिँदैन अथवा बहुमूल्‍य आनिक्‍स वा नीरसित त्‍यो किन्‍न सकिँदैन।

इजकिएल 28 : 13
13 परमेश्‍वरको बगैँचा अदनमा तँ थिइस्‌। हरेक बहुमूल्‍य पत्‍थरले तँ सिँगारिएको थिइस्‌— मानिक, पुष्‍पराज, पन्‍ना, पीतमणि, आनिक्‍स, बिल्‍लौर, नीर, फिरोजा र बेरूजले तँ आभूषित थिइस्‌। तेरा मणिघरहरू सुनले मोहोरिएका थिए, तँ सृजेको दिनमा नै ती तयार पारिएका थिए।

१ इतिहास 29 : 2
2 मेरा सबै बलले भ्‍याएसम्‍म मैले मेरा परमेश्‍वरका मन्‍दिरको लागि सुनका कामको निम्‍ति सुन, चाँदीका कामको निम्‍ति चाँदी, काँसाको निम्‍ति काँसा, फलामको निम्‍ति फलाम, काठको निम्‍ति काठ, र मणिघरको निम्‍ति आनिक्‍स, फिरोजा, विभिन्‍न रङ्गका पत्‍थरहरू, र सबै किसिमका दामी-दामी ढुङ्गाहरू प्रशस्‍त गरी तयार पारिराखेको छु।

प्रकाश 21 : 20
20 पाँचौँ आनिक्‍स, छैटौँ लालमणि, सातौँ पीतमणि, आठौँ बेरूज, नवौँ पुष्‍पराज, दशौँ लसुने, एघारौँ नीलमणि र बाह्रौँ, कटेलाको थियो।

उत्‍पत्ति 2 : 12
12 त्‍यस देशको सुन असल हुन्‍छ। त्‍यहाँ खोटो र आनिक्‍सहरू छन्‌।

प्रस्‍थान 28 : 12
12 ती दुवै पत्‍थर एपोदका काँधे-बन्‍धनमा इस्राएलका छोराहरूका निम्‍ति सम्‍झनाको पत्‍थर हुनलाई लगाउनू, र हारूनले तिनीहरूका नाउँ परमप्रभुको सामु आफ्‍ना दुवै काँधमा सम्‍झनाको निम्‍ति बोक्‍ने गरोस्‌।

प्रस्‍थान 28 : 20
20 चौथो लहर पीतमणि, आनिक्‍स र बिल्‍लौरको होस्‌। यी सबै सुनका मणिघरहरूमा जड़िऊन्‌।

प्रस्‍थान 39 : 6
6 तिनीहरूले सुनका मणिघरहरूमा आनिक्‍सहरू जड़े र इस्राएलका छोराहरूका नाम छापमा झैँ त्‍यसमा लेखे।

प्रस्‍थान 39 : 13
13 अनि चौथो लहर पीतमणि, आनिक्‍स र बिल्‍लौरको थियो। यी सबै सुनका मणिघरहरूमा जड़िएका थिए।

प्रस्‍थान 25 : 7
7 एपोद र छाती-पातामा जड्‌नका निम्‍ति आनिक्‍स र अरू किसिमका रत्‍नहरू।

प्रस्‍थान 35 : 9
9 एपोद र छाती-पातामा जड्‌नका निम्‍ति आनिक्‍स र अरू मणिहरू।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *